भर्खरै :

उत्तरी म्यान्मारमा हजारौँ विस्थापितः राष्ट्रसंघ

याङगोन, म्यानमार, १५ वैशाख  ः म्यानमारको दुर्गम उत्तरी क्षेत्रमा सेना र जातीवादी विद्रोहीबीच भएका झडपका कारण हजारौँ सर्वसाधारण नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् ।
राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का प्रमुख मार्क कट्सले शुक्रबार राति एएएफपीसँगको कुराकानीमा भन्नुभयो, “चीनको सीमा क्षेत्र नजिकै रहेको म्यान्मारको कचिन राज्यमा भएका झडपका कारण विगत तीन हप्तामा चार हजार भन्दा बढी मानिस विस्थापित बनेका छन् ।”
यो तथ्याङ्क उक्त क्षेत्रमा सेनासँग भएका झडपका घटनाका कारण विस्थापित १५ हजार नागरिक र आन्तरिक रूपमा विस्थापित बनी विभिन्न शिविरमा बसेका ९० हजार विस्थापित सर्वसाधारणबाहेकको भएको उहाँको दावी छ ।
हामीलाई स्थानीय संघसंस्थाले दिएको जानकारीमा सेना र विद्रोहीको झडप भएका इलाकामा अझै कैयौँ सर्वसाधारण फसेका र मानवीय सहयोगको याचना गरिरहेका छन्, कट्सले पछिल्ला झडपका घटनापछि बताउनुभयोे । हामीले उनीहरूलाई सुरक्षाको अनुभूति दिनुपर्छ ।
ओसिएचएले प्राप्त रिपोर्टमा केही नागरिकसमेत मारिएका भन्ने स्थानीयको दावीलाई भने अझै पुष्टि गरिसकेको छैन । यसबारे सरकारका प्रवक्तासँग प्रतिक्रिया लिन खोज्दा उहाँलाई सम्पर्क गर्न नसकिएको एएफपीका स्थानीय सम्वाददाताले जनाए ।
(रासस-एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *