नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
भक्तपुर, १२ फागुन । “नेपाल मजदुर किसान पार्टीको राजनीति इमान र सेवाको राजनीति हो† दलबदल र गठबन्धनको राजनीति बेइमानी र जालझेलको राजनीति हो । गरिब मजदुर, किसान र श्रमजीवीहरूलाई सहज रूपमा उच्च शिक्षा र मेडिकल शिक्षा प्रदान गर्ने ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिनु शासक दलहरूको पूर्वाग्रही हो ।” सूर्यविनायकको एउटा भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सभासद् सृजना सैंजुले दिनुभएको अभिव्यक्ति हो यो ।
समाजवादी क्युवाले विश्वमै कठिन अवस्था झेलिरहेका मुलुकहरूमा डाक्टर पठाई मानवताको सेवा प्रदान गरिरहेको चर्चा गर्दै उहाँले त्यस्तो मुलुकलाई ६६ वर्षदेखि अमानवीय नाकाबन्दी गर्दै आएका अमेरिकी साम्राज्यवादी नीतिको सर्वत्र विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा अमेरिकाको हात रहेको खुलासा भइसकेको र विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको नेपालस्थित राजदूतावासमा आफ्नो दुनो सोझ्याउन धाइराख्ने पार्टी चाहे नयाँ होस् या पुरानो तिनीहरूलाई यो चुनावमा मत दिएर जिताउनु हुँदैन† जनताको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सफाइ र रोजगारीमा जोड दिँदै आएको पार्टीलाई मतदान गर्न अपिल गर्नुभयो ।
मेलामा पूर्वशिक्षक उद्धव सुजखुले प्रत्येक चुनावमा मिठो आश्वासन दिँदै जितेका शासक दलहरू मतदाताहरूको इच्छा आकाङ्क्षाले होइन विदेशी इसाराले शासन गर्दै देश र जनतालाई भड्खालोमा पारेको विगतको तथ्यलाई उजागर गर्दै अबको मत निष्ठा र इमानको राजनीति गर्ने देश र जनताको सेवामा समर्पित पार्टीका उम्मेदवारहरूलाई प्रदान गर्न अनुरोध गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुरका उपेन्द्र सुवाल र नेपाल क्रान्तिकारी महिला सङ्घका अगुवा कृष्णलक्ष्मी दुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply