भर्खरै :

तनहुुँ र पर्वतमा नेमकिपाको चुनावी प्रचार

तनहुुँ र पर्वतमा नेमकिपाको चुनावी प्रचार

तनहुँ १२, फागुन । नेपाल मजदुर किसान पार्टी चुनाव परिचालन समिति तनहुँले शुक्लागण्डकी नपाको दुलेगौँडा, खैरेनीटार, भिमाद नपाको भिमाद बजार, म्याग्दे गापाको अकला र धँयरेमा मङ्गलबार चुनावी सभा सम्पन्न ग¥यो ।
सभामा नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले विदेशीको इसारामा केही उच्छृङ्खल तत्वहरूले नेपालको झन्डा ओढेर सार्वजनिक सम्पत्ति खरानी बनाएको प्रसङ्ग उल्लेख गर्दै नेपालको झन्डा दुरुपयोग गरेर प्रदर्शनमा उत्रनेहरू सबै देशभक्त नहुने स्पष्ट पार्नुभयो ।
उहाँले सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य नहुने बताउँदै नेपाली जनताले आसन्न निर्वाचनमा राजनीतिक दलहरूको घोषणापत्र राम्ररी अध्ययन गरेर मत दिनु जरुरी रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका हरिराम सुवालले नेपाल मजदुर किसान पार्टी किसान आन्दोलनको जगमा उभिएको उल्लेख गर्दै नेपालका बहुसङ्ख्यक किसानहरूको हितको निम्ति समाजवादी गणतन्त्र आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टी गोर्खा जिल्ला समितिका अध्यक्ष प्रह्लाद लामिछानेले साम्राज्यवादी र विस्तारवादीका दलालहरूलाई परास्त गर्न यो निर्वाचनमा नेपाली जनताले सही उम्मेदवार छनोट गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका उम्मेदवार लक्ष्मण अधिकारीले भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजाय दिन, जनताको शिक्षा स्वास्थ्य निःशुल्क गराउन, एमसीसीका मतियारहरूलाई परास्त गर्न मतदान गर्नुपर्ने बताउनुभयो ।
सोही दिन पर्वत जिल्लाको कार्कीनेटामा पनि घरदैलो र चुनावी प्रचार सम्पन्न भयो ।
त्यस्तै चुनावी प्रचारप्रसार अन्य दलका उम्मेदवारले पनि तीव्र पारेका छन् । तनहुँ र पर्वतका जनता नेमकिपाको सिद्धान्त र विचारबाट आकर्षित हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *