नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
दार्चुला, ७ फागुन । नेपाल मजदुर किसान पार्टीले दार्चुला जिल्लाको शैल्यशिखर नपा वडा नं. २ का पाथ्रायणी र रातिसैनीमा पार्टीका उम्मेदवारहरूलाई मतदान गर्न अनुरोध गर्दै बुधबार घरदैलो कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् दार्चुलाका उम्मेदवार रमेशकुमार रावलले पार्टीले निर्वाचनलाई विश्वविद्यालयको कक्षाको रूपमा लिएको बताउनुभयो ।
पार्टीले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा उपयोग गर्ने स्पष्ट गर्दै उहाँले जबसम्म समाजवादी राज्य व्यवस्था आउँदैन तबसम्म कामदार जनताको हित हुनेछैन भन्नुभयो ।
नेमकिपाका बलराम न्हिसुतुले कामदारवर्गको पक्षमा आवाज बुलन्द गर्ने नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई जिताई राष्ट्रघाती शासक पार्टीहरूलाई पराजित गर्नु जरूरी भएको बताउनुभयो ।
त्यस्तै दार्चुलाका विभिन्न स्थानहरू शैल्य शिखर, नौगाड– मसाने बगर, पारी बगर र बाबे बगरमा पनि घरदैलो कार्यंक्रम भयो ।
बाबे बगरमा भएको कोणसभामा नेमकिपाका उम्मेदवार रमेशकुमार रावलले निर्वाचन दलहरूको घोषणापत्रको सैद्धान्तिक सङ्घर्ष हुनुको साथै फागुन २१ गतेको निर्वाचन देशभक्त र विदेशी दलालहरूबिचको लडाइँ भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशद्रोहीहरूलाई मृत्यदण्ड दिने कानुन बनाउनुपर्छं, दार्चुलाका जनता स्वाभीमान छन् तर सुविधाबाट बञ्चित छन्, पीडित छन् । त्यसैले सम्पूर्ण दार्चुलावासी देशभक्त नेपाली जनतालाई नेमकिपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दछु ।”
Leave a Reply