सरकारले जनताको माग सम्बोधन गर्ला ?
- बैशाख २७, २०८३
संयुक्त राज्य अमेरिका युद्धको खेती गर्ने देश हो । उसको इतिहास युद्धबाटै अघि बढेको र धनी भएको यथार्थ हो । कहिले एक्लै त कहिले मिलेर अरु देशमा आक्रमण गर्ने, राष्ट्र प्रमुखहरूको हत्या गर्ने, अपहरण गर्ने काममै अमेरिकाको समय बितेको थियो । अमेरिकाले भेनेजुयलामा गरेको आक्रमणको जनताको आक्रोश सेलाउन नपाउँदै इरानमा आक्रमण ग¥यो र त्यहाँका राष्ट्रपतिसहित दर्जनौँ अधिकारीहरूको हत्या ग¥यो । इरानले त्यसको बदला दिने निर्णय ग¥यो र ऊ प्रतिकारमा उत्यो । अमेरिका र इजरायल मिलेर गरेको आक्रमणको इरानले प्रतिकार नगरेको भए इरानमा अझ बढी आक्रमण गरेर क्षति पु¥याउँथ्यो† त्यहाँको तेल, पेट्रोलको भण्डार सबै खरानी पाथ्र्यो या आफ्नो नियन्त्रणमा राख्ने कुत्सित प्रयास गथ्र्यो । तर, इरान चुप लागेर बसेन† बदला लिने भावनाले अगाडि बढ्यो ।
अमेरिकाले इरानलाई झुक्याउन हर्मुजको जलघाँटी खोल्न ४८ घण्टाको अन्तिमेत्थम् दियो । ट्रम्पले समयभित्र माग पूरा नभए इरानका सबै तेल, पेट्रोल खानी, मिसाइल, ड्रोनहरू नष्ट गर्ने चेतावनी दिए । ट्रम्पको त्यो धम्कीसामु इरान झुकेन बरु आफूले पनि हमला गर्ने प्रण ग¥यो । अमेरिकाले भनेझैँ इरानले मानेको भए या आत्मसमर्पण गरेको भए अमेरिका इरानलाई थप चूर्ण बनाउन अघि सथ्र्यो । तर, इरान अडानमा रह्यो । इरानको अडानले अमेरिकी राष्ट्रपति पछि हटे । सम्भवतः ट्रम्प पछि हट्नुको कारण अर्को आक्रमणको निम्ति तयारी गरेको हुनसक्ने टिप्पणी पनि राजनीतिक विश्लेषकहरूले नगरेका होइनन् । अरु देशलाई लडाएर हतियार बेची फाइदा लिने अमेरिकाको सपना चकनाचुर पार्न इरान पछि हट्न नहुने पनि अर्को विश्लेषण छ ।
ट्रम्प प्रशासन युद्धबाट हट्न चाहेको हो भने, युद्ध रोक्न चाहेको हो भने ट्रम्पले संसारसामु माफी माग्नुपर्छ । इरानले भनेझैँ उक्त आक्रमणमा हालसम्म जे जति क्षति भएको हो त्यो पूर्ति गर्नुपर्छ† अबदेखि इरानमा कहिल्यै आक्रमण गर्ने छैन भनेर प्रतिबद्धता गर्नुपर्छ । अमेरिकाको निर्देशनमा इजरायलले आक्रमण रोके पनि इरान चुप लागेर बस्नु हुँदैन । वार्ताको बखान गरेर अमेरिका र इजरायलले फेरि इरानमा आक्रमण गर्न सक्छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा आक्रमण गरेपछि क्युवामा पनि आक्रमण गर्ने धम्की दिएका थिए । अमेरिकाले लामो समयदेखि आर्थिक नाकाबन्दी गरेका कारण क्युवामा अहिले सङ्कट देखिन थालेको छ । अमेरिकाले कहिले आर्थिक नाकाबन्दी गरेर, कहिले आक्रमण गरेर, कहिले देश देशबिच लडाएर त कहिले आन्तरिक द्वन्द्व चर्काएर फाइदा लिइरहेको छ ।
शनिबार हर्मुजको जलघाँटी ४८ घण्टाभित्र खोल्न इरानलाई राष्ट्रपति ट्रम्पले धम्की दिए । उक्त धम्कीको आधारमा अमेरिकाले इरानमा हमला गर्नुपथ्र्यो । तर, आफ्नो सपना पूरा नहुने देखेपछि राष्ट्रपति ट्रम्पले आफ्नो गल्ती छोप्न ‘इरानसँग फलदायी वार्ता भएको’ भनी अर्को गल्ती गरे । बरु, इरानले हर्मुजको जलघाँटी पूर्ण रूपमा बन्द गर्ने चेतावनी दियो । यो जलघाँटी भएर लगभग २० प्रतिशत विश्व तेल आपूर्ति हुन्छ । अमेरिकी राष्ट्रपति ट्रम्पको त्यो बकवास छोडेर या फेरि आक्रमणको पूर्व तयारी सम्झेर इरानले पनि सुरक्षाको निम्ति अर्को आक्रमणको तयारी गर्नुपर्ने हुन्छ ।
अमेरिकी र इजरायली आक्रमणको कारण आज हरेक वस्तुको मूल्य बढ्यो । सुनको मूल्य अकासिनुको कारण पनि युद्ध नै हो । विश्वमा आतङ्क मच्चाउने, असुरक्षित बनाउने अरु देशको तेल, खनिज र पेट्रोल भण्डारमा आक्रमण गरेर क्षति पु¥याउने, राष्ट्र प्रमुखको हत्या गर्ने, पक्राउ गर्ने र धनजन ध्वस्त बनाउने अमेरिकी राष्ट्रपति ट्रम्पलाई संयुक्त राष्ट्र सङ्घले मुद्दा राखेर आजीवन काराबास पठाउनुपर्ने हो या कडाभन्दा कडा कारबाही गर्नुपर्ने हो । विश्वका राष्ट्र प्रमुखहरूसमक्ष उभ्याएर आइन्दा अमेरिकाले कुनै देशमा आक्रमण गर्ने, आक्रमणमा सहयोग गर्ने र अरु देश देश लडाएर हतियार बेच्ने छैन भनी प्रतिबद्धता गराउनु आवश्यक छ । अमेरिकी जनता नै उठेर युद्धकारी अमेरिकी प्रशासनको विरोधमा जाग्नुपर्छ र मुद्दा लगाएर काराबास पठाउनुपर्छ ।
अरु देशलाई जुधाएर फाइदा लिइरहेको अमेरिकी राष्ट्रपति ट्रम्प कहिले पनि शान्तिवादी हुनसक्दैनन् । प्रजातन्त्र, मानव अधिकार र शान्ति सुरक्षाको विज्ञापन गरेर ट्रम्पले मानव अधिकारीविरोधी र प्रजातन्त्रविरोधी काम गरिरहे । साम्राज्यवादको नेतृत्व गर्ने अमेरिकालाई ठाउँमा नल्याएसम्म, गलाउन नसकेसम्म संसारका जनता सुरक्षित हुनेछैनन्; सन्तोषको सास फेरेर बाँच्न पाउने छैनन् । यसकारण, आक्रामक अमेरिकी प्रशासनको कुत्सित प्रयासलाई चकनाचुर पार्न विश्वका राष्ट्र र जनता एक ठाउँमा उभिनुपर्छ† विश्वका जनता एकमत भएर साम्राज्यवादी नीतिको विरोध गर्नुपर्छ । साम्राज्यवादी देश अमेरिकालाई एक्लो नबनाइएसम्म उसको शक्तिको दम्भ हट्ने छैन ।
Leave a Reply