नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ६ चैत । भक्तपुर नगरपालिका वडा नं. २ खौमास्थित ऐतिहासिक एवम् पुरातात्विक इन्द्रायणी द्योछेँ पुनःनिर्माण कार्य सम्पन्न भई शुक्रबार परम्परागत विधिअनुसार लुखा पूजा, धुरी पूजा र अन्य पूजाहरू सम्पन्न भयो ।
समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत जनताको साथ र सहयोगमा पुनःनिर्माण भएको इन्द्रायणी द्योछेँप्रति स्थानीय जनताको अपनत्व रहने विश्वास व्यक्त गर्नुभयो ।
विदेशीको सहयोगबिना स्थानीय श्रम र साधनको उपयोग गरी यहाँका सम्पदा पुनःनिर्माण हुनसक्ने उदाहरण पनि यसले दिएको प्रस्ट पार्दै उहाँले द्योछेँ पुनःनिर्माण कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभयो ।
इन्द्रायणी द्योछेँ पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायले उपभोक्ता समितिमार्फत ३ करोड बराबरको लागतमा इन्द्रायणी द्योछेँ पुनःनिर्माण कार्य सम्पन्न भएको र विभिन्न सङ्घ, संस्था गुठीलगायत स्थानीयबाट रु. ५२ लाख बराबरको आर्थिक सहयोग सङ्कलन हुनुका साथै द्योछेँ पुनःनिर्माणको क्रममा सयौँ स्थानीयले जनश्रमदानसमेत गरेको जानकारी गराउनुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको बजेटमा निर्माण भएको द्योछेँ पुनःनिर्माणका सिकर्मी र डकर्मीलाई सम्मान गर्नुभएको थियो ।
Leave a Reply