भर्खरै :

असहयोगीका नाममा

असहयोगीका नाममा

पक्षीको पङ्ख काटिदेउ, उड्न नसिकाऊ ।
अनि, उचाइबाट खसालिदेऊ ।
ती छिट्टै मर्नेछन् ।
तिमी उसको मृत्यको आनन्द लेऊ ।

भौतिक मृत्यु मात्र मृत्यु हो र ?
उसको आशा मारिदेउ ।
इच्छाको बलि चढाउ ।
मन त्यसै दिन मर्नेछ ।

रिस पनि उठ्दैन अब,
मनमा प्रश्नहरू उठ्छन् ।
हरेकपल्ट चित्त धुलो पर्छन् ।
तैपनि, सहेरै बाच्नैपर्छ ।

जीवन कसको एक समान छ र ?
तैपनि, भित्तामा हाँसेकै हुन्छ ।
पीडाको तस्बिरले पदक पाउँछ ।
तर, के तिमीलाई केही फरक पर्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *