वाग्मती प्रदेश मुख्यमन्त्री बानियाँ भक्तपुर भ्रमणमा
- बैशाख ४, २०८३
सुर्खेत, ३ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जिल्ला समिति सुर्खेतको आयोजनामा ‘बलात्कार र हत्याजस्ता जघन्य अपराध गर्ने अपराधीलाई फाँसी दिनुपर्ने र पीडितले समयमै न्याय पाउनुपर्ने’ मागसहित ¥याली, चोक सभा र ज्ञापनपत्र बुझाउने कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति सुर्खेतका उपाध्यक्ष जानकी सुनारले अब बन्ने शक्तिशाली सरकारले बलात्कार र हत्याजस्तो जघन्य अपराधमा संलग्नलाई फाँसी दिने कानुन बनाउनुपर्ने माग गर्नुभयो ।
नेक्रामसङ्घ जिल्ला समिति सुर्खेतका सचिव कल्पना शाहले “निर्दोष नफसोस्, दोषी नउम्कियोस्” भन्ने कुरालाई ध्यानमा राखी राजनीतिक दबाब र बाहिरी प्रभावमा नपरी अनुसन्धान हुनुपर्ने माग राख्दै दोषीलाई छोड्न नहुने बताउनुभयो ।
नेक्रायुसङ्घ सुर्खेतका सदस्य छत्रीका वि.क.ले उक्त आपराधिक घटनाप्रति दुःख व्यक्त गर्दै बलात्कार र हत्याजस्तो जघन्य अपराधको विरोध एवम् भत्र्सना गर्दै सचेत नागरिकले पीडितको पक्षमा आवाज उठाउनुपर्ने कुरा राख्नुभयो ।
नेक्राविसङ्घ सुर्खेतका सदस्य रमा गिरीले महिलाहरू यस्ता घटनाबाट बच्न चनाखो बन्नुपर्ने र सचेत नागरिक र सभ्य समाज हामी आफैले बनाउनुपर्ने कुरा राख्नुभयो ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतमा नेक्राविसङ्घ जिल्ला समिति सुर्खेतका अध्यक्ष महेन्द्र सिजापति र सचिव शर्मिला वि.क.ले इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न र कसैको दबाबमा नबस्न आग्रह गर्दै सम्बन्धित निकाय प्रमुखलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ स्थित सहिद पार्क नजिकै जनजागरण सामुदायिक वनमा फागुन २३ गते शनिबार इनिशा वि.क.को बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको थियो ।
Leave a Reply