भर्खरै :

निष्ठाको मार्ग

निष्ठाको मार्ग

संसारलाई केवल स्वार्थको धर्मशाला मान्ने यो समयमा,
नेमकिपाले ‘समाजसेवा’ को एउटा स्थायी पाठशाला बनायो ।
जहाँ पद र पैसाको घमण्ड चिहानमा खरानी हुनुअघि नै,
जनताको मुक्तिका लागि एउटा अटल विश्वास जगायो ।
भ्रष्टाचारको उद्योगले देशको जग खियाइरहेका बेला,
त्यहाँ एउटा दल छ, जो अध्ययन र श्रमको गीत गाउँछ ।
सत्ताको रक्सीले मात्तिएर राष्ट्रियता भुल्नेहरूका माझ,
उसले स्वाधीनताको मशाल बोकी, नयाँ बाटो देखाउँछ ।
लोभको रित्तो भाँडो भर्न दौडिनेहरूको भिडमा,
ऊ ‘देशभक्ति’ को एउटा भरिएको कलशजस्तै छ ।
चिन्ताको चित्तामा जनतालाई जलाउने राजनीति होइन,
बरु चेतनाको उज्यालो छर्ने, एउटा सचेत थलोजस्तै छ ।
राजनीतिलाई जब स्वार्थको रोग बनाइन्छ समाजमा,
नेमकिपाले त्यसको ‘बौद्धिक उपचार’ को कुरा गर्छ ।
नदीनाला र सिमानाको रक्षा मात्र होइन यहाँ,
मजदुर र किसानको अधिकारको, उसले वकालत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *