“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
रियो दी जेनेरियो, १५ वैशाख (रासस÷सिन्ह्वा) ः ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटवलसम्वन्धी कुनैपनि काममा आजिवन प्रतिबन्ध लगाइएको छ ।
फुटबलको विश्वव्यापी आधिकारीक संगठन फिफाले उहाँलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो ।
फिफाको मूल्य मान्यता समितिले ७७ वर्षीय मार्कोलाई सञ्चार र बजारसम्वन्धी सम्झौतामा घुस लिएको दोषी ठहर गरेको छ ।
उहाँलाई फुटवलसम्वन्धी कुनैपनि गतिविधि र जिम्मेबारीमा प्रतिबन्द लगाउनुका साथै दश लाख जरिवाना (१ मिलियन अमेरिकी डलर) घोषणा गरेको छ ।
फिफाले डेल नेरोलाई व्यापारमा ठगी गरेको, अवैधानिक काम गरेको, सम्पत्तिको अपचलन गरेकोलगायतका आरोप लगाउदै गत डिसेम्बरमा निलम्बन गरेको थियो ।
फिफाको निर्णयका बारेमा पुनरावेदन गराउन चाहेको डेल नेरोका वकिलहरुले बताएका छन् ।
Leave a Reply