भर्खरै :

जनताको प्रजातन्त्रको सम्पूर्ण प्रक्रिया ‘१५ औँ पञ्चवर्षीय योजना’ को बलियो आधार

जनताको प्रजातन्त्रको सम्पूर्ण प्रक्रिया ‘१५ औँ पञ्चवर्षीय योजना’ को बलियो आधार

पेइचिङ, २६ फागुन (सीआरआई) । वार्षिक रूपमा आयोजित चीनका दुई अधिवेशन, जनताको प्रजातान्त्रिक प्रक्रियालाई नियाल्ने एउटा महत्वपूर्ण झ्याल हो । लगभग ५,००० जना प्रतिनिधिहरू र सदस्यहरू सबभन्दा आधारभूत तहको जनमत लिएर पेइचिङमा भेला भए्, जसले आधारभूत तहका आवाजहरूलाई निर्णय गर्ने तहमा पु¥याए र सम्पूर्ण प्रक्रियामा जनताको प्रजातन्त्रको बलियो जीवन्तता प्रदर्शन गरे ।
जनताको लोकतन्त्रको सम्पूर्ण प्रक्रिया शासनका विभिन्न पक्षहरूमार्फत चल्छ ताकि जनता आफ्नै मामिलाको मालिक हो भन्ने सुनिश्चित गरिन्छ । यी दुई अधिवेशनमार्फत जनताले विकासको खाका मात्र कोरेका होइनन् बरु ‘सबैभन्दा व्यापक, वास्तविक र प्रभावकारी’ प्रजातन्त्रको अनुभूति पनि गर्छन् ।
राम्रो प्रजातन्त्रको जरा धर्तीमा छ । चिनियाँ जनकाङ्ग्रेसका पाँच तहका करिब ९५ प्रतिशत प्रतिनिधिहरू आधारभूत तहबाट आउँछन् र उनीहरू जनताको चाहना र मागलाई सबभन्दा माथिल्लो तहसम्म पु¥याइदिन्छन्† यो नै सबैभन्दा ठूलो हदसम्म जनता देशका मालिक हुन् भन्ने महसुस गर्छन् ।
राम्रो प्रजातन्त्रले वास्तविक जनमतलाई आत्मसात गर्छ । ‘१५ औँ पञ्चवर्षीय योजना’ नेटवर्क आधारित राय सुझाव लिने कार्यक्रमले ३१.१ लाख सुझावहरू प्राप्त गर्यो र १५०० भन्दा बढी सुधार प्रस्तावहरू समाहित गरियो । दुई अधिवेशनको दौरान, ३ वटा महत्वपूर्ण कानुनहरूले ध्वनि नियन्त्रणजस्ता मानिसहरूको जीविकोपार्जनको चिन्तालाई सटिक रूपमा प्रतिक्रिया दिए । यस्तो तरिकाबाट जनताको इच्छालाई विधिको शासनको ग्यारेन्टीमा रूपान्तरण गरिएको छ ।
राम्रो प्र्रजातन्त्रले समस्याको समाधान साँच्चिकै गर्न सक्छ । प्रतिनिधिहरूको सुझावहरूमा समयमै प्रतिक्रिया दिइन्छ र सरकारी कार्य प्रतिवेदनमा प्रतिबिम्बित भएको छ । सुझावहरूको जवाफ दिने पूर्णता दर उच्च रह्यो । चिनियाँ जनताको सरकारप्रति विश्वास र आशावाद विश्वमा पहिलो स्थानमा छ । जनताको प्रजातन्त्रको सम्पूर्ण प्रक्रियाले चिनियाँ शैलीको आधुनिकीकरणका लागि संस्थागत ग्यारेन्टी मात्र प्रदान गर्दैन, विकासोन्मुख देशहरूका लागि पनि उपयोगी सन्दर्भ प्रदान गर्दछ ।
‘१५ औँ पञ्चवर्षीय योजना’ को प्रारम्भमा उच्च–स्तरको डिजाइन र जनतासँग परामर्श गर्ने एकताको पालना गर्दै जनताको प्रजातन्त्रको सम्पूर्ण प्रक्रियालाई पुनर्जीवित गरिँदै जानेछ । विश्वलाई प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।
अन्तर्राष्ट्रिय व्यक्तित्वद्वारा चीनका दुई अधिवेशनको सकारात्मक मूल्याङ्कन
चीनका दुई अधिवेशनले अन्तर्राष्ट्रिय समाजको उच्च ध्यानाकर्षण पाएका छन् ।
धेरै अधिकारी, विशेषज्ञ तथा विद्वान, मिडियाकर्मीले चाइना मिडिया ग्रुपका पत्रकारलाई अन्तर्वार्ता दिँदै विश्वको परिवर्तित परिस्थितिमा चीन स्थिर रूपमा अगाडि जाने, शान्तिपूर्ण विकास गर्ने, विश्वलाई लाभ दिने सकारात्मक सङ्केत जारी गरेको कुरा बताएका छन् ।
श्रीलङ्काली कम्युनिष्ट पार्टीका अध्यक्ष वीरासुमना वीरासिङ्घेले चीनले सन् २०२५को निर्धारित विकास लक्ष्य साकार तुल्याएकोमा उच्च मूल्याङ्कन गर्नुभयो, जटिल र गम्भीर स्वदेशी तथा विदेशी परिस्थितिमा हासिल गरेको उल्लेखनीय उपलब्धि भएको कुरामा जोड दिनुभयो ।
पाकिस्तानी प्रसिद्ध राजनीतिज्ञ तथा अर्थशास्त्री शाकील रामेले पन्धौँ पञ्चवर्षीय योजनाले चीनको भावी विकासको दिशानिर्देश गरेको कुरा व्यक्त गर्नुभयो ।
बङ्गलादेशका सरकारी अधिकृत एवम् शिक्षाविज्ञ मोहम्मद सैफुल इस्लामले चीनले व्यवसायिक तालिमको प्रबद्र्धन, डिजिटल शिक्षाको विकास, अन्तर्राष्ट्रिय वरिष्ठ व्यक्तिको आदानप्रदान आदि विषयहरूमाथि ध्यान दिएको बताउनुभयो । उहाँले चीनले बङ्गलादेशसँग छात्रवृत्ति, संयुक्त प्रशिक्षण, डिजिटल शिक्षा आदि क्षेत्रहरूको सहकार्यलाई सबल पार्ने अपेक्षा व्यक्त गर्नुभयो ।
अधिकांश अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास गर्ने, सँगसँगै विकास उपलब्धिको उपभोग गर्ने र वैदेशिक खुलापनको विस्तार गर्ने क्षेत्रमा चीनले अपनाएका कदमहरूको सकारात्मक मूल्याङ्कन गरेका छन् । चीनले विश्व अर्थतन्त्रका लागि सिर्जनशील जीवन्त शक्ति थप्ने र अझ बढी अवसरको सिर्जना गर्ने सन्दर्भमा उनीहरूले विश्वास व्यक्त गरेका छन् ।
बोस्निया हर्जगोभिना चीन मैत्री सङ्घका अध्यक्ष बोरिचका अनुसार, चीनको आर्थिक परिमाण निकै विशाल छ । दुई अधिवेशन अवधिमा सार्वजनिक गरिएको नीतिले चीनको भविष्यको निर्णय गर्ने मात्र नभई पूरै विश्वका लागि महत्वपूर्ण प्रभाव पार्नेछ ।
क्युवा अन्तर्राष्ट्रिय राजनीतिक अनुसन्धान केन्द्रमा अध्ययनरत विद्वान लेगाराडोले चीनले एकातिर आफ्नो हितको संरक्षण गर्नुका साथै अर्कातिर एउटा अझ प्रजातान्त्रिक र निष्पक्ष विश्वको स्थापना गर्न प्रयास गर्नसक्नेछ भन्नुभयो ।
सर्विया बेल्ग्रेड विश्वविद्यालयअन्तर्गत अर्थतन्त्र प्रतिष्ठानका प्राध्यापक मियुस्कोभेजका अनुसार, चालु वर्षका दुई अधिवेशन झनै महत्वपूर्ण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *