भर्खरै :

दैलेखमा नारायण नपाका मतदाताहरूसँग भेटघाट

दैलेखमा नारायण नपाका मतदाताहरूसँग भेटघाट

दैलेख, ८ चैत । नेपाल मजदुर किसान पार्टी दैलेखले आइतबार नारायण नगरपालिकाका मतदाताहरूसँग भेटघाट गरी धन्यवाद कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नेमकिपा जिल्ला समिति दैलेखका अध्यक्ष जगत वलीले नेमकिपाले निर्वाचनलाई जनताको राजनीतिक चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा उपयोग गरेको चर्चा गर्दै मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
देश र जनताको पक्षमा नेमकिपा सङ्घर्षरत रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका रत्नबहादुर श्रेष्ठ, कलबहादुर सिजापतिलगायतले बोल्नुभएको थियो ।
भेलाले ५ सदस्यीय नगर समिति गठन गरेको थियो ।
यसैबिच नेमकिपा जिल्ला समिति दैलेखको आयोजनामा चैत ६ गते प्रतिनिधिसभाको निर्वाचनबारे समीक्षा तथा मतदाताहरूलाई धन्यवाद कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य केशेन्द्रप्रकाश कार्कीले पार्टीले निर्वाचनलाई राजनीतिक चेतना जगाउने विश्वविद्यालयको रूपमा लिएको बताउनुभयो ।
प्रजातन्त्र पुनःस्थापना यता पालैपालो सरकारमा गएका पार्टीहरूकै कारण देश सङ्कटमा परेको उल्लेख गर्दै उहाँले नेमकिपाको उद्देश्य भनेको कामदार जनताको राज्यसत्ता समाजवादी व्यवस्था स्थापना गर्नु हो भन्नुभयो ।
पार्टीका जिल्ला अध्यक्ष जगत वलीले कामदार जनतालाई शासन सत्तामा पु¥याउन व्यापक रूपमा सचेत र सङ्गठित गर्नुपर्ने आवश्यकता औँल्याउँदै निर्वाचनलाई उपयोग गरेको चर्चा गर्नुभयो ।
पुँजीवादी निर्वाचनबाट समाजवाद नआउने उल्लेख गर्दै उहाँले नेमकिपाको चुनाव चिह्न मादलमा मतदान गर्ने मतदाताहरूलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला सल्लाहकार बमबहादुर सिंह, महाबु गाउँपालिका समिति संयोजक दुर्ग थापा, भगीराम थापा र गीता थापाले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *