भर्खरै :

क्रान्तिकारी मजदुर संघमा राजेन्द्र चवाल अध्यक्ष

राजेन्द्र चवाल
भक्तपुर, २० बैशाख । नेपाल क्रान्तिकारी मजदुर संघको दोस्रो राष्ट्रिय सम्मेलन बिहीबार सम्पन्न भयो । सम्मेलनले राजेन्द्र चवालको अध्यक्षतामा उन्नाइस सदस्य नेक्रामसङ्घ केन्द्रीय समिति गठन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा उपेन्द्र सुवाल, सचिवमा राजवीर डंगोल, सहसचिवमा अनिता जधारी र कोषाध्यक्षमा विष्णुराम दुमरु निर्वाचित हुनुभएको छ ।
बुधबारबाट शुरु भएको बन्द बैठकमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें, पार्टी केन्द्रीय सचिव प्रेम सुवाल, केन्द्रीय सदस्य सुनिल प्रजापति, नवराज कोइराला, अनुराधा थापामगर, वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाई, राजेन्द्र चवाल, सृजना सैजूले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
बन्द बैठकमा विधान संशोधन प्रस्ताव निवर्तमान उपाध्यक्ष नारायण महर्जन र प्रतिवेदन सचिव राजकृष्ण गोराले प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *