भर्खरै :

काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ को परिचालन कार्यालय उद्घाटन

काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ को परिचालन कार्यालय उद्घाटन

काठमाडौँ, ६ फागुन । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति काठमाडौँ क्षेत्र नंं. ५ को आयोजनामा टोखा न.पा. वडा नं. ३ ल्वफमा निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जनले नेपाल मजदुर किसान पार्टीले क्रान्तिकारी संसद्वादलाई उपयोग गरेर प्रमुख प्रतिपक्षको भूमिका खेलेको उदाहरण पेस गर्दै फागुन २१ गतेको निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा लिएको बताउनुभयो ।
नेमकिपा देश जोगाउने सङ्घर्षमा लागिरहेको र जनताको अधिकत्तम सेवाको लागि समाजवादी प्रचार अभियानसँगै अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले देशभरका जनताले अहिले पनि विचार नपु¥याउने हो भने देश थप अस्थितरतातर्फ जाने निश्चित भएको बताउनुभयो । उहाँले देशमा देशी विदेशी शक्ति केन्द्रहरू लागिपरेकोमा देशलाई सिक्किमीकरण गर्न सक्नेमा जनता सचेत हुनुपर्ने बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले नेपाल मजदुर किसान पार्टी जनतालाई झूटो आश्वासन बाँड्ने, लोभ प्रलोभन देखाउने पार्टी नभई जनतालाई इमानदार र असल बनाई देश विकासमा निःस्वार्थ सेवा गर्न सिकाउने देशभक्त पार्टी भएको बताउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टी काम गरी खाने किसान मजदुरवर्गको पार्टी भएकोले आगामी फागुन २१ गते हुने निर्वाचनमा आम जनताले कसैको बहकाउमा नलागी भ्रष्टाचारी, विदेशी दलाल पार्टीलाई सबक सिकाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सोझा सीधा जनतालाई ३५ वर्षसम्म पटक–पटक झुक्याई चुनावमा मत लिई आफ्नो सत्ता र सरकार आलोपालो चलाएको तर जनताको समस्या कहिल्यै नहेरेकोले भदौ २३ र २४ गतेको विध्वंसपूर्ण आन्दोलन व्यहोर्नुपरेको र यसको जिम्मेवारी तिनीहरूले लिनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति क्षेत्र नं. ५ का संयोजक कृष्णमान श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी क्षेत्र नं. ५ का उम्मेदवार शोभालाल श्रेष्ठ र नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिका सचिव शैलेश डंगोलले पनि बोल्नुभएको थियो । कार्यक्रमपश्चात् निर्वाचन क्षेत्र नं. ५ केन्द्रित घरदैलो कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *