भर्खरै :

ब्रह्मायणी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम

ब्रह्मायणी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम

भक्तपुर, २ कार्तिक । दसैँमा मेला लाग्ने प्रमुख धार्मिक स्थल ब्रह्मायणी मन्दिर परिसर तथा खोलामा सोमबार बिहान सरसफाइ कार्य सम्पन्न भयो ।
भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आह्वानमा स्थानीय युवा, महिला, अग्रज, नेपाल स्काउट, विद्यालय, कलेज तथा टीम क्लवका पदाधिकारीहरूको व्यापक उपस्थितिमा भएको थियो ।
नवमीको दिन नवदुर्गा द्योछेँदेखि खँम्ये ल्याउने क्रममा खोलामा बाटो निर्माण गरी संग्लो बगाउने व्यवस्था मिलाइएको थियो ।
सरसफाइ कार्यमा सहभागी सबैलाई धन्यवाद दिँदै वडाध्यक्ष रवीन्द्र ज्याख्वले खँम्ये जात्रालाई सभ्य, अनुशासित र सुरक्षित रूपमा अगाडि बढाउन तथा सामाजिक सद्भावका साथ जात्रा सम्पन्न गर्न सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
आस्थाको केन्द्र बनेको ब्रह्मायणी मन्दिरमा हुने जात्रा व्यवस्थापनका लागि स्वयंसेवक बन्नुहुने स्थानीय युवा तथा नेपाल स्काउटलाई उहाँले वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका स्थानीय स्काउट कार्यालयका आयुक्त बालकृष्ण बनमालाले दसैँको अवधिमा सबै शक्तिपीठमा जात्रा व्यवस्थापन कार्यमा स्काउटका साथीहरूले स्वयंसेवक भई काम गरिरहेको जानकारी दिँदै ब्रह्मायणी मन्दिरमा नवमी र दशमीको दिनमा हुने जात्रामा पनि साथीहरू उत्साहपूर्वक लागिपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *