नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ८ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा सेराफ वल्र्ड प्रि–स्कूलको चौधौँ साधारणसभा र बा¥हौँ ग्राजुएसन कार्यक्रम विद्यालय प्राङ्गण दूधपाटीमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सचिव सुवालले अहिलेको स्थितिमा सरकारको भरमा परेर नहुने हुँदा समाजको अगुवाइमा शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्र फराकिलो पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले देश र जनताको निःस्वार्थ सेवा गर्ने नयाँ पुस्ता तयार गर्न सेराफ वल्र्ड प्रि–स्कूलको पनि योगदान महत्वपूर्ण हुने चर्चा गर्दै बालबालिकालाई खेलाउँदै पढाउने व्यवस्था गर्नु जरुरी भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “मित्र देश चीनको सरकारले नयाँ पुस्तालाई डलरको लोभमा विदेशी सुन्दर र सुन्दरीको जालमा नफस्न सचेत गराउँदै नेपालमा विदेशी डलर खर्च गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थादेखि सचेत हुनुपर्छ ।”
“अमेरिकी र इजरायली सरकारले इरानमा आक्रमण गरेपछि नेपालमा पनि तेल, ग्यास र खाद्यान्नको मूल्य बढ्यो र अभाव भयो । यसकारण, हामीले युद्धको विरोध गर्नु आवश्यक छ, सचिव सुवालले थप्नुभयो ।
नेपालले खुला सिमानामा मेचीदेखि महाकालीसम्म भूमि अतिक्रमणमा परेको उल्लेख गर्दै सचिव सुवालले विद्यालयले नयाँ पुस्तालाई देशभक्तिका गीत गाउने र नाच्ने सिकाएको सकारात्मक पक्ष हो भन्नुभयो ।
विद्यालयका प्रिन्सिपल अन्जनी ताम्राकारले अभिभावकहरूको समेत सुझाव लिएर नयाँ पुस्तालाई पठनपाठनको व्यवस्था गरेको बताउनुभयो ।
विद्यालयका प्ले ग्रुपदेखि कक्षा तीनसम्मका विद्यार्थीले नाचगानसहित आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
Leave a Reply