भर्खरै :

देशलाई माया गर्ने देशभक्त नागरिक उत्पादन गर्नुपर्नेमा जोड

देशलाई माया गर्ने देशभक्त नागरिक उत्पादन गर्नुपर्नेमा जोड

काठमाडौँ, १ चैत । काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ७ मा अवस्थित महालक्ष्मी इङ्ग्लिस हाइस्कूलले आफ्नो स्थापनाको ३३ औँ वार्षिक उत्सव तथा १३ औँ अभिभावक दिवस शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले शिक्षा क्षेत्रमा विद्यालयले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै देशमा भएको प्राकृतिक स्रोत र साधनको उपयोग गर्न नसकेको कारण आज नेपालीहरूले ग्यास अभावको समस्या झेलिरहनुपरेको बताउनुभयो । उहाँले देशमा भएको जलस्रोतको उपयोग गर्न सकेको भए खाना पकाउने ग्यास, सवारी साधनमा आवश्यक पर्ने इन्धन कुनै कुराको अभाव नहुने बताउनुभयो ।
विद्युतीय गाडीहरू उपयोग गर्न सकेमा एकातिर इन्धनमा खर्च हुने पैसा बचत हुने र अर्कोतिर वातावरण सुरक्षित रहने उल्लेख गर्दै उहाँले देशको माटो चिन्न सक्ने देशभक्त नागरिकको आवश्यकता परेको हुँदा विद्यालयले देशलाई माया गर्ने देशभक्त नागरिक उत्पादन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष महाश्रम शर्माले जीवनलाई मूल्यवान बनाउन, समाज परिवर्तन गर्न र नेतृत्व विकास गर्न विद्यालय शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् विद्यालयका संस्थापक सनकमान महर्जनले विद्यालयमा आयोजना गरिने अभिभावक दिवस र सांस्कृतिक कार्यक्रम विद्यालयको उन्नति, प्रगति तथा भविष्यका कार्ययोजनाहरू तय गर्ने, विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वहरूका साथै अभिभावकहरूको सल्लाह, सुझाव सङ्कलन गर्ने महत्वपूर्ण उत्सव पनि भएको बताउनुभयो ।
विद्यालयका प्राचार्य विकास डंगोलले विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको विभिन्न ओहोदामा रहेर काम गर्न सफल भएकोमा विद्यालय परिवार गौरवान्वित भएको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयका प्राचार्यहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सल्लाहकारहरू, साहित्यकार, विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावक, पूर्वविद्यार्थीलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यालयमा १० वर्षभन्दा बढी सेवा गरेका शिक्षकहरूलाई दीर्घ सेवा पदकद्वारा सम्मान गरिनुका साथै २०८२ सालको ल्भ्द्य द्वारा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी भई उत्तीर्ण हुन सफल विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी अतिथिहरूलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *