नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
पाँचथर, ७ फागुन । जनतालाई राजनीतिकरूपमा सचेत बनाउन र सङ्गठित पार्न नेपाल मजदुर किसान पार्टीले बिहीबार पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा चुनाव प्रचारप्रसार कार्यक्रम तथा घरदैलो गरेको छ ।
घरदैलो कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य तथा कोसी प्रदेश संयोजक उकेश कवांले निर्वाचन वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्ष भएको उल्लेख गर्दै यो जनताको चेतनास्तर नाप्ने ‘ब्यारोमिटर’ हो भन्नुभयो ।
विभिन्न सामाजिक सञ्जालहरूमा प्रचारबाजी गरेर जनतालाई भ्रमित पार्ने र झुक्याउने काम बढिरहेको उल्लेख गर्दै उहाँले यस्ता कुराको लहैलहैमा नलाग्न र सचेत भएर निर्वाचनमा राम्रो उम्मेदवारलाई मतदान गर्नुपर्ने बताउनुभयो ।
भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण र ठुला भ्रष्टाचारीलाई ज्यान सजायसमेत हुने कानुनी व्यवस्था बनाउन नेमकिपा निरन्तर सङ्घर्षरत रहेको उल्लेख गर्दै उहाँले नेमकिपाका उम्मेदवारहरूलाई मत दिनुपर्ने बताउनुभयो ।
उहाँले देशघाती सन्धि–सम्झौता गर्ने शासक दल र तिनका मतियारहरूलाई जनताले आज नभए भोलि सजाय दिनेछन् भन्नुभयो ।
घरदैलो कार्यक्रममा पाँचथर क्षेत्र नं १ का प्रत्यक्ष उम्मेदवार लक्षुमान तामाङले नेमकिपाका उम्मेदवारहरू देशभरिबाट निर्वाचित भएमा मात्र आमूल परिवर्तनको परिस्थिति परिपक्व हुने बताउनुभयो ।
उहाँले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क बनाउने कानुनी व्यवस्था ल्याउन नेमकिपाका उम्मेदवारहरूलाई बहुमतले विजयी गराउन आग्रह गर्नुभयो ।
Leave a Reply