हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
(पश्चिमी सञ्चारमाध्यमहरूमा तिब्बतसम्बन्धी विषयलाई निकै गलत ढङ्गले प्रचार हुँदै आएको छ । ‘चीनले स्वतन्त्र तिब्बतमाथि कब्जा जमाएको’, ‘चिनियाँ जनमुक्ति सेनाले तिब्बतीहरूमाथि दुव्र्यवहार गरेको’, ‘तिब्बती जनताका नेता दलाइ लामालाई पदच्युत गरेको’ जस्ता समाचार उनीहरू प्रचार गर्छन् । के साँच्चै ‘स्वतन्त्र’ तिब्बतमाथि चीनले कब्जा जमाएको हो ? तिब्बती स्वर्गलाई जनमुक्ति सेनाले नर्क बनाएको हो ? जनताको शासनविरुद्ध असफल विद्रोह गरेर दलाइ लामा भागेका हुन् कि उनलाई पदच्युत गरिएको हो ? आदि प्रश्नका विस्तृत उत्तर प्रसिद्ध अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रङको पुस्तक
‘When Serfs Stood Up in Tibet’ मा पाउन सकिन्छ । यो पुस्तक सन् १९६० मा प्रकाशित भएको हो ।)
सहरभन्दा बाहिरको हाम्रो पहिलो भ्रमण ल्हासाको पूर्वको गाउँमा थियो । नयाँ चुनिएका किसान सङ्गठनका पदाधिकारीहरूसँग भेटेर विभिन्न प्रकारका र दासहरूका बारेमा जान्ने त्यस भ्रमणको उद्देश्य थियो । त्यहाँ पुग्दा पत्रकार समूहलाई गाउँलेहरूको लावालस्करले बाजा बजाउँदै र झन्डा फहराउँदै स्वागत गरे ।
चरनलाई पार गर्दै एउटा खुला ठाउँमा पुरानो भवनमा हामी पुग्याँै । त्यहाँ ५ महिनाअघिका घरेलु दास तर अहिले गाउँ किसान सङ्गठनका अध्यक्ष पुन्ट्सो (Puntso) जस्तै स्थानीय सरकार सम्हालेका व्यक्तिहरू हामीले पायौं । तिनी एक प्रकारको भू–दासका डुइचुन थिए । त्यस्तै अर्का शहरी किसान सङ्घका सदस्य, भिक्षु जीवन त्यागेका पूर्वलामा वाङ्टु (Wangtu) सँग भेट भयो । सुरुमा चिनियाँ भाषामा र पछि पश्चिमी भाषामा अनुवादित पुन्ट्सोको छोटो भाषणले गाउँको किसान सङ्गठनका तीनवटा शाखाहरू भएको, पहिलो ठुलो खालको साई (Tsai) नामको, दोस्रोमा कुमटान (Kumtan) सहितको दुईवटा क्षेत्र र तेस्रोमा तीनवटा स–साना क्षेत्र भएको थाहा भयो ।
त्यस गाउँमा ११७२ जना मानिसहरूका ३२९ परिवारहरू बस्दथे । यीमध्ये ६९ वटा परिवारहरू भू–दासको एकप्रकार साइबा (Tsaiba) (गाउँपिच्छे यसको उच्चारणमा फरक हुन्छ कही चावा (Chaba) वा थ्राल्बा (Thralba) भन्ने गरिन्छ) थिए । तिनीहरू बस्ने छुट्टै बस्ती थियो । यसका लागि तिनीहरूले जमिनदारलाई निश्चित श्रम गर्नुपर्दथ्यो । ११७ परिवार डुइचुनहरू थिए । तिनीहरू अस्थायी जमिनमा खेती गर्थे । १३० परिवारलाई लान्छजान (Lantzan) अथवा नानसेन (Nansen) वा नानजाम (Nantsam) भन्ने गरिन्थ्यो ।
गाउँको ७,९२३ ‘केस’ (Kes) जग्गामा खेती गरिएको छ । के (Ke) बालीको माप हो, यसमा २७–३० पाउन्ड (Pound) अन्न हुन्छ । जग्गाको के (Ke) भनेको अन्न फल्ने खेतको माप हो । त्यसलाई साधारणतया चिनियाँ मो (Mou) अर्थात् एक एकडको ६ भागको एकभाग भन्ने बुझिन्थ्यो । ती सबै जग्गा जमिन १३ जना सामन्ती घनाढ्य जमिनदारहरूको मुठीमा थियो । जसमा खान्दानीहरू र मठहरू दुवै थिए । ४ जना खान्दानीहरू र ५ वटा मठहरूले विद्रोहमा भाग लिएका थिए । यसकारण, तिनीहरूको जग्गा जफत गरियो र त्यो वर्षको बाली तिनीहरूका मोहीहरूले पाए । तिब्बत स्वायत्त प्रदेशको तयारी समिति अर्थात् तिब्बतको स्थानीय सरकारले १७ जुलाईको दिन दासप्रथा उन्मूलन गरेपछि ती दासहरू अब दास रहेनन् । त्यसबेलादेखि नै किसानले भावी चुनावको तयारीको रूपमा स्थानीय सरकारको गठन गाउँ तह र सहरमा गर्न थाले । त्यही नै भावी स्वायत्त तिब्बतको स्थायी संरचना हुने थियो र अन्तिम भूमिसुधार कार्यको तयारी थियो । हामी उभिरहेको कुमतन (Kumtan) जग्गा तिब्बतका ठूला खान्दानी खेमेई (Khemey) को थियो । उनको परिवार पुस्तौँपुस्तासम्म सरकारमा रहिसकेको थियो र उसको स्वामित्वमा धेरै जग्गा जमिन र भू–दासहरू थिए । १९५१ को ‘तिब्बतको शान्तिपूर्ण मुक्ति’ सम्झौतामा हस्ताक्षर गरेको पेचिङको सभामा भाग लिने दलाइ लामाका दूतहरूमध्ये खेमेई पनि एक हुन् । पछि खेमेई भूमिगत भए । त्यसपछि विद्रोहको सञ्चालकका रूपमा बाहिर आए । तिनी दलाइ लामासँग भारतमा गए । ल्हासाको नजिकै भएर पनि खेमेईले कहिले पनि यहाँ हेर्न आएनन् । उनले उनका धेरै जग्गाजमिनहरू आफ्ना कारिन्दाहरूलाई जिम्मा लगाएर आफूलाई राजनीतिमा व्यस्तै राखे । उनको यस नगरमा जग्गा–जमिनमात्र होइन दुईवटा साना मठहरू पनि छन् ।
‘कसरी एउटा मानिसको स्वामित्वमा मठहरू पनि हुन्छन् ?’ अचम्म हुँदै मैले सोधेँ – “खेमेईले मठहरूको सञ्चालनको लागि आर्थिक सहयोग गर्छ भन्न खोजिएको हो ?”
“एकदमै होइन बरु ती मठहरूले खेमेईलाई मद्दत गर्दछन्”– जवाफ आयो । मठहरूले मानिसहरूबाट भेटी सङ्कलन गर्थे र उच्च ब्याजदरमा ऋण पनि दिन्थे र खेमेईले लामाहरूको भन्दा ५ गुणा बढी भाग पाउँथे । खेमेईले यस जग्गामा ३०३ जना मानिसहरू राखेका छन् । ऊसँग विभिन्न किसिमका भूदासहरू थिए, २२ वटा साइबा परिवार, ५५ डुइचुन परिवार र १८ नानसाम परिवार । हरेक वर्ष तिनीहरूले २,५०० केस (४२० एकड) जग्गा खनजोत गर्छन् । यीमध्ये नानसामहरू परिचालन गरेर खेमेईका कारिन्दाहरूले ९६ एकड खेती गरेका थिए । २२ एकड जग्गा २२ साइबा परिवारलाई श्रमको प्रतिफल पाउनको निम्ति दिइएको र बाँकी ३०० वा सोभन्दा बढी जग्गा साइबा र डुइचुनहरूलाई बालीको निश्चित भाग बुझाउने गरी खेती गर्न दिइएको थियो । आधिकारिक रूपले यसरी गरेको खेतीको कुल आय बालीको एकचौथाइ भाग बुझाउनुपर्ने हुन्छ तर भूदासहरूले बीउको ऋण, सामग्रीहरूको प्रयोग र घरपालुवा÷पशुपालन ऋण र खाद्य ऋणको चर्को ब्याज तिरिसक्दा लगभग ७० प्रतिशत बाली खेमेईकहाँ घर–जग्गाको कुत अथवा ऋणको ब्याजको रूपमा पुग्थ्यो ।
यी ती नै प्रकारका भू–दासहरूलाई जमिनदारको आदेश पालना गराउन, विभिन्न किसिमका अनिवार्य श्रमहरू गराउन र जमिनदारले चाहेको बेला जुनसुकै कारण बताएर कोर्रा हान्न सकिन्थ्यो । सबै प्रकारका भू–दासहरूले बिहेवारी गर्न, जग्गा छोड्न, छोटो समय अनुपस्थित हुनसमेत मालिकको स्वीकृति लिनुपथ्र्यो ।
यदि मालिक वा जमिनदारले भू–दासलाई यातना दिएमा वा मारेमा समेत उसलाई सजाय गरिँदैनथ्यो । यी तीन प्रकारका भू–दासहरू भिन्न थिए । साइबा र डुइचुनहरू जमिनदारको सम्पत्ति वा वस्तुजस्तै थिए भने नानसाम दासहरूजस्तै थिए ।
साइबा र डुइचुनहरूले जमिनदारको स्वामित्वको जग्गामा घर बनाउँथे । त्यसैले तिनीहरूले बनाएको घर मालिककै हुन्थ्यो । नानसामहरूको घर हुँदैनथ्यो । तिनीहरू भान्छाकोठा, भण्डार कोठाहरू तथा तबेला र भवन बाहिर सुत्थे । तिनीहरूको विरलैमात्र स्थिर परिवार हुन्थ्यो किनभने एकातिर तिनीहरूको बस्ने सुत्ने ठाउँको ठेगान थिएन, अर्कोतिर जमिनदारले लोग्ने र स्वास्नीलाई उसले चाहेको ठाउँमा अर्को जमिनमा काम गर्न पठाउँथ्यो । साइबा र डुइचुनहरूले खाली समयमा आफ्नै खेतमा कम गर्न सक्दथे । यसबापत तिनीहरूले अनिवार्य श्रम वा झारा तिर्नुपर्दथ्यो । तर, नानसामका आफ्नै खेतीपाती नहुने भएकोले तिनीहरू दिनभर जमिनदारहरूको कारिन्दाको आदेशअनुसार काम गर्दथे । नानसामहरूलाई कहिलेकाही किनबेच र उपहारका रूपमा पनि दिइन्थ्यो । यदि जमिनदारका छोरीको बिहे भएमा तिनले दाइजोका रूपमा केही नानसामहरू आफ्नो नयाँ घरमा लिएर जान्थिन् । तर साइबा र डुइचुनहरूको बस्ने घरहरू भएकोले तिनीहरूलाई चाहिँ दाइजोको रूपमा लगिँदैन । साइवा र डुइचुनमा मुख्य भिन्नता भनेकै साइबाले तिनीहरूलाई राखेको जग्गाको लागि कुतको रूपमा श्रम तिर्छ भने डुइचुनहरूले बालीको भाग कुतको रूपमा तिर्छ । साइबाहरू तुलनात्मक रूपमा स्थायी घरपरिवार बसाउँछन्, तिनीहरूलाई जग्गाको केही भाग खेती गर्न दिने प्रचलन पाँचौँ दलाइ लामाको समयदेखि सुरु भएको हो । डुइचुनहरू अस्थिर छन् । तिनीहरूमध्ये धेरैजना अन्य ठाउँबाट भागेर आएका दासहरू थिए अथवा लामाबाट निष्कासित अथवा मठबाट भागेकाहरू थिए । कुनै पनि सर्वसाधारण तिब्बतमा मालिकबिना बस्न नसक्ने भएकोले तिनीहरूले यहाँ नयाँ मालिक भेटाउँथे । यदि पहिलेको मालिकले तिनीहरूलाई भेटाएमा तिनीहरूलाई फिर्ता लानसक्थे तर धेरैजसो तिनीहरूले उनलाई कर तिर्थे र उसले तिनीहरूलाई त्यहीँ बस्न दिन्थ्यो ।
“यी कुराबाट साइबा वास्तविक भू–दास वर्गमा पर्छ भन्ने देखिन्छ र डुइचुनहरूलाई चीनको मुक्तिभन्दा अगाडि विभिन्न ठाउँमा भएका मोही किसानहरू जस्तै भन्न सकिन्छ ?” भन्ने प्रश्नमा पुन्ट्सोले जवाफ दिए सकिँदैन, मोही किसानहरूले चाहेको बखत जग्गा छोड्न सक्छन् तर डुइचुनहरू भागेर नगएसम्म जमिनदारको जग्गालाई छोड्न सक्दैनन् । यो डरलाग्दो काम हो । जमिनदारले चाहेमा साइबा र डुइचुनहरूलाई नानसाममा झार्न सक्छन् । विनाकारण यस्तो गर्नु जमिनदारलाई रीतिथिति परम्पराले दिँदैन र ठीक मानिदैन । तर उसले डुइचुनहरूलाई विभिन्न प्रकारका ऋणमा धकेल्न सक्छ । त्यसमा ऋणहरू यस्तो किसिमका हुन्छन् कि त्यसलाई कहिल्यै चुक्ता गर्न सकिँदैन र अनन्त कालसम्म चर्को ब्याज खेपिरहनुपर्ने हुन्छ । साइबा र डुइचुनहरूले ऋण तिर्न नसकेपछि जमिनदारले तिनीहरूको घर, जायजेथा र पशुहरू कब्जा गर्थे र तिनीहरूलाई नानसाममा झार्थे ।
यो सानो विवरण सुनिसकेपछि प्रतिनिधिहरूको हाम्रो समूह विभिन्न समूहहरूमा टुक्रिएर भर्खरै मुक्त भएका किसानहरूलाई भेट्न तिनीहरूको घर–घरमा गयौँ । मैले पहिलो जोशिलो बुद्धिमान देखिने चालीस वर्षीया महिला डेड्जी (Deidji) को घरमा जाने निधो गरेँ । डेड्जी पूर्वनानसाम थिए । अहिले उनी नगर किसान सङ्गठनका उपाध्यक्ष, व्यवहारिक हिसाबले नयाँ स्थानीय सरकारका सदस्य हुन् ।
हामी कच्ची बाटोमा हिँड्दै गर्दा एक हुल बच्चाहरूले हामीलाई पछ्याए । तिनीहरूले मेरो क्यामेरा देख्नेबित्तिकै फोटो खिचाउनको लागि तयारी अवस्थामा बसे । दासप्रथाले तिनीहरूको स–सानो शरीरलाई कुपोषित बनाएको थियो । तर, स्वतन्त्रताको पाँच महिनाको छोटो अवधिमै छिट्टै तिनीहरूमा उत्साह छायो । हामीसँगै धेरै मानिसहरू हामीलाई ओछ्याइदिनका लागि सुकुल र गलैँचा बोकेर आइरहेका थिए । तीमध्ये डेड्जीका श्रीमान्सँग मेरो भेट भयो ।
ढोका खोल्नासाथ त्यहाँबाट गोठ हुँदै हामी भित्र छिर्याैँ । डेड्जीले भनिन् “सात दिन अगाडि मात्र हामीलाई दिइएको हाम्रो राम्रो नयाँ घर ।” मैले त्यो ठाउँ देखेपछि लाग्यो, तिनी व्यङ्ग्य गर्दैछिन् । तर तिनले गौरवपूर्वक भनिन्–यसलाई पहिले याकको गोबर धपार्ने ठाउँको रूपमा प्रयोग गरिएको थियो । तर किसान सङ्गठनले यसलाई सफासुग्घर गरी हामीलाई दिएको हो ।”
मैले थाहा पाएँ तिनी यो ठाउँलाई मनपराउँछिन् । डेड्जीले यस घरलाई मनपराउनको कारण तिनको पहिलेको घर योभन्दा आधा सानो र एउटामात्र झ्याल भएको थियो । छानो चुहिएर माटोको भुई वर्षायामभरि भिज्थ्यो ।
हामी–डेड्जी, तिनका श्रीमान्, पुन्ट्सो छेरेन (Puntso Tseren), दुईजना अनुवादकहरू र सबै अन्य स्रोताहरू डेड्जीको पहिलेको जीवनशैली र तिनीहरूको आशाका बारेमा कथा सुन्न बस्यौँ ।
“हामी हरेक दिन प्रकाश भएसम्म तथा वर्षभरि मालिक वा जमिनदारका लागि काम गथ्यौं”– डेड्जीले बताइन् । “म पहिले भुइँ पुछ्थें, मेच र सामान सफा गर्थे र त्यसपछि खेतमा बाली लगाउने तथा काट्ने र भुइँमा बिछ्याउन काठका फल्याकहरू काँधमा बोकेर ल्याउँथे । मैले १७ याक र गाईलाई चराउने र दूध दुहुन्थँे । घ्यू र चीज पछाडि बोकेर मालिकको घरसम्म पु¥याउँथेँ । फुर्सदमा म ऊन बाटथँे ।” यसमा थपेर उनका श्रीमान्ले बताए – “मैले घोडा स्याहार्ने सइसको काम गरें, आठ वटा खच्चरमा गहुँ, जौ, नून र जाम्बा (Tsamba) तथा याकको गोबर ल्हासामा पु¥याउने र खेमेईको घोडाबाट सहरमा पु¥याउँथेँ । मेरो छोराले मालिकको कारिन्दाका रूपमा पन्ध्र वर्षको उमेरदेखि काम गर्यो ।”
“यस कामका लागि मालिकले हरेक महिना एकजनालाई दुई केस जाम्बा (५० पाउन्ड जौको पीठो) दिन्थे र हरेक वर्ष एक जोर लुगाका लागि पुग्ने कपडा (Pulu) तथा एक जोर लामो जुत्ता दिन्थे । छोराछोरीहरूले केही पनि पाउँदैनथे । तिनीहरूलाई हामीले पाएको जाम्वा (जौको पीठो) नै ख्वाउँथ्यौँ । तिनले लुगाफाटा दिने वचन दिए पनि अहिलेसम्म कहिल्यै दिएका छैनन् । कारिन्दाका रूपमा काम गर्नुअघि मेरो छोरोले मालिकको जग्गामा काम गथ्र्यो । त्यसको लागि उनलाई डेढ (११/२) केस जाम्बा दिने वचन दिए पनि उनले कहिल्यै प्राप्त गरेनन् । त्यसैले हामीसँग पर्याप्त खाना थिएन । यसका लागि हामीले ऋण लिनुपथ्र्याे ।”
“जाम्बाबाहेक तपाईँहरूले अन्य खाद्यान्न प्राप्त गर्नुभएको छ कि ?” – हामीले सोध्यौँ । “हामीले याकको घ्यू पाउँथ्यौँ तर त्यो शुद्ध घ्यू होइन । घ्यू निकालेर माथिल्ला मानिसलाई दिइसकेपछि, मालिकका मठहरूमा लामाहरूलाई घ्यूको चिया दिएपछि फाल्नुपर्ने बाँकी भाग दासहरूलाई दिइन्थ्यो । यस्तो घ्यू पनि हामीले महिनामा डेढ पाउन्डमात्रै पाउँथ्यौँ, त्यो पनि सधैँका लागि होइन । तिनीहरूले धेरै पटक प्रयोग गरिसकेको चियापत्ती हामीलाई दिइन्थ्यो । नयाँ वर्षको चाडमा हामीले केही मासु र तरकारी पाउँथ्यौँ । पहिलो पाँच दिनसम्म हामीलाई दिनको दुई छाक खान दिइन्थ्यो । खानामा मासु धेरै दिदैनथ्यो । यस जग्गामा २३ नानसाम परिवार थिए र २३ परिवारका लागि याकको एउटा खुट्टा दिइन्थ्यो । कहिलेकाहीँ भेडा वा गाई मरेमा हामीलाई दिइन्थ्यो । अन्यथा वर्षभरि त्यही जाम्बामात्रै दिइन्थ्यो ।”
“हामीले कहिल्यै मालिकबाट पैसाको सिक्का पाएनौँ तर हामीले बिहे गर्न वा बिदा लिनका लागि मालिकको स्वीकृति लिन सिक्का र हाता (Hata) (वा नेपालीमा खादा (Ceromonial Scarf)) दिनुपथ्र्यो । हामीले आफ्नो अनुरोध राख्नको निम्ति चुरोट तथा चिया र हाता राख्नुपथ्र्यो । हामीले मालिककहाँ काम गरेर पर्याप्त खाना नपाएकोले हामीले बढी खाद्यान्न प्राप्त गर्ने प्रयास गर्यो । हामीले मालिकका कारिन्दासित हामीलाई केही जग्गा खेतीका निम्ति उपलब्ध गराउन आग्रह गर्यो । नानसामलाई यो अधिकार थिएन किनभने तिनीहरूले सबै दिन मालिककहाँ काम गर्नुपथ्र्यो । हामीले हाता दिएर तीनपल्टसम्म अनुरोध गरेपछि हामीलाई चार केस जग्गा कुतमा दिइयो ।”
“हामीले अढाइ केस जग्गाको कुत ति¥यौँ । तर, वास्तवमा यो कुत दर बढी थियो । मालिकहरूले नक्कली मापदण्ड प्रयोग गर्थे र मालिकलाई नमुना अन्नका रूपमा पठाएको अन्नलाई उनी आफै राख्थे । यसरी वास्तवमा हामीले चार केस अन्न तिरेका थियौँ । हामी दिनभर मालिकका लागि काम गथ्यौँ र राति आफ्नो जग्गामा काम गथ्यौँ । कहिलेकाहीँ हामीलाई साथीहरूले मद्दत गर्थे र अलि सजिलो हुन्थ्यो । हामीले आफ्नो जग्गा खन्नका लागि एउटा जनावरलाई ३० तेल (Taels) (लगभग ६० सेन्ट वा पैसा) दुई दिनको लागि तिर्नुपथ्र्यो । राम्रो बाली हुने बेला हामीले एघार केस अन्न र नराम्रो बाली हुने बेला ६–७ केस र औसत बाली ९ केस हुन्थ्यो । बाली हाम्रो काममा पनि भरपर्छ र हामीसँग थोरैमात्र काम गर्ने समय हुन्छ । त्यसैले कुतदर औसत बालीका आधारमा तिथ्र्यौँ । बीउ र खनजोत राम्रो भएको बेला बाली बढे पनि, नराम्रो बाली हुँदा ऋणमा समेत डुबिन्थ्यो ।”
डेड्जीका श्रीमान्ले उनको विशेष कथा सुनाए । “एकपल्ट खेमेईकी छोरी त्यहाँ बस्न आइन् । तिनीसित जनावरको छालाबाट बनेको राम्रो चकटी थियो । हराउला भनेर मैले त्यसलाई दोस्रो तलामा राखिदिएँ । घरको पहिलो तलामा गोदाम र नोकरहरूका कोठाहरू थिए भने दोस्रो तलामा माथिल्ला दर्जाका कारिन्दाहरू बस्थे । दुई वा तीन महिनापछि कारिन्दाले मलाई बोलाएर त्यो चकटी र अरु ऊनका कपडाहरू पनि हराएको तथा ती सामानहरू मैले नै चोरेको आरोप लगायो । दिनभरि मलाई बाक्लो÷ग¥हौँ कोर्राले पिट्यो र आरोप स्वीकार्न भनियो । मैले त्यो चकटी कारिन्दा वा मुखिया आफैले चोरेको हुनुपर्छ भन्ने सोचेर आरोप स्वीकारिन् ।”
“मैले आरोप नस्वीकारेपछि मलाई कारागारमा हालियो । हरेक जमिनदारहरूको आफ्नो छुट्टै कारागार बनाइएको हुन्छ । प्रकाश नछिर्ने, माटो र ढुङ्गाले बनाएको छिँडीको त्यस्तो कारागार सुविस्ताको थिएन । तिनीहरूले फेरि कारागारबाट निकाले र फेरि कोर्रा लगाए । तीनपल्टसम्म यसो गरे र पछाडिको मासुको छाला उप्किञ्जेल कुटे र छाडे । आरोप नस्वीकारेपछि मलाई अदालतमा लगियो र पोताला दरबारको कारागारमा नौ महिना थुनियो । कारिन्दाले मेरो घरमा ताल्चा लगायो, मेरी श्रीमती र ७० वर्षकी मेरी आमालाई विनाकुनै आरोप कोर्रा लगाएर घरबाट निकाली अदालतमा ल्यायो । पोताला कारागारबाट छुटेपछि मेरो सम्पत्ति केही बाँकी रहेन ।”
“हामीले भू–दासहरूको कथाहरू सुनेको यो पहिलो पल्ट हो” – मसँगै डेड्जीको घर हेर्नलाई गएका प्रतिनिधिहरूले प्रतिक्रिया जनाए । “१९५५ मा हामी तिब्बतमा छँदा हामी सिपाही र जमिनदारहरूसित मात्रै कुराकानी गथ्यौँ किनभने त्यसबेला पेचिङको सम्झौताले सत्तामा खान्दानीहरू नै थिए ।”
अहिले कसरी बस्नुभएको छ भन्ने प्रश्नमा डेड्जीले जवाफ दिइन्, “हामीले राम्रो जीवन पाएका छौँ, धन्यवाद भलाइको निम्ति कम्युनिस्ट पार्टीलाई । अहिले हामीले बीउको लागि ब्याज तिर्नुपर्दैन । बीउ माग्नको लागि हाता पनि दिन परेन । विद्रोही खेमेई भारतमा भागेपछि उसको जग्गाको यो वर्षको बाली हामीहरू सबैको हुनेछ । तिनको ४७५ केस (७९ एकड) जग्गामा हामी सबैले मिलेर खेती गरेका छौँ र बाली पनि सबैलाई बाँड्नेछौँ । हाम्रो जग्गाको बाली पनि राम्रो भएको छ । बाली भित्रिएपछि हामीसँग पर्याप्त अन्न हुनेछ ।”
“यस्तो राम्रो जिन्दगी हामीले आठ वर्षअघि नै पाउनेवाला थियौँ तर जमिनदारहरू र कासागले यसमा व्यवधान खडा गरेबाट यतिका वर्ष लाग्यो । अहिले पनि हाम्रो जिन्दगी धेरै राम्रो भएको छैन । हामीले घ्यूको चिया खान सक्दैनौँ । घ्यूको चिया खान पाउने दिन हामी शान्तपूर्वक आरामले बिनाकुनै डरले पिउनेछौँ ।”
“केन्द्रीय सरकारले विद्रोह दवाएपछि तिनीहरूको कोर्रा र यातना दिने औजारहरूलाई कामदार जनता आफैले बिगारे । कारागारमा छँदा मलाई हात च्यापेको काठको विशेष प्रकारको औजारलाई मेरै हातले ध्वस्त पारेँ ।”
“अहिले म जमिनदारहरूले कम्युनिस्टहरूका बारेमा सुनाएका कथाहरू झूटो भएको सम्झिरहेको छु । तिनीहरू कम्युनिस्टहरूले घोडाको र कुकुरको मासु खाने, स्वास्नीहरूलाई लुटेर लाने, बालबच्चाहरूलाई आमाबाबुभन्दा अन्त लाने झूटो कुरा बताएका थिए । जनमुक्ति सेनाले पहिलोपल्ट राजमार्ग बनाउँदा जमिनदारहरूले त्यो हानहरूको भलाइको लागि गरेको बताए । तर कामदार जनताले राजमार्गबाट धेरै फाइदा पाए । त्यसपछि जिन्दगी धेरै राम्रो भएको छ । मेरा छोराछोरीहरू दुवै प्राथमिक विद्यालयमा पढ्दै छन्” – डेड्जीका श्रीमान्ले बताए ।
डेड्जीले एउटा भनाइ राखिन्, “पहिले हाम्रो शिरमाथि सूर्य चम्किरहेको हुन्थ्यो तर त्यो जमिनदारको लागि हुन्थ्यो । अहिले हामीले हाम्रै लागि चम्केको सूर्य पाएका छौँ । ल्हासामा तयारी समितिमा पर्यवेक्षकका रूपमा बस्दा मैले सुनेँ, “अब कोही पनि भूदासहरू छैनन् नोकरहरू पनि छैनन्, सरकारले खान्दानीहरूको श्रीसम्पत्ति किन्नेछ र जोताहा किसानहरूलाई दिनेछ । यो वर्षको विद्रोही खान्दानीको अन्नबाली पनि अन्न छर्नेहरूले नै पाउनेछन् ।” मैले हाम्रो किसान सङ्गठन नै सरकार हुनुपर्छ र जनता स्वयम्ले आफ्नो स्वतन्त्रता र आफ्नै कानुन बनाउनुपर्छ भनेर पञ्चेन एर्डेनी आफैले घोषणा गरेको सुनेँ ।”
आँखाभरि आँसु बगाउँदै डेड्जीले भनिन्, “पार्टीले गरेको भलाइका कारणले मात्रै आज म सुकुलमा यस सुख्खा÷नभिजेको घरमा बस्न पाएँ । यहाँबाट मलाई कसैले पनि बाहिर निकाल्न सक्दैन ।”
अँध्यारो कोठामा डेड्जीको कुरा टुङ्गिँदा नरुने मानिसहरू कोही रहेनन् ।
डेड्जीको घर हेरेपछि हामी अन्य प्रकारका भू–दासहरूको घर पनि हेर्न गयौँ । त्यस क्रममा हामी पूर्वडुइचुन र हाल जग्गासम्बन्धी किसान सङ्गठनका अध्यक्ष पर्वु (Parbu) को घरमा गयौँ ।
उनको घर डेड्जीको भन्दा राम्रो गोबरको भण्डारणको लागि नभई घरकै लागि बनाएको, माटो र ढुङ्गाले बनेको र शिशाको झ्याल भएको सानो थियो ।
त्यहाँ एउटी आँखा नदेख्ने, अशक्त र दुर्वल उमेर ढल्केकी आइमाई बसेकी थिइन् । मैले पर्वुको आमा होला भन्ने अनुमान गरेँ तर पर्वुले तिनी उनको जहान हो भन्ने सुनाउँदा म छक्क परेँ । पर्वुले तिनीसित बिहे गर्दा तिनी एक साइबा थिइन् । अन्धो भएपछि तिनले श्रम गर्न सकिनन् र तिनले साइबा अधिकार गुमाइन् । एउटा आँखा फूलो परेर नदेख्ने भएसम्म पनि तिनले सक्ने काम गरिन् तर दुवै आँखा नदेख्ने भएपछि पर्वुले सो जग्गामा काम गर्ने इच्छा गरे पनि जमिनदारका मुखियाले जग्गा नदिने निर्णय गर्यो ।
पर्वु पञ्चेन एर्डेनीको क्षेत्रमा रहेको ताशी ल्हुम्पो (Tashi Lhumpo) मठसँग सम्बन्धित थिए । तिनले आफ्नो छुट्काराका निम्ति वार्षिक रूपमा कर तिरिरहेका थिए । पर्वुका एक छिमेकीका अनुसार पर्वु पहिले लामा थिए, तिनले बिहे गर्नका लागि मठ छोडेका थिए । तर, पर्वुले आफू भागेको कुरामात्रै बताए ।
उनी कुम्तान (Kumtan Manor) जग्गामा बस्थे । उनले तासी लुम्पोलाई क्षेत्रीय कर तिरिरहेका थिए; अन्न र केही उला (Ula) वा बेठबेगारी वा झारा घर र जग्गाको लागि खेमेईलाई तिरिरहेका थिए । बितेका केही महिनासम्म पनि तिनले करहरू अन्न तिरिरहेका थिए । अहिले उनी स्वतन्त्र छन् र जग्गाको किसान सङ्गठनका अध्यक्ष छन् ।
पर्वुले आठ केस (१ र २ तीन एकड) जग्गा खेती गरे । आठ केस (२१६ पाउन्ड) बीउ छरे र ३२ केस अन्न फलाए । उनले आठ केस अन्न कुत तिरे । यो कुत त्यति धेरै पनि देखिँदैन, जम्मा अन्नको एकचौथाइ भाग हो । तर, जमिनदार अन्न दिँदा एउटा नाप र अन्न कुत लिँदा अर्कै नाप प्रयोग गर्थे । कुत तिर्दा नाप्ने नाप वा पाथी साधारण केभन्दा केही बढी अन्न अट्ने ‘ठुलो के’ पाथी हुन्थ्यो । बाली काट्ने बेलामा मालिककहाँ नमुना अन्न पठाउनुपथ्र्यो र नमुना अन्न फिर्ता आउँदैनथ्यो । पर्वुले बताएअनुसार मालिकले बीउ दिँदा पनि चर्को ब्याज लगाउँथ्यो र मालिकसँग ऋण लिएको अन्न र खेतीका औजारहरूमा पनि उच्च ब्याज तिर्नुपथ्र्यो ।
बाली काटेपछि पूरा ऋण पनि तिर्न सकिँदैनथ्यो । ‘खलिहान (बाली सुकाउने ठाउँ) सकेपछि अन्न पनि बाँकी रहँदैन’ भन्ने भनाइ नै चलेको थियो ।
पर्वु अन्नबाहेक पराल बेचेर केही पैसा कमाउँथे र दुई खच्चरलाई खुवाउँथे । उनले खच्चरको गोबर जम्मा पार्दै सुकाउँथे र बाल्नका लागि ऊर्जाको रूपमा बेच्थे । यसबाट उनले मठ र खेमेइलाई कर तिर्थे । उनले खेमेईलाई साइबाको बेगारी पूरा गर्न वा उला झारा तिर्नुपर्दैन तर डुइचुनको केही निश्चित झारा तिर्नुपथ्र्यो । उनले जमिनदारका लागि बाली काट्ने समयमा तीन दिन, खाडल खन्न दुई दिन र बाढी पहिरोको समयमा विनाज्याला लामो समयसम्म काम गर्नुपथ्र्यो ।
जनावरहरू पालेकोमा पनि केही झारा तिर्नुपथ्र्यो । पर्वुका दुइटा खच्चरहरूले बाली काट्ने समयमा दुईदिन काम गर्नुपथ्र्यो र नयाँ वर्षको चाडमा तिनीहरूले इन्धनलाई ल्हासामा पु¥याउनुपथ्र्यो । जमिनदारले केही अस्थायी श्रम पनि लाद्न सक्थ्यो । गएको शरद् ऋतुमा विद्रोहीहरूले लोकामा हत्या र लुटपाट मच्चाइरहँदा खेमेईले ल्हासामा भएको आफ्नो श्रीसम्पत्ति लोकाका भूदासहरूले ल्हासाको आधा बाटो पु¥याउनुपर्ने र बाँकी आधा बाटो कुम्तान (Kumtan) का भूदासहरूले पु¥याउनुपर्ने गराए । उनले आफ्नो अन्नको सुरक्षा गर्न त्यसो गरेका थिए ।
“यदि तपाईँसँग चल्लाहरू छन् भने प्रत्येक कुखुराको ५ वटा अण्डा वर्षमा धेरै पटक जमिनदारलाई दिएर श्रम तिर्नुपर्छ” – पर्वुले बताए ।
“यदि डुइचुनले यी सबै भुक्तानीहरू गर्नुपर्छ भने डुइचुन बन्नु राम्रो कि नानसाम ?” – मैले सोधेँ ।
पर्वुले बताए, “प्रमुख भिन्नता भनेको स्वतन्त्रताको मात्रा हो । मसँग दुईवटा खच्चरहरू छन् । ती मेरा आफ्नै खच्चर भए पनि मैले मालिकलाई झारा तिर्नुपर्छ । भाडादर उच्च छ र बाली भिœयाउनेबित्तिकै तिर्नुपर्छ तापनि मालिकले मलाई समय–समयमा श्रम गराउँछ । तापनि मैले आफ्नो कामका लागि समय मिलाउन सक्छु । तर, नानसामका लागि यो सम्भव हुँदैन । उसको सबै समय मालिकको लागि बित्छ ।”
पर्वुको घरभन्दा पारिपट्टी न्गोजु (Ngoju) नामका साइवाको घर छ । न्गोजुले बताएअनुसार उनको घरमा काम गर्नसक्ने चार जना हुर्केबढेका कामदारहरू भएकाले घर ठुलो भएको हो । तिनीहरूले १० केस (१२÷३ एकड) जग्गा पाएका थिए । यसको बदलामा तिनीहरूले मालिककहाँ वर्षभरिका लागि एकजना ज्यामी पठाएका थिए । तिनका दुवै छोरा साना भएकाले दुईजनाले मात्र काम गर्ने समयमा तिनीहरूसित अहिलेको आधामात्रै जग्गा थियो र श्रम पनि आधामात्र दिए पुग्थ्यो । मालिककहाँ काम गर्ने आफ्नो छोरालाई पनि तिनले नै ख्वाउनुपथ्र्यो किनभने तिनलाई त्यहाँ जग्गाको भुक्तानीका निम्ति श्रम गर्न पठाइएको थियो ।
“तपाईँले आधामात्र श्रम दिँदाखेरि कुन दिन मालिकका लागि काम गर्ने भनेर कसले छुट्याउने ?” – मैले सोधेँ ।
“मालिकले छुट्याउँछन्” – न्गोजुले बताए । “तर, त्यहाँ एउटा परम्परा छ । बाली काट्ने बेलामा मालिकले सबै दिन उसैकहाँ काम गर भन्न पाउँदैन, पाँच दिन मालिककोमा काम गर्ने र ५ दिन भूदासहरूको आफ्नै काम गर्ने चलन छ । मालिकले सधैँ त्यसो गर्दैन । यदि उसलाई श्रम चाहियो भने उसले माग गर्दछ र त्यसपछि भूदासले केही पनि गर्नसक्दैन । त्यसैले परिवारमा ४ जना कामदारहरू हुनु राम्रो हो र तीमध्ये एकजनालाई मालिकहाँ पूरा समय काममा पठाउन सकिन्छ ।”
न्गोजुको डबलीमा अन्य किसानहरू पनि आए र विभिन्न प्रकारका भूदासहरू र तिनीहरू कसरी आए भन्नेबारेमा छलफल सुरु भयो । तिनीहरूले बताए – “साइबा पुस्तौँ पुस्तादेखि भूमि÷जग्गासँग जोडिएका छन् । नानसाम पनि पहिलेदेखि थिए तर तिनीहरू सधैँ जग्गासँग जोडिएका हुँदैनन्, तिनीहरू बेचिन र अरुलाई दिएर पठाउन अथवा मालिकको छोरीको बिहेमा दाइजोको रूपमा सँगै लैजान सकिन्थे । डुइचुनहरू धेरैजसो स्थानीय बासिन्दा होइनन् तर कहींबाट नराम्रो मालिकबाट भागेर यहाँ आएका थिए, नयाँ मालिकको खोजीमा ।”
त्यसैले डुइचुनहरू दासप्रथाप्रतिको असहमतिको सुरुवातजस्तै देखिन्छ, सानो र अलिकति माथिको स्वतन्त्रताको सुरुवात । भूदासहरू आफ्नो घर र साथीभाइहरू छोडेर पुनः पक्राउ र कोर्रा लगाउने जोखिम बोकेर मृत्युको समेत पर्वाह नगरी धेरै टाढा अर्को राम्रो मालिकको खोजीमा भाग्छन् । यदि तिनलाई पुरानो मालिकले भेटाएमा फिर्ता लानसक्छ । त्यसैले धेरैजसो पुरानो मालिकले तिनलाई छुट्कारा दिन क्षेत्रीय कर स्वीकार्ये । तिब्बतमा डुइचुनहरू बढ्दै गइरहेका थिए ।
एकप्रकारको भूदासलाई अर्को प्रकारको भूदास बनाउने कुरामा छलफल मोडियो । यदि कोही भागेको भूदासलाई मालिकले पक्रेमा तिनलाई डुइचुनबाट नानसाममा झार्नसक्छ । यदि त्यो मानिस बलिया छन् र फेरि पनि भाग्नसक्छ भन्ने लागेमा त्यसलाई डुइचुन नै बनाइराख्छ ।
नानसाम पनि एकप्रकारको दास नै हो । तर, आफ्नो पुर्खा साइबा वा डुइचुन भए पनि पछिको छोराछोरी वा सन्तान नानसाम पनि हुनसक्छ । डुइचुन वा साइबाले जमिनदारसित लिएको ऋण तिर्न सकेन भने जमिनदारले तिनीहरूसित भएको घर, खच्चरहरू र कुखुराहरू कब्जा गर्छ र तिनीहरूलाई नानसाम बनाउँछ कोही पुस्तौँपुस्तादेखि नै नानसाम पनि हुन्छन् उनीहरूले बताए ।
“म पहिले खेमेईको स्वामित्वको जग्गाको साइवा थिएँ । केही विवाद भएपछि खेमेईका मुखियाहरूले केही भू–दासहरूलाई अर्कै जग्गामा सारे । अर्को जग्गामा मेरो भूअधिकार थिएन । त्यसैले तिनीहरूले मलाई नानसाम बनाए । तर, पछि मसँग केही बचत भयो र खेमेईले मलाई फेरि साइबा बनाए र एक टुक्रा जग्गा दिए” – उपस्थितमध्ये एकजनाले बताए ।
“तपाईँले कसरी बचत गर्न सक्नुभयो ?” – मैले सोधेँ ।
“जनमुक्ति सेना यो क्षेत्रमा आयो । गोबर जम्मा गरेर तिनीहरूलाई बेचेँ र प्रशस्त पैसा कमाएँ । त्यसबाट मैले एउटा कानमा लगाउने ढुङ्ग्री किनेँ । मलाई मालिकको घरमा बोलाइयो । त्यहाँ जाँदा मैले त्यो ढुङ्ग्री लुकाएँ । त्यसैले खेमेईका ज्वाइँले मलाई भनेको नमान्ने भन्दै कोर्रा लगाऊ तर मलाई थाहा थियो, ऊ मेरो ढुङ्ग्री हात पार्न यसो गर्दै थियो । त्यसपछि उसले भन्यो, “अब म तिमीलाई फेरि साइवा बनाउँछु र तिमीले तिम्रो पैसा मेरो जग्गामा लगाऊ । उसको मतलब यदि मसँग पैसा भएमा खच्चर र बीउमा लगानी गर भन्ने हो ।”
बचतबाट माथि उठेका नानसामको असाधारण कथाबाट सबैजना प्रभावित भए । अरुहरूले सोचे यदि उनी पहिले नै साइवा नभएका भए खेमेईले तिनलाई नानसामबाट साइवा बनाउने थिएन । ‘नियमित नानसाम’ लाई विरलैमात्र उठ्न दिइन्छ । साइबा वा डुइचुनहरू माथि उठ्न र झर्न सक्ने बाली काट्ने बेलामा तिनीहरूको आम्दानीमा भर पर्छ । साना केटाकेटीहरू धेरै भएका साइबा सजिलै ऋणमा डुब्छन् र तिनीहरू नानसाममा झर्छन् ।
थोरै साइबा – मुस्किलले सयमा तीनजनाले साइबा बन्नु राम्रो हो भन्ने सोच्छन् । केहीले अन्य भागेर आइपुगेका अपरिचितलाई आफ्नो घरमा बसाउने र तिनलाई मालिककोमा तिनीहरूको काम गराउँथे । यस्तो विशेषता देखाउने साइबा मालिकको मुखिया वा कारिन्दा बन्ने दाउमा हुन्छन्, अरु भूदासहरूलाई चुसेर आफूमाथि उठ्छन् ।
स्रोत : तिब्बतका भू–दासहरू उठ्दा
Leave a Reply