भर्खरै :

देशभक्तहरूलाई जिताउनु आवश्यक

देशभक्तहरूलाई जिताउनु आवश्यक

दैलेख, १३ फागुन । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति निर्वाचन क्षेत्र नं.२ दैलेखको आयोजनामा दैलेख सदरमुकाममा ¥यालीसहित घरदैलो तथा चुनावी सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सल्लाहकार नर्मा गुरुङले नेमकिपाले स्थापनाकालदेखि सडकदेखि सदनसम्म देश र जनताको पक्षमा निःस्वार्थ सेवा गर्दै आइरहेको बताउँदै जघन्य अपराध गर्ने देशघातीहरूलाई मृत्युदण्डको सजाय हुने कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
कर्णाली प्रदेश सदस्य उदयजङ शाहीले पुँजीवादी दलहरूको अकर्मण्यताको कारण भदौ २३ र २४ गते देशको सार्वजनिक सम्पत्ति जलेको उल्लेख गर्दै देशद्रोही शासक दलहरूलाई हराएर र देशभक्तहरूलाई जिताउनुपर्छ भन्नुभयो ।
नेमकिपा दैलेखका जिल्ला अध्यक्ष तथा उम्मेदवार जगत वलीले देश र जनताको निःस्वार्थ भावनाले सेवा गर्दै आइरहेको दलले मात्र देशको सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्न सक्छ भन्नुभयो ।
“नेमकिपाले सदनमा माविसम्म शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन, योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गराउन, उत्पादनका साधनहरू सामाजिकीकरण गर्न, बलात्कारी र भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजायको व्यवस्था गर्न जोड दिनेछ ।”, उहाँले भन्नुभयो ।
सो कार्यक्रममा नेमकिपाका जिल्ला सदस्य बिन्दुलाल रेग्मी, हस्त घले र रत्नबहादुर श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *