सम्पदाको संरक्षण र संवद्र्धन गर्न हामी नै सक्षम हुनुपर्छ
- बैशाख ५, २०८३
नेपाल जलस्रोतमा धनी देश हो । जलस्रोतमा धनी देशको सरकारले पर्याप्त विद्युत् उत्पादन गरेको भए, उत्पादित विद्युत् सस्तोमा उपलब्ध गराएको भए नेपाली जनता ग्यासमा भरपर्नुपर्ने थिएन । नेमकिपाका सांसदहरूले सदन र सडकमा देशमा पर्याप्त विद्युत् उत्पादन गरेर सस्तोमा विद्युत् सेवा प्रवाह गर्न सरकारको बारम्बार ध्यानाकर्षण गरेका थिए । नेपाली जनताले विद्युत्बाटै भान्साको काम चलाउन पाएको भए ग्यासको खासै जरुरी हुने थिएन† जरुरी नै भए पनि कममात्र प्रयोग हुन्थ्यो । केही हप्तादेखि देशमा ग्यासको अभाव भयो । भारतले विश्व बजारबाट आपूर्ति कम भएको कारण देखाउँदै नेपालतर्फको निर्यात परिणाम घटाउन थालेपछि नेपाल आयल निगमले जनताको आवश्यकताअनुसार ग्यास आपूर्ति गर्नसकेन । बजारमा ग्यास अभाव देखिएपछि निगमले शुक्रबारदेखि आधा भरिएको ग्यास सिलिन्डर वितरण सुरु गरेको छ । भारतबाट आयात हुने ग्यास परिणाम घट्न थालेपछि आयल निगमको निर्देशनमा आधा भरिएको ग्यास सिलिन्डर वितरण गरिएको हो ।
संरा अमेरिका र इजरायल मिलेर इरानको तेल खानी र आणविक भण्डारमा आक्रमण गरेसँगै नेपालमा इन्धन र खाद्यान्नको अभाव भएको बुझिएको छ । मध्यपूर्वको युद्ध र खाडी क्षेत्रको अस्थिरताले खाद्यान्नको मूल्यमा पनि वृद्धि भएको छ । यसअघि २०७२ सालमा पनि भारतले नेपाललाई नाकाबन्दी गरेको बेला ग्यासको हाहाकार भएको थियो । ग्यास आपूर्ति गर्न पछि आयल निगमले आधा भरिएको ग्यास वितरण गरेको थियो । ग्यास अभाव भएसँगै यसले नेपाली उपभोक्तामा असर परेको छ । यसबारे फागुन २९ गते प्रकाशित विभिन्न पत्रपत्रिकाहरूमा ‘आजबाट आधा ग्यास भरिएको सिलिन्डर’, ‘खाद्यान्न, इन्धनको अभाव र बजारको अस्थिरता’, ‘ग्यास लिन घण्टौँ लाइनमा’, ‘अभाव हटाउन आजदेखि आधा सिलिन्डर’, ‘मौका छोप्दै सिमेन्ट र पाइपमा ४० प्रतिशतसम्म वृद्धि’ जस्ता शीर्षकका समाचारहरू छापिए ।
मागअनुसार खाना पकाउने ग्यास नपाएपछि उपभोक्ताहरू ग्यास लिन घण्टौँ लाइनमा बसे । कति पसलमा त हप्तादिनदेखि नै ग्यास छैन भनेर बिक्री नै गरिएन । बिक्रेताले मागको आधारमा ग्यास दिन सकेन । उनीहरूले खाली ग्यास सिलिन्डर लिएर क्यूमा राखे । एकातिर इन्डियन आयल कर्पोरेसनले नियमितरूपमा ग्यास आयात भइरहेको जनाएको छ भने अर्कोतिर ग्यास नै छैन भनी सिलिन्डर बिक्री गरिएको छैन । आधा भरिएको सिलिन्डर बिक्री गर्न थालेपछि उपभोक्ताहरू ग्यास लिन घण्टौँ लाइनमा बस्न बाध्य भए । कति उपभोक्ताले लाइन बसेर पनि ग्यास पाएनन् । बजारमा चर्चा भएअनुसार कतिले निगमको व्यवस्थापकीय कमजोरीले ग्यास अभाव भएको बताए भने कतिले उपभोक्ताले ग्यास स्टक राखेको बताए ।
अमेरिका–इजरायल र इरानको युद्धले विश्व बजारमा तेल (पेट्रोलियम पदार्थ) को मूल्य बढेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धलाई अन्तिम निष्कर्षसम्म पु¥याउने उद्घोष गरेपछि इरानले मध्यपूर्वका ऊर्जा पूर्वाधार लक्षित प्रत्याक्रमण तीव्र पारेको छ । ग्यास सिलिन्डर साँच्चै लुकाएर अभाव भएको हो कि होइन भन्नेबारे सरकारले बोलेको छैन । सिमेन्ट र पाइपमा किन अधिक मूल्यवृद्धि भयो भन्नेबारे सरकारले छानबिन गर्नुपर्ने हो । नेपालका प्रमुख खाद्य उद्योगहरूले वर्तमानमा खाद्य सामग्रीको मूल्य स्थिर राख्न कठिनाइ भइरहेको बताएका छन् । यसबारे अन्तरिम सरकार मौन छ । सरकारले जनतामा परेको त्यो मर्काबारे न विकल्प सोचेको छ न त समस्या समाधान गर्ने उपाय खोजेको छ ।
शासकहरू विदेशीको भरमा बसे । विदेशीले सहयोग गरिरहेकै छ भनी सरकारले देशको स्रोत र साधन उपयोग गरी आधारभूत आवश्यकता पूर्ति गर्नेतर्फ नलाग्दा देशले बेलाबखत अभावको सामना गर्नुपरेको हो । देशलाई आत्मनिर्भर बनाउनेतर्फ सरकारको ध्यान कहिल्यै पुगेन । सरकारको गैरजिम्मेवारी या अदूरदर्शिताको कारण देशमा कहिले आर्थिक सङ्कट, कहिले खाद्यान्न अभाव, कहिले पेट्रोलियम पदार्थको हाहाकार भइरह्यो । प्राकृतिक प्रकोप, भूकम्प, बाढी पहिरो, हुरी बतास, रोगको प्रकोप आदि घटनाले पनि नेपाली जनता मारमा परे । निर्यातभन्दा आयात बढ्यो; व्यापार घाटा भयो । शासकहरू इमानदार, देशभक्त र दूरदर्शी नहुनाको कारण नेपाली जनताले बेथिति भोगे, समस्या भोगे, विकासमा अघि बढ्नुपर्नेमा झन्झन् पछि प¥यो । सरकारले ध्यान नपु¥याएको कारण यो समस्या देखिएको हो । यसबारे शासकहरू गम्भीर हुनुपर्छ ।
Leave a Reply