भर्खरै :

प्रजग कोरियाली राज्य मामिला परिषद्को अध्यक्षमा किम जोङ उन पुनः निर्वाचित

प्रजग कोरियाली राज्य मामिला परिषद्को अध्यक्षमा किम जोङ उन पुनः निर्वाचित

पेइचिङ, ९ चेत (सीआरआई) । प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको केन्द्रीय समाचार संस्था (कोरियन सेन्ट्रल न्युज एजेन्सी) को एक रिपोर्टअनुसार प्रजग कोरियाको १५ औँ सर्वोच्च जनसभाको पहिलो राज्य मामिलाको पहिलो बैठक मार्च २२ का दिन प्योङयाङमा सम्पन्न भएको छ । वर्कर्स पार्टी अफ कोरियाका महासचिव किम जोङ उन पुनः प्रजग कोरियाको राज्य मामिला परिषद्को अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
सो बैठकमा नयाँ राज्य मामिला समिति चयन गरिएको छ । समितिमा झाओ योङयुआन पहिलो उपाध्यक्ष र पार्क ताई उपाध्यक्षको रूपमा चयन हुनुभएको छ । सर्वाेच्च जनसभाको सो बैठकमा ६८७ नवनिर्वाचित सदस्यहरू छन् । बैठकले पार्क ताए–सुङलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *