नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ३० फागुन । भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले एभरेस्ट भक्तपुर स्कूलको १६ औँ ‘ओपन डे’ कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरलाई आदर्श समाज निर्माणतर्फ लग्दै गरेको बताउनुभयो ।
उहाँले आदर्श समाज निर्माणको मूल आधार शिक्षा भएकोले नगरपालिकाले सात वटा कलेजहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
जन्मदेखि मृत्युसम्मको सबै संस्कारमा जनतासँग सहयोग लिने र दिने काम गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भक्तपुरलाई ज्ञान विज्ञानको सहरको रूपमा विकास गर्ने योजना रहेको पनि बताउनुभयो ।
भक्तपुर नगरपालिका–२ मिबाछेँस्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक–प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष भक्त राजभण्डारी रहनुभएको थियो । विशेष अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र एभरेस्ट जन्मदिन कोषका सद्भावनादूत डा. तोयानाथ खनाल हुनुहुन्थ्यो ।
संस्थापक प्रिन्सिपल राजभण्डारीका अनुसार वि.सं. २०६६ सालमा स्थापना गरिएको एभरेस्ट जन्मदिन कोषमार्फत हालसम्म देशका ३२ जिल्लाका ३५ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना तथा विस्तारको लागि सहयोग पु¥याइएको छ ।
कार्यक्रममा प्लेग्रुपदेखि कक्षा ३ सम्म अध्ययनरत ४४१ जना विद्यार्थीले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए ।
Leave a Reply