्जखाङकी नाची
- फाल्गुन १४, २०८२
इतिहासको विभिन्न कालखण्डदेखि मान्छेको चेतना सम्बन्धमा प्रगतिशील र प्रतिक्रियावादी चेतनाबिच चर्को वादविवाद हुँदै आएको छ । आदर्शवादीहरूले आत्मालाई पूर्ण र रहस्यमय बनाइदिए । मानौँ कि भौतिक जीवात्माभित्र स्वाधीन रूपले अस्तित्वमा रहने एउटा तत्व थियो । आदर्शवादको ठीक उल्टो भौतिकवादीहरू आत्मा भौतिक संसारको एउटा प्रतिबिम्ब भएको कुरालाई जोड दिन्छन् । प्रतिबिम्बको सिद्धान्त आत्माको रहस्यात्मकताविरुद्ध अघि बढेको एउटा सिद्धान्त थियो । यद्यपि, चेतनाको भूमिकामा यो एउटा वैज्ञानिक वर्गीकरण हुनसक्दैनथ्यो । माक्र्सले सामाजिक सत्ताले मान्छेको चेतना निर्धारण गर्ने कुरालाई सुस्पष्ट पार्दै आदर्शवादले भौतिकवादको सक्रियतापूर्वक प्रतिक्रिया जनाउने कुरालाई सुस्पष्ट पार्नु भए तापनि उहाँले (माक्र्सले) मान्छेको गतिविधिमा विचारधारात्मक चेतनाको निर्णायक भूमिका सम्बन्धमा सुस्पष्ट पार्न असफल हुनुभयो ।
जुछे विचारधाराले सबैभन्दा पहिले मान्छेको क्रियाकलापमा विचारधारात्मक चेतनाले नै निर्णायक भूमिका खेल्छ भन्ने कुरालाई सुस्पष्ट पार्यो । निश्चय पनि भौतिक अवस्थाअन्तर्गत मान्छेका गतिविधिहरू सञ्चालित हुन्छ र चेतनाले भौतिक संसारलाई प्रतिबिम्बित गर्छ, तर चेतनाको भूमिका भौतिक संसारलाई प्रतिबिम्बित गर्ने र प्रतिक्रिया जनाउने कार्यमा मात्र सीमित रहँदैन ।
चेतनाले मान्छेका सबै गतिविधिहरूको निर्धारण गर्दछ । विचारधारात्मक चेतना भनेको मान्छेको सबै विचार र गतिविधिहरूको आधार हो । यसले मान्छेको ज्ञानात्मक गतिविधि र व्यवहारमा निर्णायक भूमिका खेल्छ । मान्छेमा स्वाधीनताको चेतना हुन्छ । यसैकारणबाट मान्छेले वस्तुगत विश्वलाई ऐच्छिक रूपले बुझ्छ र सृजनात्मक गतिविधि गर्दछ ।
विचारधारात्मक चेतनाको भूमिका यसको चरित्र र विषयवस्तुबाट निर्धारित हुन्छ । चरित्र र विषयवस्तुबाट निर्धारित विचारधारात्मक चेतना नै मान्छेका सबै गतिविधि हो । यसैगरी, यो नै मान्छेको दृष्टिकोण, धारणा, विधि, कार्य गर्ने तरिका, जीवनको बाटो हो इत्यादि । क्रान्तिकारी विचारधारात्मकताको रूपमा रहेको स्वाधीनताको विचारधारात्मक चेतनाले स्वाधीनताको रक्षा गर्छ र क्रान्तिकारी धारमा कार्यनीतिको प्रकृति र समाजलाई फेर्ने क्रान्तिकारी सङ्घर्षलाई परिचालन गर्दछ । जबकि प्रतिक्रियावादी विचारधारात्मक चेतनाले जनसमुदायको चेतनालाई कुण्ठित पार्छ र सामाजिक प्रगतिलाई रोक्छ ।
क्रान्तिकारी सङ्घर्षमा विजय र सफलताको निर्णायक तत्व भन्नु नै क्रान्तिकारी विचारधारात्मक चेतनाले सुसज्जित/ओतप्रोत जनसमुदायको सङ्गठित प्रयत्न हो । वस्तुगत भौतिक र आर्थिक अवस्था कममात्र परिपक्व भएको देशहरूमा पनि क्रान्तिलाई परिचालन गर्ने निर्णायक शक्ति भनेको जनसमुदायको क्रान्तिकारी विचारधारात्मक चेतना हो भन्ने कुरा ऐतिहासिक तथ्यले प्रमाणित गरेको छ । जनसमुदाय नै समाजको मालिक भएको समाजवादी समाजमा मान्छेको विचारधारात्मक चेतनाको भूमिका झन् अघि बढेको छ ।
मान्छेको सबै गतिविधि विचारधारात्मक चेतनाले निर्धारण गर्दछ, क्रान्ति र निर्माणलाई अघि बढाउन मान्छेको विचारधारालाई पुनः नयाँ रूप दिने कार्यलाई प्राथमिकता दिनुपर्छ । मान्छेको विचारधारालाई पुनर्गठन गर्ने सबैभन्दा राम्रो विधि भनेको विचारधारात्मक क्रान्ति हो । समाजवादी र साम्यवादी मुख्य निर्माणको आवश्यकता नै विचारधारात्मक क्रान्तिलाई अघि बढाउने तत्व हो र समाजवादी व्यवस्थाको स्थापनापछि मजदुर वर्गीय पार्टी र राज्यको स्थापनापछि मजदुर वर्गीय पार्टी र राज्यको सबैभन्दा महत्वपूर्ण कार्य नै यही हो ।
क्रान्तिको प्रेरक शक्तिलाई अतुलनीय ढङ्गले सुदृढ पार्न सकिन्छ र समाजका सबै सदस्यहरू पुराना काम नलाग्ने विचारधाराको कोलाहलबाट मुक्त र विचारधारात्मक क्रान्तिको माध्यमबाट पूर्ण रूपले कम्युनिस्ट क्रान्तिकारी बन्न तयार भएपछि समाजवाद र साम्यवादको आजु सफलतापूर्वक पूरा हुनेछ ।
मान्छेको कार्यमा विचारधारात्मक चेतनाले निर्णायक भूमिका खेल्ने हुनाले विचारधारात्मक क्षेत्रको द्वन्द्वमा सधैँ नै प्रगतिशील र प्रतिक्रियावादीबिचको द्वन्द्व अनि क्रान्तिकारी र प्रतिक्रान्तिकारीबिचको द्वन्द्वको आधार निर्माण हुन्छ । समाजवादी देशहरूमा भ्रष्ट पुँजीवादी विचारधारा घुसपैठ गराउने साम्राज्यवादीहरूको डरलाग्दो प्रयत्न समाजवादको विचारधारात्मक जगलाई कमजोर पार्दै समाजवादलाई भित्रभित्रै खोक्रो पार्न लक्षित रहेको छ ।
साम्राज्यवादीहरूको समाजवादविरोधी संयन्त्रलाई चकनाचुर पार्ने सबैभन्दा शक्तिशाली हतियार भनेको जनसमुदायको क्रान्तिकारी विचारधारात्मक चेतना हो । त्यसो भए तापनि विगतमा केही समाजवादी देशहरूले विचारधारात्मक कार्यलाई बेवास्ता गरे र पुँजीवादी विचारधाराको घुसपैठलाई अपेक्षा गरे । यसको परिणाम समाजवादको आजु नै समाप्त भयो । ऐतिहासिक अनुभवले के देखाउँछ भने साम्राज्यवादीहरूले समाजवादी देशहरूमा जति जति बढी प्रतिक्रियावादी पुँजीवादी विचारधारा घुसपैठ गर्ने षड्यन्त्र गर्छन् । ती समाजवादी देशहरूले त्यस्तो घुसपैठलाई रोक्न झन् बढीभन्दा बढी कठोरपूर्वक सङ्घर्ष गर्नुपर्छ र समाजका सम्पूर्ण सदस्यहरूलाई क्रान्तिकारी विचारधाराबाट सुसज्जित गर्नुपर्छ । सम्पूर्ण समाजलाई जुछेको क्रान्तिकारी भावनाबाट ओतप्रोत गराउन पार्टीको नेतृत्वअन्तर्गत हामीले सशक्त ढङ्गले विचारधारात्मक क्रान्ति परिचालन गरेका छौँ ।
परिणामस्वरूप हाम्रो पङ्क्तिभित्र पुँजीवादी विचारधारा फैलाउने साम्राज्यवादी र प्रतिक्रियावादीहरूको सबै किसिमको कुचाल नष्ट भएको छ । हाम्रो समाजवाद आफ्नो कार्य क्षमतालाई पूर्ण रूपले खेल्न दिन सक्षम भएको छ ।
हाम्रो समाजवादले सामाजिक प्राणी मान्छेको समतावादी मागलाई Collectivist demand मझबलम मूर्तरूप दिएको छ । मान्छे सामाजिक सम्बन्धमा बाँच्नको लागि काम गर्ने सामाजिक प्राणी हो । सामाजिक प्राणीको हैसियतले मान्छेले सफलतापूर्वक सामाजिक समताको सामूहिक माध्यमबाट मात्र आफ्नो भाग्य निर्माण गर्नसक्छ, त्यस उसले समूहवाद मान्छेको मूलभूत माग हो । समूहवादको आधारमा मात्र मान्छेका स्वाधीनता, सृजनशीलता र चेतनाले पूर्ण रूपले खेल्न पाउनेछ ।
मान्छेको प्रारम्भिक गुणलाई सामाजिक सम्बन्धको प्रतिबिम्बको रूपमा परिभाषित गर्दै माक्र्सले मान्छे सामाजिक सम्बन्धमा बाँच्ने प्राणी हो भनी सुस्पष्ट पार्नुभयो । तर, उहाँले मान्छेलाई सामाजिक समताको एक सदस्यको रूपमा परिभाषित गर्न र समष्टिवादलाई मान्छेको मूलभूत मागको रूपमा स्वीकार्न असफल हुनुभयो । सबैभन्दा पहिले जुछे विचारधाराले सामाजिक समष्टिवादमा मात्रै मान्छेले सार्थक जीवन जीउन र सृजनशील भूमिका निभाउन सक्छ भनी व्याख्या गर्यो । यसैगरी, जुछे विचारधाराले मान्छेको समष्टिवाद माग सम्बन्धमा नयाँ ढङ्गले प्रकाश पार्यो ।
मान्छेको निम्ति सार्थक जीवन भनेको सामाजिक समष्टिवादको निम्ति जीउनु हो । सामाजिक समष्टिवादको सदस्य मान्छेले आफ्नो जिम्मेवारी निर्वाह गरेर समष्टिवाद प्रेम र विश्वासको आनन्द प्राप्त गर्न र समष्टिवादले सुम्पेको भूमिकालाई निभाउन सक्षम हुनेछ । समष्टिवाद चाहनालाई कुण्ठित पार्ने र सामाजिक समष्टिवादलाई बेवास्ता गर्दै व्यक्तिगत सुख–सुविधा खोज्न लोभलालचको प्रदर्शन त वास्तवमा पशुहरूको कार्यभन्दा फरक छैन ।
समष्टिवाद समाजको एक सदस्यको हैसियतले सार्थक जीवनलाई अघि बढाउन मान्छेको आवश्यकता हो । समष्टिवाद त सामाजिक शक्तिलाई सुदृढ पार्नलाई चाहिने एउटा मूलभूत आवश्यकता हो । सामाजिक गतिको प्ररेक शक्ति जन–समुदायको सामथ्र्य त आफ्नो समष्टिवादलाई के कसरी कार्यान्वयन गर्छ त्यसमा भर पर्छ । जन–समुदायहरू एकताबद्ध नभएसम्म क्रान्तिको प्रेरक शक्तिको रूपमा आफ्नो सामथ्र्यलाई कार्यान्वयन गर्न सक्दैन । एक व्यक्ति समूहको सदस्य हुनसक्छ, तर सामाजिक गतिलाई उत्प्रेरित गर्ने र त्यसलाई अघि बढाउने क्रान्तिको प्रेरक शक्ति बन्न सक्दैन । व्यक्तिगत आधार नभइकन सामूहिक प्रयत्नबाट नै मान्छेले सफलतापूर्वक प्रकृक्ति र समाजलाई रूपान्तरण गर्न र पूर्ण रूपले स्वाधीनता प्राप्त गर्नसक्छ । सामाजिक गतिको शक्तिशाली प्रेरक शक्ति भनेको समष्टिवादमा एकताबद्ध भएको जन–समुदाय नै हो ।
विगतमा विदेशी आक्रमणकारीहरू र शोषक वर्गविरूद्धको सङ्घर्षमा जनताले सामूहिक प्रतिरोधको भावना प्रदर्शन गरेका थिए । तिनीहरूले सामूहिक प्रयासबाटै आफ्नो कष्टसाध्य जीवनस्तरलाई माथि उकास्ने राम्रो लक्षणलाई पनि देखाइदिए । यदि यसो नभएमा निजी स्वामित्वमा आधारित शोषणयुक्त समाजमा एउटा सामाजिक विचारधाराको रूपमा समाजवाद लोकप्रिय हुन सक्दैनथ्यो । खासमा भन्नुपर्दा, प्रतिक्रियावादी शासकवर्ग जनताको एकतादेखि डराएर जनसमुदाय माझ समष्टिवादलाई प्रदर्शन गर्न नदिन त्यसलाई नियन्त्रण गरे र त्यसको सट्टा व्यक्तिवादलाई प्रश्रय दिए ।
सामाजिक प्राणी मान्छेको मूलभूत मागअनुरूपको समष्टिवाद इतिहासको विभिन्न कालखण्डमा एकपछि अर्को देखापरेको मजदुरवर्गको एउटा विचारधारा भयो । समाजवाद समष्टिवादमा आधारित समाज हो र समाजवादले पुँजीवादमाथि आधारभूत रूपले श्रेष्ठता प्राप्त गरेको छ । समाजवादलाई स्वाभाविक रूपले समिष्टवादको दिशातर्फ विकसित गरिनुपर्छ । त्यसो भएमा मात्र जनसमुदायको सिर्जनशील क्षमता पूर्ण रूपले खेल्न दिन सकिन्छ र जनसमुदायको स्वाधीनतालाई पूर्ण रूपले प्राप्त गर्न सकिन्छ । व्यावहारिक अभ्यासले के देखाएको छ भने समाजवादी समाजको मूलभूत मागसँग मेल खाने समष्टिवादलाई बलियो बनाइँदैन । यदि यसको सट्टा व्यक्तिवादलाई बढावा दिइन्छ भने समाजवादको विकासलाई कुण्ठित पार्ने भयावह परिणाम निम्तिने छ ।
समाजवादी समाज समष्टिवादमा आधारित हुन्छ भन्नुको तात्पर्य व्यक्तिहरूको चाहनालाई बेवास्ता गरिन्छ भन्ने होइन । समाजवादी समाजमा सामूहिक चाहनाको साथसाथै व्यक्तिको चाहनालाई पनि उत्तिकै महत्व दिइन्छ । सामूहिक चाहना व्यक्ति–व्यक्तिको चाहनासँग एकाकार भएको हुन्छ । समष्टिवादले व्यक्ति–व्यक्तिको चाहनालाई विरोध गर्दैन, तर व्यक्तिको चाहना खातिर सामूहिक चाहनाको उल्लङ्घनको विरोधी हो । समष्टिवादले सामूहिक चाहनालाई प्राथमिकता दिनुपर्ने हुन्छ । जुछे विचारधारालाई उपयोग गर्दै मान्छेलाई सबैभन्दा मूल्यवान प्राणीको रूपमा लिने राम्रो समाजवादले सामूहिक र व्यक्ति दुवैको चाहनालाई आदर गर्छ र प्रत्येकलाई उत्कृष्ट लाभहरू प्रदान गर्दछ ।
समष्टिवादको सबैभन्दा आदर्शमय उचाइ सामाजिक–राजनैतिक संयन्त्रमा रहेको हुन्छ । सामाजिक–राजनीतिक संयन्त्र भनेको नेता, पार्टी र जन–समुदायबिचको सुदृढ एकता हो । यसमा एकमनको एकता, विचारधारा, उद्देश्य, नैतिकता र पार्टी कर्तव्य अनि सामाजिक समष्टिवादलाई प्रतिबिम्बित गर्ने नेतासँग जन–समुदायको एकतालाई केन्द्रमा राखेर त्यसैको आधारमा समष्टिवादलाई अघि बढाइन्छ । हाम्रो देशका सम्पूर्ण श्रमिक जनता जुछे विचारधाराबाट दृढ रूपले सुसज्जित छन् र पार्टी, नेता, देश र जनताप्रति स्वेच्छाले समर्पित छन् । समाजका सबै सदस्यहरू दृढरूपले जुछे विचारधाराबाट सुसज्जित हुनु र एकले अर्कोलाई मद्दत र उत्प्रेरित गर्दै पूर्ण सन्तोषका साथ स्वाधीन र सिर्जनशील जीवनयापन गरिरहनु नै वास्तवमा समाजवादको एउटा ठुलो उपलब्धि हो किनभने कोरियाली जनता पार्टी र नेताको वरिपरि एकमनले एकताबद्ध छन् ।
यी सबै तथ्यहरूले स्पष्ट रूपले के देखाउँछन् भने जुछे विचारधाराको आधारमा समाजवादको निर्माणमा मात्र मान्छेको मूलभूत मागसँग मेल खाने सबैभन्दा लाभदायक समाजवादको विकास गर्न सकिन्छ ।
महान् नेताद्वारा प्रतिपादित क्रान्तिकारी सिद्धान्त नै समाजवादको पूर्णता प्राप्त गरेको क्रान्तिकारी सिद्धान्त हो ।
माक्र्सवाद–लेनिनवादमा विश्व–दृष्टिकोणको साथसाथै समाजवाद र साम्यवादको सिद्धान्तमा पनि सीमाहरू रहेका छन् । मानवताको सबैभन्दा आदर्शमय समाजको रूपमा रहेको कम्युनिस्ट समाज कस्तो हुन्छ भन्ने सम्बन्धमा सुस्पष्ट गर्ने काम सजिलो छैन । अझ, पुँजीवादी समाजमा बसेर भविष्यवाणी र अनुमानको आधारमा साम्यवादका विभिन्न पक्षहरूको सीमाभन्दा बाहिर जान निकै गा¥हो कार्य थियो किनभने कुनै पनि देशले व्यावहारिक समस्याको रूपमा समाजवाद र साम्यवादको निर्माणलाई साकार पार्न सकेको थिएन । पुँजीवादी समाजमा बसेर माक्र्सले पुँजीवादको अन्तरविरोधहरूको विश्लेषण गर्नुभयो र यसैको आधारमा पुँजीवादको पतन र समाजवादको रूपान्तरणको अनिवार्यतालाई र अविश्यम्भावितालाई प्रमाणित गरेर देखाइदिनुभयो र पुँजीवादलाई फाल्ने क्रान्तिकारी सिद्धान्तलाई अघि बढाउनुभयो । पुँजीवाद एकाधिकारको चरणमा पुगेपछि लेनिनले साम्राज्यवादको सङ्कट र अन्तरविरोधको विश्लेषण गर्नुभयो । यसैको आधारमा उहाँले कुनै एउटा देशमा समाजवादको विजय हुने सम्भावनाको व्याख्या गर्नुभयो र समाजवादी व्यवस्था स्थापना गर्ने सिद्धान्तलाई अघि बढाउनुभयो । त्यसो भए तापनि त्यसबेलाका सीमाहरूको कारणले गर्दा माक्र्सवाद–लेनिनवादका संस्थापकहरू समाजवाद र साम्यवादको पूर्ण सिद्धान्तको व्याख्या गर्न सफल हुनुभएन । उहाँहरूको निम्ति तत्कालै व्यावहारिक विषयको रूपमा समाजवाद र साम्यवादको सिद्धान्तलाई पूर्णता प्रदान गर्ने अवस्था नै थिएन । त्यसो गर्न उहाँहरूसँग व्यावहारिक अनुभव पनि थिएन । संसारमा सबैभन्दा पहिले विभिन्न अनुभवलाई सामान्यीकरण गर्नुभई लेनिनको सर्वहारा क्रान्तिको सङ्गठन र अगुवाइ गर्नुभयो र माक्र्सवादलाई विकास गर्नुभयो । त्यसो भए तापनि, समाजवाद र साम्यवादको पूर्ण सिद्धान्तलाई अघि बढाउन उहाँको अनुभव निकै कम थियो ।
माक्र्सवाद–लेनिनवादका संस्थापकहरू सक्रिय रहनुभएका दिन र आजका दिनहरू बिचको स्थिति मूलभूत रूपमै फरक भइसकेका छन् । केही देशहरूले समाजवादी क्रान्तिलाई अघि बढाउनुको साथसाथै समाजवादी निर्माणको परिचालन र विभिन्न अनुभवहरू बटुलेका छन् । केही देशहरूमा समाजवाद निर्माणको सिलसिलामा सफलताका अनुभवहरूसँगै असफलताका पाठहरू अन्तरसम्बन्धित छन्, त्यसमा उत्कृष्ट उपलब्धिहरूसँगै गल्तीहरू पनि रहेका छन् । विश्लेषण, निचोड र सामान्यीकरण गरिएका यी तमाम अनुभव र पाठहरू नै साम्यवादसम्बन्धी क्रान्तिकारी सिद्धान्तको पूर्णताको आधार हो ।
तहगत विकास र परिपक्वताको आधारमा समाजवाद र साम्यवाद एक अर्कोबाट फरक छन्, यद्यपि, साझा राजनीतिक–आर्थिक र विचारधारात्मक जगमा अडेको त्यस्तै खालका समाज हुन् । तल्लो चरणको साम्यवादको रूपमा रहेको समाजवादको आफ्नो प्रारम्भिक स्वरूपको रूपमा कम्युनिस्ट चरित्र रहेको हुन्छ । तसर्थ, समाजवादको अझ विकास र पूर्णताको सिलसिला भनेको छिट्टै नै साम्यवाद निर्माणको सिलसिला हो । हामी के भन्न सक्छौँ भने समाजवाद निर्माणका क्रममा प्राप्त व्यावहारिक अनुभवलाई सामान्यीकरण गरेर साम्यवादको क्रान्तिकारी सिद्धान्तलाई पूर्णता दिन आज परिस्थिति परिपक्व भइसकेको छ ।
महान् नेताले जुछेमुखी क्रान्तिकारी सिद्धान्त र नेतृत्व विधिको व्याख्या गर्नुभएको हाम्रो यस युगमा साम्यवादको क्रान्तिकारी सिद्धान्तलाई पूर्णता दिने ऐतिहासिक अभिभारा सगौरव पूरा भयो ।
जुछे विचारधारालाई उपयोग गर्नुभई उहाँले प्रतिपादन गर्नुभएको साम्यवादको क्रान्तिकारी सिद्धान्त, श्रमिकवर्गलाई केन्द्रमा राखेर विकास गरिएको तिनीहरूकै भूमिकामा आधारित क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी रणनीति र तौरतरिका हुन् । जुछे विचारधारा नै राष्ट्रिय मुक्ति, वर्ग उन्मूलन र मान्छेको स्वतन्त्रताको सिद्धान्त अनि समाज, प्रकृति र मानव रूपान्तरणको सिद्धान्तलाई विस्तृत रूपले व्याख्या गर्ने साम्यवादको पूर्ण रूपको (परिष्कृत) क्रान्तिकारी सिद्धान्त हो ।
महान् नेताद्वारा प्रतिपादित जुछेको क्रान्तिकारी सिद्धान्तको फलस्वरूप सिर्जनशील तरिकाबाट साम्राज्यवादविरोधी राष्ट्रिय मुक्तिको सिद्धान्त, सामन्तवादविरोधी प्रजातान्त्रिक क्रान्ति र समाजवादी क्रान्तिका सिद्धान्तहरू व्यवस्थित गरिए । समाजवाद र साम्यवाद निर्माणका सिद्धान्तहरूको विस्तृत रूपले व्याख्या गर्नुभयो । समाजवाद र साम्यवाद निर्माणको माक्र्सवादी र लेनिनवादी सिद्धान्तलाई अवसरवादीहरूले गम्भीर अन्यौलको स्थितिमा पु¥याइदिए । परिणामस्वरूप केही समाजवादी देशहरूमा समाजवादी निर्माण र समाजवादले गम्भीर कष्ट र अस्थायी हारहरू खेप्नुपर्यो । एउटा सही आवश्यकताको रूपमा समयको अन्तरालमा देखापरेको यो सैद्धान्तिक समस्याको समाधान त महान् नेताको योगदानबाट समाधान गर्न सकिन्थ्यो । उहाँबाट प्रतिपादित समाजवाद र साम्यवाद निर्माणको क्रान्तिकारी सिद्धान्तले कम्युनिस्ट समाजको दृष्टिकोण, समाजवादको कानुनी मार्ग, राजनीतिक उद्देश्य र कार्य दिशा विस्तृत रूपले व्याख्या गरियो । यसमा क्रान्ति र निर्माणका सबै क्षेत्रहरूको लागि आवश्यक सङ्घर्ष र विशिष्ट विधिका नीतिहरू रहेका छन् ।
(१९९० मे ३० को दिन कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिका विशिष्ट अधिकारीहरूको भेलामा प्रस्तुत प्रवचन)
महान् नेताद्वारा प्रतिपादित नेतृत्व विधि सम्बन्धमा जुछेमुखी सिद्धान्तको फलस्वरूप काम गर्ने विधि र तरिकामा नेतृत्वको सिद्धान्तलाई व्यवस्थित गरेर क्रान्ति र निर्माणको अगुवाइमा देखापरेका सबैखाले समस्याहरूको पूर्णरूपले विसद् व्याख्या भयो । मुख्य रूपले सार्थकताको तथ्य के हो भने समाजवाद र साम्यवाद निर्माणको नेतृत्व विधिलाई नयाँ प्रकाश र विस्तृत रूपमा व्यवस्थित पारियो । कोरियाली क्रान्तिको गोरेटोलाई उजिल्याउने र यसलाई विजयसम्म दोहो¥याउने सिलसिलामा महान् नेताले नेतृत्व र क्रान्तिकारी कार्य विधिको सिद्धान्तको रचना गर्नुभयो । यसले समाजवाद र साम्यवादको आजुको विजय प्राप्त गर्ने एउटा शक्तिशाली हतियारको रूपमा काम गर्यो । यसरी हाम्रो पार्टीले नेता, पार्टी र जन–समुदायबिचको एकमनको एकता प्राप्त गर्नसक्यो र समाजवाद र साम्यवादको आजुलाई सशक्त ढङ्गले अघि बढायो ।
महान् नेताद्वारा प्रतिपादित जुछे विचारधारा, सिद्धान्त र विधिले हाम्रो युगको समाजवाद र साम्यवाद निर्माणको सबैभन्दा सही निर्देशक विचारधारा, निर्देशक सिद्धान्त र निर्देशक विधि भएको छ ।
जुछे विचारधारा, सिद्धान्त र विधि भनेको महान् नेताको प्रतिभाशाली बुद्धिमत्ता र उहाँले प्राप्त गर्नुभएको उच्च कोटीको श्रेष्ठतम् र विस्तृत अगाध अनुभवहरूको सार–सङ्ग्रह हो । जो पायो त्यसले प्रतिपादन गर्ने गरेको कुनै एउटा नयाँ विचारधारा र सिद्धान्त केही पनि होइन किनभने परिवर्तित समय र वास्तविकताले ती कुराहरू मागेका हुँदैनन् । उच्च कोटीको बुद्धि–विवेक भएको मजदुरवर्गको नेताले मात्र नयाँ विचारधारा र सिद्धान्तको रचना गर्नसक्छन् । यस्तो व्यक्तिले मात्र क्रान्तिकारी आन्दोलनमा प्राप्त अनुभवहरूलाई सामान्यीकरण गरेर नयाँ विचारधारा, सिद्धान्त र विधिलाई अघि बढाउन सक्छन् । यस्तो व्यक्तिले मात्र गहिरो अन्तरदृष्टिबाट समयको आवश्यकता, जनचाहनाअनुरूपको विचारधारा, सिद्धान्त र विधिको प्रतिपादन गर्नसक्छन् । त्यसलाई वास्तविकतामा उपयोग गर्ने क्रममा निरन्तर रूपले अझ समृद्ध पार्नलाई पूर्णता प्राप्त गर्न सक्षम हुन्छन् । महान् नेताले आफ्ना सुरुका दिनहरूमा यसै विचारधारालाई उपयोग गरेर क्रान्ति र निर्माणको सबै क्षेत्रमा स्वाधीनताको युगको माग र जनसमुदायको स्वाधीनताको चाहनालाई आत्मसात गर्दै अमर जुछे विचारधाराको रचना गर्नुभयो र समृद्ध व्यावहारिक अनुभवहरू र बहुमूल्य उपलब्धिहरूको सञ्चय गर्नुभयो । सबै किसिमका सामाजिक क्रान्ति र निर्माणको बुद्धिमत्तापूर्ण नेतृत्वको क्रममा ६० वर्ष पूरा गर्नुभएका महान् नेताले सबैभन्दा उत्कृष्ट र समृद्धशाली व्यावहारिक अनुभव र उपलब्धि प्राप्त गर्नुभयो र त्यसलाई सामान्यीकरण गर्नुभई जुछे विचारधारा, सिद्धान्त र विधिलाई विस्तृत रूपले पूर्णता दिनुभयो ।
हाम्रो समयको वास्तविक स्थितिले यसैको आधारमा नै समाजवादी आजुलाई ज्वाज्वल्यमान विजयसम्म दोहो¥याउन सक्ने तथ्यलाई प्रमाणित गरेको छ । यस सत्यता र जीवन्तताको निम्ति जुछे विचारधारा, सिद्धान्त र विधिलाई हाम्रो समयको क्रान्ति र निर्माणको सबैभन्दा सही निर्देशक विचारधारा, निर्देशक सिद्धान्त र निर्देशक विधिको रूपमा मान्यता दिइएका छन् र जुछे विचारधाराको अध्ययन अपरिहार्य प्रवाह भइसकेको छ ।
Leave a Reply