भर्खरै :

पुँजीवादी निर्वाचनबाट आमूल परिवर्तन नहुने

पुँजीवादी निर्वाचनबाट आमूल परिवर्तन नहुने

दैलेख, ७ फागुन । नेपाल मजदुर किसान पार्टी दैलेख क्षेत्र नं. १ निर्वाचन प्रचार प्रसार समितिले बिहीबार नारायण नगरपालिकाको भैंसीखोर बजार, नौमुले गाउँपालिकाको बालुवाटार बजार र नौमुले बजारमा घरदैलो र चुनावी सभा ग¥यो ।
उक्त सभामा पार्टीका उदयजङ शाहीले पुँजीवादी निर्वाचनबाट आमूल परिवर्तन नहुने र पुँजीवादी निर्वाचन निष्पक्ष नहुनेतर्फ जनता सचेत हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका प्रत्यक्षतर्फका उम्मेदवार जगत वलीले कामदार जनताको पक्षमा कानुन बनाउन र देशघाती सन्धि सम्झौता खारेज गर्न नेमकिपाका उम्मेदवारलाई निर्वाचित गर्नु जरूरी भएको बताउनुभयो ।
कार्यक्रममा रत्नबहादुर श्रेष्ठ र बुद्ध रेग्मीले नेमकिपाको घोषणापत्र अध्ययन गरी पार्टीका उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्नुभयो ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टी दैलेख क्षेत्र नं. १ को चुनाव प्रचार समितिले फागुन ५ गते महाबु गा.पा. वडा नं. ५ काँशीकाँधको चुनटाकुरा, कोटडाँडा हुँदै वडा नं.४ को काप्रीखोला गाउँमा घरदैलोपछि साँझ गरी प्रशिक्षण कार्यक्रम भयो ।
प्रशिक्षण कार्यक्रममा उदयजङ शाहीले गणतन्त्रको ३५ वर्षको अवधिभित्र सत्तामा पुगेका सबै पार्टीहरू पुँजीवादी पार्टीहरू हुन् भन्नुभयो ।
दैलेख क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार एवंं जिल्ला पार्टी अध्यक्ष जगत वलीले नेपाल मजदुर किसान पार्टीले शिक्षा स्वास्थ्य निःशुल्क हुनुपर्ने, स्वदेशमा रोजगारीको बन्दोबस्त, उत्पादनका मुख्य मुख्य साधनहरू राष्ट्रियकरण गरी राज्यको स्वामित्वमा रहने गरी सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।
यसैगरी फागुन ६ गते महाबु गा. पा. को वडा नं. ३ को सुपाकोटदेखि वडा नं. २ अइराडी, डुङ्ग्री हुँदै वडा नं. १ खगिगैरामा घरदैलो कार्यक्रम भयो । महाबुको सदरमुकाम वडा नं. ४ गैडाबाज बजारमा कोणसभा भयो ।
उक्त कोणसभामा उदयजङ शाहीले नेमकिपाले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा लिएको छ भन्नुभयो ।
दैलेख क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार जगत वलीमा नेमकिपाको घोषणापत्रको आधारमा काम गरी खाने कामदार जनताको पक्षमा नीति निर्माणमा सङ्घर्ष गनेछौँ भन्नुभयो । दैलेख पार्टी जि.स.का. बमबहादुर सिंह र हस्तबहादुर घले गुरुङले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *