“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
बेइजिङ, मे २ । चिनियाँ कम्युनिष्ट पार्टीले विश्व सर्वहारा वर्गमा गुरु कार्ल माक्र्सको २०० औं जन्म दिवस भव्यताका साथ मनाउने भएको छ । आगामी शुक्रबार बेइजिङको ग्रेट हल अफ पिपुल्समा माक्र्स दिवसको अवसरमा विशेष सम्मेलनको आयोजना हुने भएको छ । सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव, चीनका राष्ट्रपति तथा चिनियाँ सैनिक आयोगका अध्यक्ष सी जिनपिङले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको समाचार स्रोतले जनाएको छ ।
उक्त कार्यक्रम चिनियाँ केन्द्रीय टेलिभिजन(सीसीटीभी), चिनियाँ राष्ट्रिय रेडियो(सीएनआर), चिनियाँ रेडियो अन्तर्राष्ट्रिय(सीआरआई)लगायत समाचार संस्थाहरुमा प्रत्यक्ष प्रसारण गरिने बताइएको छ । साथै पिपुल्स डेली, सिन्ह्वा समाचार संस्था र सीसीटीभीका सामाजिक सञ्जाल च्यानलहरुमा पनि प्रसारण गरिनेछ ।
Leave a Reply