नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, १३ चैत । सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका चुनौती र विकृतिहरूलाई चिर्न सदस्यहरूमाझ वित्तीय पारदर्शिता र नीतिगत स्पष्ट हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । भक्तपुरमा अवस्थित शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०८२÷०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रममा सहभागी वक्ताहरूले सो धारणा राखेका हुन् । शुक्रबार आयोजित एक विशेष समारोहका बिच संस्थाका सल्लाहकारद्वय पुण्यराम सुवाल र शिवनारायण ग्वाछाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभयो ।
संस्थाका सल्लाहकार पुण्यराम सुवालले वर्तमान समयमा सहकारी क्षेत्रले भोगिरहेको सङ्कटप्रति सङ्केत गर्दै संस्थालाई बलियो बनाउन सदस्यहरूको भूमिका अहम् हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारीमा विकृति बढिरहेको वर्तमान अवस्थामा सदस्यहरूलाई संस्थाको आर्थिक आम्दानी तथा खर्चको विवरण स्पष्ट रूपमा बेला–बेलामा जानकारी गराउनुपर्छ । यसले सदस्यको विश्वास जित्न मद्दत गर्छ ।” उहाँले बजारको तरलतालाई मध्यनजर गर्दै समयसापेक्ष रूपमा ब्याजदरमा परिमार्जन गर्नसमेत सुझाव दिनुभयो ।
अर्का सल्लाहकार शिवनारायण ग्वाछाले सहकारी सञ्चालक र सदस्यहरूले सरकारको परिवर्तनशील नीति र निर्देशनलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सरकारी नीति नियमको परिधिभित्र रहेर काम गर्दा मात्रै सहकारीहरू सुरक्षित रहने उहाँको तर्क थियो ।
सञ्चालक सदस्य गणेश त्यातले ऋण असुलीका क्रममा भोग्नुपरेका व्यावहारिक कठिनाइहरूबारे प्रकाश पार्नुभयो । उहाँले सदस्यले ऋण तिर्न नसक्दा धितोमा राखिएको सम्पत्ति लिलाम प्रक्रियामा लैजाँदा उल्टै ऋणीले मुद्दा हाल्ने गरेका उदाहरणहरू प्रस्तुत गर्नुभयो । उचित मूल्याङ्कन नहुँदा भविष्यमा सहकारीलाई झन् ठूलो अप्ठ्यारो पर्न सक्नेतर्फ उहाँले सचेत गराउनुभयो ।
जल्ला बचत सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहभागीहरूलाई विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले सहकारीको दिगोपनका लागि नेतृत्व तह सक्षम र दूरदर्शी हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष विश्वराम लवजुको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका सचिव प्रेम जोशीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
समीक्षा कार्यक्रममा संस्थाको पुस मसान्तसम्मको वित्तीय प्रगति विवरण, भावी योजना र वर्तमान समस्या समाधानका उपायहरूमाथि गहन छलफल गरिएको थियो ।
Leave a Reply