चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
- फाल्गुन १४, २०८२
प्योङयाङ, ११ फागुन (केसिएनए) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका नेता किम जोङ–उन कोरियाली मजदुर पार्टीको महासचिवमा पुनः निर्वाचित हुनुभएको छ । राजधानी प्योङयाङमा जारी पार्टीको नवौँ महाधिवेशनले उहाँको नेतृत्वमा आणविक क्षमता विस्तार र सैन्य शक्ति सुदृढीकरणलाई आगामी पाँच वर्षको केन्द्रीय कार्यदिशा बनाउने सङ्केत दिएको छ ।
महाधिवेशन बन्द सत्रको चौथो दिनको बैठकमा हजारौँ प्रतिनिधिहरूको ‘अटल र सर्वसम्मत इच्छा’ को आधारमा किम पुनः महासचिव चयन हुनुभएको हो । पार्टी नियमअनुसार सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुने महाधिवेशनले महासचिव चयन गर्दै आएको छ । ४२ वर्षीय किमले प्रजग कोरियाको शीर्ष पद सम्हालिरहनुभएको छ । पहिले प्रथम सचिव, त्यसपछि अध्यक्ष र सन् २०२१ देखि महासचिवको उपाधिमा रहँदै आउनुभएको छ ।
पार्टी महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले एसियामा रहेका अमेरिकी सहयोगी र अमेरिकी मुख्य भूमिलाई नै निशाना बनाउन सक्ने क्षेप्यास्त्रसहितको आणविक शस्त्रागारलाई थप सुदृढ गर्ने लक्ष्य औँल्याएको छ । पार्टीले विज्ञप्तिमार्फत किमको नेतृत्वमा ‘आक्रमणको कुनै पनि खतरा’ र ‘कुनै पनि प्रकारको युद्ध’ सामना गर्न सक्ने सैन्य शक्ति निर्माण भएको दाबी गर्दै राष्ट्रिय गौरव र आत्मसम्मान बढेको उल्लेख गरेको छ ।
बैठकले शक्तिशाली केन्द्रीय समितिको नयाँ सूची सार्वजनिक गर्दै नेतृत्व तहमा पुस्तागत परिवर्तनको सङ्केत दिएको छ । एक सय ३८ सदस्यीय निकायमा केही वृद्ध सैन्य अधिकारीहरू र सर्वोच्च जनसभाका ७६ वर्षीय अध्यक्ष चोइ ¥योङ हे बाहिरिनुभएको छ । मार्सल पाक जोङ चोन र रि प्योङ चोललगायत विगत दशकमा आणविक विकाससँग जोडिएका केही उच्च अधिकारीहरू पनि सूचीमा समावेश हुनुभएको छैन ।
नेता किमको नेतृत्वमा कोरियाली मजदुर पार्टीले परम्परागत सेनालाई आणविक क्षमतासँग एकीकृत गर्ने नयाँ सैन्य लक्ष्य सार्वजनिक गर्न सक्ने आकलन गरेको छ । प्रजग कोरियाले विशेषतः चीनसँगको व्यापार र रसियासँगको सहकार्यबाट लाभ लिने रणनीतिका बिच जन–परिचालनमार्फत आर्थिक ‘आत्मनिर्भरता’ अभियानलाई पुनः जोड दिने सम्भावना पनि देखिएको छ ।
Leave a Reply