नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
रुपन्देही, १२ फागुन । नेपाल मजदुर किसान पार्टीले रुपन्देही क्षेत्र नं. २ का विभिन्न स्थानमा कोणसभा र घरदैलो कार्यक्रम ग¥यो ।
सो घरदैलो तथा कोणसभामा नेमकिपाका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश समितिका संयोजक हरिसुन्दर बासीले पुँजीवादी व्यवस्थामा सच्चा कम्युनिस्ट पार्टी सरकारमा जान्दैन भन्नुभयो । नेमकिपा प्रतिपक्षमा बस्ने पार्टी भएकोले जनतालाई सचेत बनाउन चुनावलाई उपयोग गर्दै आएको उल्लेख गर्दै उहाँले बहुदलीय व्यवस्था स्थापना भएको ३५ वर्षमा शासक दलले देशको अहितमा विभिन्न सन्धि सम्झौता गरेको बताउनुभयो ।
देशविरोधी सन्धि सम्झौता खारेज गर्ने, देश र जनताको सेवा गर्ने सांसद देशको निम्ति खाँचो छ भन्नुभयो ।
नागरिकता सार्वभौमिकतासँग जोडिएको विषय भएको हुँदा अङ्गीकृत नागरिकलाई वंशजको नागरिकता प्रदान गरी विदेशीहरूलाई देशको उच्च पदमा पु¥याउने कानुन खारेज गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपा लुम्बिनी प्रदेश समितिका सदस्य हरिप्रसाद बासुकलाले नेमकिपा घोषणापत्रअनुसार काम गर्ने पार्टी हो; घोषणापत्रअनुसार काम गरेकोले नेमकिपाले जितेको भक्तपुर नगरपालिका सबै नगरपालिकाको लागि सिक्ने नगरपालिका बन्न सफल भएको बताउनुभयो ।
रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार रोशिना ब्याञ्जुले नेमकिपाको उद्देश्य समाजवादी व्यवस्था स्थापना गर्नु हो; शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन उत्पादनका मुख्य मुख्य साधन राष्ट्रियकरण गर्न, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको लागि सङ्घर्ष गरिरहेको बताउनुभयो ।
Leave a Reply