भर्खरै :

माटोको सुगन्ध भुलेर तिमी

माटोको सुगन्ध भुलेर तिमी

आफू जन्मे हुर्केको
माटोको सुगन्ध भुलेर तिमी
अरुको लहरमा रमायौ
किन ?

एक सानो बालकलाई
मिठाइमा लोभाए
जसरी आफ्नो अस्तित्व नै
दाउमा राखेर

अन्धभक्त बनी झिलीमिलीको
पछि किन लाग्यौ तिमी ?
समाजको विकासमा दिनरात
नभनी खटिरहने हातहरूलाई
किन धोका दियौ तिमी ?

क्षणिक आवेगमा आएर
आफ्ना लालाबालाको भविष्य
पनि विचारै नगरी
कस्तुरीले सुगन्ध खोजे जसरी
किन भौतारियौ तिमी ।

खै हिजो त आफ्नै माटोको
सुगन्धको चर्चा गरी नथाक्ने तिमी
आज कसले के सुनायौ र ?
के दिने आश्वासन दियो र ?
आँखामा पट्टि बाँधी उसैको पछि लाग्यौ तिमी ?

आफू जन्मे हुर्केको
माटोको सुगन्ध भुलेर तिमी
अरुको लहरमा रमायौ
किन ?

हावाहुरीको मौसममा पनि
आफूलाई जोगाउन
कठिन परिश्रम गर्नु नै पर्छ
तर, किन डग्मगायौ तिमी

आफू उभिएको धरातललाई
बिर्सिएर क्षणिक सपनाको
संसारमा रमाउने प्रयत्न
किन ग¥यौ तिमी

अबको समय तिमीले
अनुमान गरेकै छैनौ
आफ्नो अस्तित्वको लागि अझै
अर्को लडाइँमा होमिने छौ
तिमी अनि बुझ्ने छौ
आफ्नो माटोको सुगन्ध र महत्व

आफू जन्मे हुर्केको
माटोको सुगन्ध भुलेर तिमी
अरुको लहरमा रमायौ
किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *