चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
- फाल्गुन १४, २०८२
हवाना, १४ फागुन (एजेन्सी) क्युवाको जलक्षेत्रमा प्रवेश गरेको एउटा संदिग्ध डुङ्गामा तटीय सुरक्षामा खटिएको सेनाले गोली चलाएको छ ।
बुधबार क्युवाको उत्तरी तट नजिक, काये फाल्कोनेस क्षेत्रभन्दा करिब १.६ किलोमिटर उत्तर–पूर्वमा प्रवेश गरेको एउटा स्पिडबोटमाथि तटरक्षकहरू गोली चलाएको हो ।
घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।
क्युवाली सरकारले उक्त डुङ्गा अमेरिकाको फ्लोरिडाबाट आएको र क्युवाली जलक्षेत्रमा प्रवेश गरी तटरक्षकहरूमाथि गोली चलाएको बताएको छ ।
सरकारका अनुसार १० जना सवार उक्त डुङ्गा क्युवाली जलक्षेत्रमा प्रवेश गरेपछि सैनिकमाथि पहिले गोली प्रहार गरिएको थियो ।
त्यसपछि भएको जवाफी कारबाहीमा चार जनाको मृत्यु र ६ जना घाइते भएको बताइएको छ ।
तटीय सुरक्षामा खटिएका एक क्युवाली सुरक्षाकर्मी पनि घाइते भएको एपीले जनाएको छ ।
क्युवाले डुङ्गामा सवार सबैजना अमेरिकामा बसोबास गर्ने क्युवाली रहेको र उनीहरू टापुमा प्रवेश गरी आतङ्कवादी गतिविधि सुरु गर्ने उद्देश्यमा रहेको दाबी गरेको छ ।
क्युवाको आन्तरिक मन्त्रालयले डुङ्गामा सवार अधिकांश व्यक्तिहरूको आपराधिक तथा हिंसात्मक गतिविधिसँग सम्बन्धित विगत रहेको जनाएको छ ।
यात्रुहरूमध्ये अमिजाइल सान्चेज गोन्जालेज र लेओर्डान एनरिक क्रुज गोमेजलाई क्युवाली अधिकारीले आतङ्कवादसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोपमा खोजी सूचीमा राखेको उल्लेख छ ।
घटनामा पक्राउ परेका डुनिएल हर्नान्डेज सान्तोषले सशस्त्र घुसपैठ गर्न अमेरिकाबाट पठाएको भनेर बयान दिएको समेत क्युवाले बताएको छ ।
मृतकमध्ये एकको नाम मिचेल ओर्टेगा कासानोभा रहेको बताइएको छ । अन्य केहीको पहिचान खुलाइएको भए पनि तीन जनाको पहिचान अझै सार्वजनिक गरिएको छैन ।
घटनाबारे अनुसन्धान जारी रहेको मन्त्रालयको भनाइ छ ।
यस घटनाबारे अमेरिकाले गम्भीर ढङ्गले बुझिरहेको अधिकारीहरूले बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रूबिओले घटनाबारे जानकारी प्राप्त भएको र अमेरिकी पक्षले आफ्नै तर्फबाट तथ्य सङ्कलन गरिरहेको बताएका छन् ।
उनले घटनामा संलग्न व्यक्तिहरू अमेरिकी नागरिक वा स्थायी बासिन्दा हुन् कि होइनन् भन्नेबारे पुष्टि गर्न खोजिरहेको बताए । खुला समुद्रमा यस्ता गोली हानाहानका घटना अत्यन्त असामान्य भएको पनि उनले बताएका छन् ।
घटनाबारे गृह मन्त्रालय र कोस्ट गार्डले अनुसन्धान गरिरहेको उनले बताएका छन् । उपराष्ट्रपति जेडी भान्सले पनि ह्वाइट हाउसले घटनालाई नजिकबाट नियालिरहेको बताएका छन् ।
यस घटनाले पछिल्लो समय चिसिँदै आएको अमेरिका–क्युवा सम्बन्धमा थप तनाव बढाउने आशङ्का गरिएको छ ।
खुला समुद्रमा क्युवाली तटरक्षक र अमेरिकी झन्डा बोकेका स्पिडबोटबिच झडप हुने घटना विगतमा पनि देखिए पनि यात्रुले सैनिकमाथि गोली चलाएर मृत्यु हुने घटना भने पछिल्लो समय दुर्लभ मानिएको छ ।
Leave a Reply