निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
काठमाडौँ, २० फागुन । राजनीतिक दलको उद्देश्य देश र जनताको निःस्वार्थ सेवा गर्नु हो । राजनीतिक दल स्वयम् एउटा विश्वविद्यालयजस्तै हो । राजनीतिक दलले आफ्ना कार्यकर्तालाई देश र बाँकी संसारबारे शिक्षित गर्नुपर्दछ । राजनीतिक दलले आर्थिक अपराधी, फौजदारी अभियोग लागेका गुण्डा र देशघाती एवम् जनद्रोहीहरूलाई निर्वाचनमा उठाउनु स्वयम् पार्टीको जनविरोधी काम हो ।
केही पार्टीका उम्मेदवारहरूले अन्य पार्टीका उम्मेदवारलाई लाखौँ रुपैयाँ दिएर निस्क्रिय पारेको, कतिपय मतदातालाई लाखौँ रुपैयाँ बाँडेर मत लिन खोजेको सार्वजनिक भयो । केही पार्टीका उम्मेदवारको गाडीमा चामलका बोरा र मदिराका कार्टुन भेटिएको पनि सार्वजनिक भयो । केही पार्टीका उम्मेदवारको गाडीमा विस्फोटका पदार्थसमेत भेटिएको र केही पार्टीका उम्मेदवारले मौन अवधिमा एसएमएसमार्फत मत माग्ने र टोल टोलमा पुगेर मत मागेर आचारसंहिता उल्लङ्घन गरेको पनि सार्वजनिक भयो ।
केही पार्टीका उम्मेदवारलाई वा निश्चित जातकालाई मत बेच्ने आरोप लगाइएको पनि सार्वजनिक भयो । कुनै पार्टीले निर्वाचनको मुखमा अर्बौँ रुपैया राजस्व छली गरेकालाई पार्टीमा भित्याएको र केही पार्टीका उम्मेदवारले राजस्व छली गरेकाहरूको करोडौँ पर्ने गाडी लिएर चुनाव प्रचार गरेको पनि सार्वजनिक भयो ।
xxx
निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट ८–१० लाख मानिस आ–आफ्ना निर्वाचन क्षेत्रमा फिर्ता गएको पनि सार्वजनिक भयो । आचारसंहिता उल्लङ्घनका १६ सय उजुरी निर्वाचन आयोगमा परेको, आचारसंहिता उल्लङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना हुने, निर्वाचन बिथोल्नेलाई फौजदारी कसुरमा मुद्दा चल्ने, मौन अवधिमा आचारसंहिता उल्लङ्घन गरेकालाई ६ वर्षसम्म चुनावमा उठ्न नपाउने सजाय हुने सार्वजनिक भयो ।
xxx
निर्वाचनको क्रममा काठमाडौँको सुकेधारा र नैकापमा दुई गाडीमा आगजनी गरिएको र आचारसंहिताविपरीत गतिविधि गर्ने देशभरिबाट १४२ जना पक्राउ परेको पनि सार्वजनिक भयो । केही पार्टीका उम्मेदवारले आचारसंहिताविपरीत मोटरसाइकल ¥याली र धेरै गाडी गुडाएको पनि सार्वजनिक भयो । केही पार्टीका उम्मेदवार मतदातालाई पैसा बाँडिरहेको बेला प्रशासनको पक्राउमा परेको र केही पक्राउ नपरेको पनि सार्वजनिक भयो ।
निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारी कर्मचारी, सुरक्षा निकाय, आम नागरिक सचेत भएर लाग्नु जरुरी छ ।
Leave a Reply