क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
नेपालीहरू विभिन्न जातजाति, भाषाभाषी, धर्म, क्षेत्र र वर्गमा विभाजित छन् । ती विभिन्न विषयका अध्येता र पेसामा पनि छन् । तर, रेडियो, टीभी र पत्रपत्रिकामा छापिएका बुद्धिजीवीहरूको अन्तर्वार्ताहरू हेर्दा र पढ्दा कहिलेकाहीँ पढे–लेखेका भनिएका व्यक्ति र समुदायको ६–७ पुस्तापछि पनि पश्चिमी देशहरूको बारे भ्रम कायम रहेको अनुभव हुन्छ । यसकारण, एक प्रकारको दुःख र पीडा अनुभव हुनु सामान्य विषय हो ।
बेलायती गोर्खा सेनामा काम गर्ने केही जातजाति, भाषाभाषी र क्षेत्रका नेपाली जनता बेलायतलाई ‘हामीलाई पालन गर्ने देश’ वा ‘मालिक देशको’ रूपमा लिन्छन् । तर, त्यही क्षेत्रका सचेत नेपाली जनता गोर्खालीहरूलाई ‘बेलायती साम्राज्य विस्तार’ गर्न प्रयोग गरिएको वा भाडाको सिपाहीँ बनाइरहेकोमा असन्तुष्ट छन् ।
त्यस्तै, भारतीय गोर्खा सेनामा सेवा गरेका नेपालीका परिवारहरू ‘आफ्नो रोजगारी र परिवार पालनपोषण’ को आधार पाएको ठान्छन् । तर, सचेत नेपालीहरू भारतीय विस्तारवादले नेपालकै भूमि ७२–७३ स्थानमा मिचेको, सुस्ता, ‘कालापानी–लिम्पियाधुरा र लिपुलेक’ माथिको थिचोमिचो एवम् नेपालको भूमिमा भारतले तिब्बत जाने सडक बनाएकोमा असन्तुष्ट छन् ।
त्यस्तै, संरा अमेरिकामा काम पाएका, त्यस देशमा अध्ययन गरेका तथा आफ्ना छोरा–छोरी त्यहाँ बसेका केही नेपालीहरू संरा अमेरिकाको अन्य देशमा हमला गर्ने साम्राज्यवादी चरित्रबारे ‘ठुला देश सबै त्यस्तै हुन्’ भनी त्यसको निन्दा गर्न पछि हट्छन् । उनीहरू आफ्नो देशलाई ५०–६० वर्ष पहिलेदेखि सहयोग गर्ने देशको रूपमा अमेरिकालाई लिन्छन् । ती कोरिया, भियतनाम, इराक, लिबिया, सिरिया, अफगानिस्तानमा अमेरिकाले गरेको अपराधबारे मौन रहन्छन् र ‘त्यो त तिनीहरूको कुरा हो’ भनी पन्छिन खोज्छन ।
ती देशहरूमा अमेरिका अचानक ‘टुरिस्ट’ पसेजस्तो पसेको होइन बरु ‘मित्र’ भएर सहयोग को नाममै पसेको हो । पछि ती देशका जातजाति, भाषाभाषी धर्म र सम्प्रदाय, क्षेत्र वा अनेक भित्री झगडा तथा इमेल पत्ता लगाएपछि संरा अमेरिकाले ‘मित्रता’ कै नाममा ती देशका जनतालाई भित्रभित्र मनमुटाव र झगडाको ‘आगोमा घिउ हाल्दै’ सशस्त्र भिडन्तमा पु¥यायो । त्यसले सरकार र विद्रोही दुवैलाई गुप्तरूपले हातहतियारको सहयोग गर्दै नसुल्झिने गरी भिडाउँदै गयो । पछि, दुवैतिर हतियारको व्यापार गरेर ती देशहरूलाई धुजाधुजा बनायो ।
दुई सय वर्षदेखि संरा अमेरिकाले विभिन्न देशमा मित्रताको व्यापार सँगसँगै ती देशमाथि प्रभुत्व कायम गर्दै कब्जा
ग¥यो । यसबारे हाम्रा बुद्धिजीवीहरू जानीबुझीकन ‘थाहा नपाएको’ स्वाङ गर्छन् वा आफ्नो सानो व्यक्तिगत हितको कारण केही बोल्न नचाहेका हुन् । त्यस्तै, केही बुद्धिजीवीहरू हाकाहाकी संरा अमेरिकाको हजार अपराधलाई समेत बुझ पचाएर अमेरिकी साम्राज्यवादको ‘युद्धको व्यापार’ को समर्थन गर्छन् । त्यस्ता नेपालीलाई हामीले प्रस्ट भाषामा खण्डन र निन्दा गर्नु आवश्यक छ ।
त्यसो त बेलायती साम्राज्यवादले अमेरिकामा शासन गरेको बेला अमेरिकी स्वतन्त्रता आन्दोलनको विरोधमा बेलायतको पक्ष लिनेहरू पनि थिए । अमेरिकी जनताले स्वतन्त्रता पाएपछि हजारौँ बेलायती साम्राज्यवादका एजेन्ट (दलाल) र पिठूहरूलाई तिरस्कार गरेका थिए र ती विश्वासघातीहरूलाई बेलायत फर्कन बाध्य पारेका थिए ।
आज बेलायत अमेरिकी साम्राज्यवादको ‘सानो पार्टनर’ वा हिस्सेदार ‘पिठ्ठू’ र ‘पुच्छर’ हो भन्नेबारे सारा सचेत युरोपेली जनता स्वीकार्छन् । दक्षिण कोरिया, फिलिपाइन्स र अन्य दक्षिण एसियाली देशहरूमा अमेरिकी सेना र पुँजीको लगानी छ । जापानको आजको संविधान दोस्रो विश्वयुद्धमा हारेपछि अमेरिकाले नै बनाइदिएको हो । त्यहाँ पनि अमेरिकी सेना छ । भारतको विशाखापटनममा पनि अमेरिकी जलसेना छ । हिटलर र मुसोलिनीको पुस्तकको पूजा गर्ने पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पका मित्र भारतका प्रम मोदी र उनको सरकारको नीति फासीवादी नै भएकोले भारतीय जनताको विरोध बढ्दै छ । यसकारण, हामी नेपालीहरू अमेरिकी चाल (एमसीसी) बाट सचेत हुनैपर्छ, पछि पछुताएर के गर्ने !?
Leave a Reply