भर्खरै :

काठमाडौँमा प्रतिनिधिसभा निर्वाचनको समीक्षा

काठमाडौँमा प्रतिनिधिसभा निर्वाचनको समीक्षा

काठमाडौँ, ८ चैत । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा प्रतिनिधिसभा निर्वाचन २०८२ बारे जिल्लाका कार्यकर्ताहरूमाझ शनिबार समीक्षा गरियो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले विगतमा सदन र सडकबाट देश र जनताको निःस्वार्थ सेवा गरेको उल्लेख गर्दै सरकारको जनविरोधी क्रियाकलापको विरोध गर्ने बताउनुभयो ।
नेमकिपाले निर्वाचनलाई उपयोग बहुसङ्ख्यक जनतालाई राजनैतिक शिक्षा दिने गरेको विचार व्यक्त गर्दै उहाँले नेमकिपालाई कसैले पनि औँला उठाउन दिएको छैन, न त हामीले जनताको अहित हुने काम नै गरेका छौँ भन्नुभयो ।
उहाँले भन्नुभयो, “३५ वर्ष राज गरेका शासक दलहरूको कमी कमजोरीले देशमा अराजकता निम्तिएको हो । देशमा भएको हस्तक्षेप कहिल्यै स्वीकार्नु हुँदैन । हामी शत्रुसामु कहिल्यै झुक्ने छैनौँ ।”
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले देशलाई युक्रेन बनाउने जालविरुद्ध नेमकिपा सङ्घर्षरत छ भन्नुभयो ।
केन्द्रीय सदस्य राजवीर डंगोलले जनताको निःस्वार्थ सेवा गरेसम्म नेमकिपा पराजित नहुने उल्लेख गर्दै देशमा पुरानो घोडाको ठाउँमा नयाँ बलियो घोडाको प्रयोग भएकोमा जनता चनाखो हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा काठमाडौँका दसवटै क्षेत्रका उम्मेदवारहरूले निर्वाचनको समीक्षा गर्दै आ–आफ्नो अनुभव सुनाउनुभएको थियो ।
कार्यक्रममा जिल्ला सचिव शैलेश डंगोलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *