भर्खरै :

आफ्नै पौरखमा गौरव हुने

  • कार्तिक ४, २०८३
  • सिम्रिक
  • विचार
आफ्नै पौरखमा गौरव हुने

वि.सं. २०७२ सालमा देशमा गोर्खाको बारपाख केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गयो । यसले देशमा ठुलो जनधनको क्षति भयो । त्यसबाट थुप्रै सांस्कृतिक धरोहरहरू पनि ध्वस्त भए । त्यसलाइृ पुनः ठड्याउन सरकारले विश्वमा हारगुहार माग्यो । विदेशी मित्र राष्ट्रहरू, तिनका विभिन्न निकाय, एनजीओ तथा आईएनजीओमार्फत सहयोग गरे । आलोपालो गरेर सरकारमा पुगेका शासन दलहरूले आफ्नै पौरखमा ती धरोहरहरू पुनः ठड्याउने आँट गर्न सकेनन् । त्यसैले, विदेशीसँग गुहारे । उनीहरूमा आफू इमानदार भएर जनताको साथ र सहयोग लिएर ती सम्पदा पुनः ठड्याउने सोच, सामथ्र्य थिएन । विकास निर्माण गर्ने नाममा भिक्षा पात्र थप्ने प्रवृत्ति थियो । उनीहरू सित्तैमा दिएपछि जे पनि आँखा चिम्लेर लिने गरेको सबैले देख्दै आएका कुरा हुन् ।
नेपाललाई विश्वमा चिनाउने भनेको यहाँका सांस्कृतिक धरोहरहरू हुन् । विदेशी राष्ट्र प्रमुख, सरकार प्रमुखलगायतका महामहिम पाहुनाहरूलाई गर्वका साथ नेपाल भनेर अवलोकन गराउने, घुमाउने, चिनाउने यी नै धरोहरहरू हुन् । अग्ला अग्ला कङ्क्रिट, फलाम, स्टिल र आल्मुनियमका आकाश छुने टावर र भवनहरू त उनीहरूका देशमा कति छन् कति ¤ ती पुर्खाले सुम्पेका धरोहरहरू हेर्न हजारौँ लाखौँ डलर खर्चेर विदेशी पर्यटक नेपाल आउँछन् । त्यस्तै, ती सम्पदाको अध्ययन तथा अनुसन्धान गर्न विद्यार्थी, प्राध्यापक, अनुसन्धानदाता र वैज्ञानिकहरू पनि नेपाल आउँछन् । उनीहरू ती धरोहरहरू हेर्दै अचम्म हुन्छन् । उनीहरू ती अवलोकन गर्दै मन्त्रमुग्ध हुन्छन् र आफूलाई र आफ्नो देशलाई नै बिर्सन्छन् । तर, दुःखको कुरा पुर्खाले आफ्नै खुट्टामा उभेर सिर्जेका ती धरोहरहरूलाई ३०÷३५ वर्षसम्म सत्तामा बसेर देश र जनतामाथि रजाइँ गरेका सरकारहरूले आफ्नै पौरखमा बनाउनु त के मर्मतसम्म गर्न सकेनन् । यो देशको लागि लज्जा र दुर्भाग्य हो ।
सरकारले ती भूकम्पले नष्ट भएका सांस्कृतिक सम्पदा बनाउनको लागि सहयोगको आह्वान गरेपछि अमेरिका, चीन, जापान, जर्मनी, भारतलगायतका देशहरूले सहयोग गरे । तर, कुन–कुन देशसँग कुन कुन सर्तमा सहयोग गरे भनेर बाहिर आएको छैन । विदेशीको सहयोगमा सम्पदाहरू पुनः ठड्याए । ती सम्पदाहरूमा विदेशी या ती देशहरूको झन्डा राखे । पुर्खाले आफ्नै खुट्टामा उभेर निर्माण गरेर सुम्पेको धरोहरहरूसमेत मर्मत गर्न नसक्दा, विदेशीको भरपर्दा, अरु देशको झन्डा भित्तामा देखेपछि देशभक्त नेपाली जनताको शिर निहुरिने नै भयो । ती सम्पदाहरूमध्ये कुनै अमेरिका, कुनै जापान, कुनै जर्मनी, कुनै भारत र कुनैमा चीनलगायतका देशहरूको झन्डा देख्दा देशभक्त नेपाली जनताको स्वाभिमान र गौरवमा ठेस लाग्ने नै भयो । यूनेस्कोमा सूचीकृत चाँगुनारायण मन्दिर जाने मूल बाटामै पर्यटक सूचना केन्द्र रहेको पाटी पनि जापान सरकारले बनाइदिएको देखिन्छ । पाटीमा जापानको झन्डा टाँसेकोले त्यसलाई अझ प्रस्ट पार्छ ।
के पुर्खाले आफ्नै खुट्टामा उभेर, आफ्नै पौरखमा बनाएर नासोको रूपमा छोडेर गएको सम्पदा पनि हामीले मर्मत गर्न नसक्ने भयौँ ? के ती सम्पदा हामीले संरक्षण गर्न नसक्ने अवस्थामा पुग्यो ? सरकारहरूले ३० औँ खर्ब ऋण देशका जनतामा थापिसकेका छन् । अझै थप्ने क्रम जारी छ । सरकार, दल र जनता कहिले सचेत हुने ? के हाम्रो देशलाई शासकहरूले ऋणमा डुबाउने वा बन्धक राख्ने त होइन ? के नेपाललाई कतै युक्रेन र सिक्किम बनाउन लागेका होइनन् ? यो एकातिर गम्भीर विषय हो भने अर्काेतिर लाजको विषय हो । सरकार, दल, शासक, प्रधानमन्त्री, मन्त्री, मुख्य मन्त्री, सांसदहरू अझै चेतेका छैनन् । उनीहरूको विचार र आचरणमा पटक्कै परिवर्तन आएको छैन । माग्नेले बिनासङ्कोच मागेजस्तै शासकहरू पनि त्यस्तै भिक्षापत्र बोकेर हिँडेका छन् । विदेशीसित सहयोग माग्दा वा लिँदा हाम्रा पुर्खाको देशभिक्त विचार सम्झिन किन सकेन ? हाम्रा पुर्खाहरूले सक्ने अनि हामीले किन सकेनौँ ? भिक्षा पात्रेहरूले भन्लान्, “आजको समय हिजोको पुर्खाको बेलाको जस्तो होइन । समय धेरै अगाडि बढिसकेको छ । हाम्रोजस्तो सानो र गरिब देशले के गर्न सक्छ र ?” यदि त्यसो हो भने हाम्रै पुर्खाको विचार, सिप, कला, त्याग र इमानदारितालाई हेरौँ । आफ्नो देशको लागि चाहिने सबै यहीँ पाइन्छ । त्यस्तै, क्युवा, उत्तर कोरिया र सिङ्गापुर पनि भौगोलिक हिसाबले सानो छ । हामी ती धरोहर ठड्याउने देशलाई आत्मनिर्भर बनाउने पुर्खाका सन्तान नै हौँ । हामीसँग सीप, कला, विचार, अनुभवी अग्रज र आँट भएका नेपाली दाजुभाइ र दिदीबहिनीहरू छन् । किन शासक दल वा सरकारले उनीहरूलाई चिनेनन् ? किन आफ्नै पुर्खाको देशको माटोलाई चिनेनन् ? देश बनाउने युवाहरूलाई किन विदेश जान बाध्य पारियो ? किन विदेशीसँग भिक्षापात्र थप्ने काम मात्र गरे ? कहिले सबै सचेत हुने ? यी प्रश्नमाथि सोच्नु आवश्यक छ ।
त्यसो त भक्तपुरवासी अनि स्थानीय सरकार (भक्तपुर नगरपालिका) सचेत छ । भक्तपुरवासीमा यी सांस्कृतिक सम्पदा ठड्याएका वा बनाएका पुर्खाको रगत बगिरहेका छन् । त्यसैले, २०७२ सालमा भूकम्पले ध्वस्त भएका सम्पदा भक्तपुरका जनता र स्थानीय सरकार एक ढिक्का भएर पुनः जस्ताको तस्तै ठड्याए । उनीहरू अरु या विदेशीसँग भर पर्दैनन् । भिक्षा माग्ने काम गर्दैनन् । आफ्नै मेहनत र पौरखमा विश्वास गर्छन् । सबै सम्पदाहरू स्थानीय जनताको उपभोक्ता समितिमार्फत श्रमदान गरेर पुनर्निर्माण गरे ।
भक्तपुर नपाले यसरी जनताको साथ र सहयोगमा पाँचतले मन्दिर (ङातापोल्हँ), भैरव मन्दिर, नृत्य वत्सला मन्दिर, पचपन्न झ्याले दरबारलगायतका करिब १८५ वटा सम्पदाहरू पुरानै शैलीमा निर्माण गरेका छन् । दरबार क्षेत्रको थन्थु दरबार, तचपालको सलाँ गणेश मन्दिर परिसरको पोखरीलगायतका सम्पदाहरूको द्रुतगतिमा कार्य भइरहेका छन् । मुख्य बजार र त्यससँग जोडिएका, नजोडिएका गल्लीभित्रका बाटोमा ढुङ्गा छपाई र सरसफाइ बेजोड छ । यो सफाइ मजदुर तथा जनताको सहयोगी र सभ्य भावनाको प्रतीक हो, परिणाम हो ।
देश जलाउने र विदेशीले पालेकाहरूलाई पनि त्यस्तै जिताएर पठाए । भारतले सिट्टै सहयोग गरेर सिक्किम कब्जा गरे । अमेरिका र पश्चिमी देशहरूले सित्तैमा सहयोग गरेर जेलेन्स्कीलाई रुससँग भिडाइँदै छ । युक्रेनलाई खरानी बनाउँदै छ । बेलायतले भारतलाई उपनिवेश बनाएको सबैले सुन्दै आएको कुरा हो ।
शैक्षिक संस्थाहरूले पनि त्यस्तै सित्तैमा विदेशीको सहयोग लिए । विद्यार्थीलाई समेत सङ्लो पानी पिउन, पिलाउने बहानामा फिल्टरलगायतका सामान सित्तैमा सहयोग गरे । त्यसबापत शैक्षिक संस्थाहरूमा अमेरिकी सैनिकहरूले सैनिक पोशाकमा साङ्गितिक सैनिक परेड गरे । त्यसले देशमाथि अमेरिकी सैनिक हस्तक्षेप भयो भनेर देशभरबाट विरोध भयो । यस्तै सहयोगमा हिमाली क्षेत्रमा सैनिक क्याम्प खडा गर्न अमेरिका दाउ खोज्दै छ भन्ने समाचार बरोबार बाहिरिन्छ । त्यसैले, कसैले सहयोग दिँदा कुनै सर्त राख्नु अघि सोच्नु आवश्यक छ । नत्र भने फसाइन्छ, फसिन्छ । शासक दलका नेताहरू अमेरिकी आदेश र धम्कीका कारण देशले एमसीसी व्यहोर्दै छ । यसरी स्वार्थ लुकेको सहयोगले देशलाई बन्धक, पराधीन र उपनिवेश बनाउनुभन्दा गरिबी र अभाव सृजना गर्छ । भक्तपुरका जनताले आफ्नै पौरख र मेहनतले धरोहरहरू पुनर्निर्माण गरेर उदाहरणीय साबित गरेको छ । त्यस गौरव र स्वाभिमानको चर्चा स्वदेश र विदेशमा हुँदा गर्वको महसुस हुन्छ ।
यो गर्वको अनुभूति हिजो हाम्रा पुर्खाले गरे भने आज भक्तपुर नगरपालिकाले हामीलाई गराएको छ । भक्तपुर नपाले भूकम्पले ध्वस्त पारेका सम्पदा बनाउन जर्मन सरकारले गरेको १ अर्ब २० करोड रूपैयाँ सहयोग अस्वीकार ग¥यो । त्यस्ता सहयोगको पछाडि देशघाती शर्तहरू लुकेको हुन्छ । भक्तपुर नपाले त्यहाँका सम्पदाहरू पुरानै शैलीमा निर्माण गरे । सहयोगमा देशघाती शर्तहरू भए तापनि सरकारले त्यसलाई आँखा चिम्लेर स्वीकार्न दबाब दिए पनि स्थानीय सरकारले त्यसलाई ठाडै अस्वीकार गरे । भक्तपुर नपाले ती सम्पदालाई भक्तपुरकै जनताको साथ र सहयोगमा कम खर्चमा बनाए । नपाको त्यो स्वाभिमान, गौरव, देशभक्ति भावना र विचार सधैँ जाज्वल्यमान रहनेछ । यसले सरकार, दल, नेता र जनतालाई देशको हितमा काम गर्न सधैँ खबरदारी र सचेत गराइरहनेछ ।
अन्तमा, पुर्खाले हिजो जस्तोसुकै गरिबी, अभाव, दुःख र समय भोग्नुपरे तापनि आफ्नै बलबुत्ता, पौरख र मेहनतमा बनाए । २०७२ सालको भूकम्पले ध्वस्त पारेको सम्पदा भक्तपुरवासी र स्थानीय सरकारले बनाए र बनाउँदै छन् । त्यसमा नेपाली जनता र देशलाई गौरव लाग्नु स्वाभाविक हो । यसलाई अरु स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले पनि अनुसरण गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *