भर्खरै :

कैलालीको विभिन्न स्थानमा नेमकिपाको चुनावी सभा

कैलालीको विभिन्न स्थानमा नेमकिपाको चुनावी सभा

कैलाली, ६ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको निम्ति निर्वाचन आयोगले आचारसंहिताभित्र रहेर चुनाव प्रचार गर्ने समय निर्धारण गरेपछि चुनावी प्रचार अभियान सुरू भएको छ ।
उक्त चुनावी प्रचार अभियान कैलालीको विभिन्न चोकमा पनि चालू छ । नेमकिपा कैलाली निर्वाचन क्षेत्र नं. १ अन्तर्गत फागुन ५ गते जानकी गाउँपालिकाको दुर्गौली बजार चोक, टीकापुर नगरपालिकाको खडक चोक, बसपार्क चोक, नारायणपुर बजारको चोक आदि स्थानमा कोणसभा भयो ।
उक्त कोणसभामा गगनबहादुर थापा मगरले नेमकिपाको घोषणापत्रबारे जानकारी दिनुभयो ।
लक्ष्मी पुनमगरले शासकहरूले देशको नदी नाला भारतको अधीनमा दिएर उद्योग तथा कारखाना कौडीको मूल्यमा बेचेर देश हितविपरीत काम गरेको बताउनुभयो ।
नेमकिपा कैलाली क्षेत्र नं. १ का उम्मेदवार सुनिता भण्डाराले जनता सचेत र सङ्गठित नभएसम्म शासकहरूले शासन गरिरहने हुँदा जनता बेलैमा सचेत हुनुपर्छ भन्नुभयो । कार्यक्रममा सीताराम पण्डितले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *