नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
भक्तपुर, १३ फागुन । ख्वप कलेज अफ लद्वारा सञ्चालन गरिएको बीएएलएलबी २०८० ब्याचका विद्यार्थीहरूका लागि सङ्घीय संसद् अनुकरण कार्यक्रम ख्वप शैक्षिक सीप विकास मोडेल २०८२ अन्तर्गत फागुन १० गतेदेखि फागुन १४ गतेसम्म जारी छ ।
कार्यक्रममार्फत विद्यार्थीहरूले विधेयक दर्ता, छलफल, दफावार संशोधन, समितिमा पठाउने प्रक्रिया, बहस, मतदान तथा निर्णय प्रक्रियाको अभ्यास गरिरहेका छन् । यस अभ्यासले विद्यार्थीहरूलाई सङ्घीय संसद्को कार्यप्रणाली, संरचना र विधायन प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गरिरहेको छ ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा सङ्घीय संसद्का विशिष्ट विज्ञ हर्कराज गुरुङ (सचिव, प्रतिनिधिसभा), कृपा श्रेष्ठ (बौद्धिक सम्पत्ति विशेषज्ञ) र गङ्गाबहादुर (सहसचिव एवं प्रवक्ता) हरूको सहभागिता रहेको थियो ।
विशेषज्ञ सत्रमा ‘औद्योगिक सम्पत्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि विस्तृत छलफल गरिएको थियो । उक्त छलफलमा औद्योगिक सम्पत्तिसम्बन्धी कानुनको परिमार्जनको आवश्यकता, एकीकृत कानुनी संरचना निर्माणको उद्देश्य, विधायन प्रक्रियाका चरणहरू तथा बौद्धिक सम्पत्तिसम्बन्धी नीतिगत र व्यवहारिक पक्षहरूबारे गहन विमर्श गरिएको थियो ।
उक्त कार्यक्रमले विद्यार्थीहरूको विधायनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै उनीहरूको बहस क्षमता, अनुसन्धान सीप, कानुनी विश्लेषण क्षमता तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।
Leave a Reply