भर्खरै :

होली सुसंस्कृत ढङ्गले मनाउन आवश्यक

होली सुसंस्कृत ढङ्गले मनाउन आवश्यक

वसन्त ऋतुको आगमनसँगै सुरु भएको होली या फागु पूर्णिमा एक अर्को महŒवपूर्ण पर्व हो । रुखमा नयाँ पालुवा पलाएसँगै सुरु हुने यो पर्वलाई वसन्त उत्सव पनि भनिन्छ । ऋतुहरूमध्ये उत्तम ऋतु मानिएको वसन्त ऋतुमा पर्ने फागु पूर्णिमा एक आपसमा सद्भाव राख्ने, अबेर छर्दै नाचगान गर्ने पर्व हो । यस्ता सद्भाव छर्ने पर्वहरूको महŒव नबुझ्दा या गलत ढङ्गले उपयोग गर्दा समाजमा विकृति र विसङ्गति बढेको देखिन्छ । अबेरको यो जात्रामा विकृति र विसङ्गति बढ्न थालेपछि नेक्रायुसङ्घले केही वर्ष प्रगतिशील गीत गाएर यो पर्व मनाएको थियो । त्यसको समाजमा राम्रो सन्देश गयो । विकृति र विसङ्गति कम गर्नमा प्रहरी प्रशासनको पनि बल मिलेको थियो ।
फागुमा एक समय फोहर पानी प्लास्टिकमा राखेर हान्ने काम गरिएको थियो । पम्पले छर्कने, बेलुनमा पानी भरेर हान्ने काम पनि भयो । होली मनाउन बाटामा आउनेहरूलाई झ्याल र कौसीबाट पानी फाल्ने काम हुन्थ्यो । बेलुनमा पानी हालेर बटुवालाई हान्ने काम अद्यापि छ । तर, यो होली पानीको पर्व होइन न त लोलाले हान्ने पर्व नै हो । कसैले सुरु गरेपछि नयाँ पुस्ताले अनुकरण गर्छ । उनीहरू संस्कृति हो होइन मतलब राख्दैनन् । प्लास्टिक या बेलुनमा रङ्ग पानी भर्दा या फोहर पानी राख्दा पोशाकमा दाग लाग्छ र पोशाक नै काम नलाग्ने हुन्छ । कुनै काममा जान समस्या हुन्छ । लोलाले हान्दा आँखा गुमेको उदाहरण समाजमा छ† झैझगडा भएको उदाहरण छ । होली आफू आफू या साथी भाइबिच खेल्ने पर्व हो । कसैलाई लोला हान्ने, जवरजस्ती अविर दल्ने काम गर्नु हुँदैन ।
होली पर्वलाई बिथोल्ने खालको गतिविधि गर्ने काम हामीले गर्नु हुँदैन । पहिले पहिलेको तुलनामा अहिले होली पर्व सुसंस्कृत ढङ्गले मनाएको पाइन्छ । तर, अहिले पनि पूर्णतः सही ढङ्गले मनाएको पाइँदैन । पहिले पहिले दुई तीन हप्ता पहिलेदेखि बेलुन या लोलाले हान्ने गथ्र्याे । यसमा अहिले केही नियन्त्रण भएको छ । विद्यालयमा शिक्षक, समाजका सामाजिक अगुवा, समाजसेवी, राजनीतिक कार्यकर्ताहरूले सम्झाइबुझाइ गरेको कारण सहयोग मिलेको देखिन्छ । यो सकारात्मक पक्ष हो । फागुनमा होली मनाउने चलन भौगोलिक र सामाजिक विविधताका कारण फरक फरक हुनु स्वाभाविक हो ।
यो पर्व अन्य देशमा पनि मनाइन्छ । अन्य देशमा मनाइने पर्व पनि फरक फरक भएको पाइन्छ । रुसमा हास्य पर्वको रूपमा, बेल्जियममा हाँसो ठट्टाको रूपमा, थाइल्यान्डमा पानीको पूजा गरेर, जापान र सुमात्रामा नाचगानका साथै वर्षमा नयाँ उब्जाएको उपलक्ष्यमा रङ्गको पर्व मनाइन्छ । स्विटजरल्यान्डमा विभिन्न टोपी र मकुन्डो लगाई घुमेर मनाइन्छ । सबैजसो ठाउँमा मनाइने यो पर्वमा नाचगान देखिन्छ । यसैले होली मनोरञ्जनात्मक हुन्छ । आ–आफनै भाकाका गीत गाइन्छ । यो दुई दिन विशेष पर्वको रूपमा मनाइन्छ । तर, फागु पर्व फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म मनाइन्छ । यस अर्थमा फागु पर्व सुरु भइसकेको छ । फागु पर्वको महŒव बुझेर होली मनाउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *