नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ७ चैत । भक्तपुर नगरपालिका वडा नं. ९ स्थित तुमचो दुगुरे चोखा आवास क्षेत्रका स्थानीय जनताबिच त्यस क्षेत्रमा उपभोक्ता समितिमार्फत खानेपानी वितरण भइरहेको सम्बन्धमा शनिबार छलफल कार्यक्रम भयो ।
तुमचो दुगुरे चोखा आवास क्षेत्र खानेपानी उपभोक्ता समितिको आयोजनामा सम्पन्न उक्त भेलामा नगर प्रमुख सुनिल प्रजापतिले नगरवासीहरूलाई समान ढङ्गबाट खानेपानी वितरण कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखी काठमाडाँै उपत्यका खानेपानी लिमिटेड र अन्य सरोकारवालाहरूसँग छलफल गरिरहेको बताउनुभयो ।
खानेपानीको स्रोत व्यवस्थापन, ट्याङ्की तथा प्रशोधन केन्द्र निर्माण र वितरण प्रणालीमा नगरपालिकाको बजेट उपयोग गरेर केयूकेएललाई सहयोग गरिरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले स्थानीय जनताको साथ र सहयोगले खानेपानीको पाइप विस्तार तथा सुधार गरिरहेको बताउनुभयो ।
भेलामा वडाध्यक्ष एवम् खानेपानी उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले आवास क्षेत्रमा हालसम्म ४८८ वटा धारा वितरण गरेको र बस्ती विकाससँगै खानेपानीको बढ्दो मागअनुसार आपूर्तिको बन्दोबस्त गर्न केयूकेएल भक्तपुर वितरण शाखासँग छलफल भइरहेको बताउनुभयो ।
उपभोक्ता समितिका उपाध्यक्ष कृष्णभक्त लवजुले समितिमार्फत आप्mनै पूर्वाधार निर्माण गरी खानेपानी वितरण गर्दा स्थानीय जनतालाई राहत पुगेको उल्लेख गर्दै हाल डिप बोरिङबाट पानी उत्पादनमा कमी आउँदा केही समस्या उत्पन्न भएको बताउनुभयो ।
कार्यपालिका सदस्य तथा खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष छोरीमैयाँ सुजखूले पानीको उपलब्धतामा कमी आउँदा जनगुनासो बढ्नु स्वाभाविक भएको चर्चा गर्दै उपभोक्ता समिति र नगरपालिकामार्फत खानेपानी समस्या समाधानका लागि भइरहेको पहलबारे जानकारी दिनुभयो ।
स्थानीय जगन्नाथ प्रजापतिले खानेपानीको थप स्रोत व्यवस्थापन गर्ने तथा वितरण प्रणालीमा सुधार गर्ने विषयमा स्थानीय उपभोक्ताहरूसँग व्यापक छलफल गरेर आएको सुझावअनुसार उपभोक्ता समितिले निर्णय गर्दा सबैले स्वामित्व ग्रहण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भेलामा स्थानीय उपभोक्ताहरूको प्रतिनिधित्व गर्दै पुष्पनारायण श्रेष्ठ, उद्धव दाहाल, विष्णुकुमार प्रजापति, सतिश प्रजापति, धर्मलक्ष्मी लघुलगायतले तुमचो दुगुरे चोखा आवास क्षेत्रमा मेलम्चीको पानी वितरण गर्नका लागि केयूकेएलसँग समन्वय गर्नुपर्ने, पानीको स्रोत व्यवस्थापनमा जोड दिनुपर्ने, खानेपानी शुद्धीकरण प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने जस्ता रचनात्मक सुझावहरू पेस गर्नुभयो । खानेपानी अभावको समयमा उपभोक्ता समितिमार्फत डिप बोरिङ गरी स्थानीय जनतालाई वितरण गरिएकोमा उपभोक्ताहरूले धन्यवाद ज्ञापन गर्नुभयो ।
Leave a Reply