भर्खरै :

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, १९ वैशाख (रासस) ः नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन÷तीन रुपैयाँ मूल्य वृद्वि गरेको हो ।
मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *