कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
भक्तपुर, १४ चैत । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कमलविनायक छिकोङ समूह, भनपा १० को आयोजनामा शनिबार कानुनी परामर्श कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अनिता जधारीले आजभोलि महिला दिदीबहिनी, युवा तथा बालबालिकाहरूले सञ्चारमाध्यममा आफ्नो दैनिकीका सबै फोटो र भिडियोहरू पोस्ट गर्नाले साइबर अपराधीहरूले त्यस्ता व्यक्तिहरूलाई निसाना बनाई अपराध गरिरहेको बताउनुभयो ।
सञ्चारमाध्यमहरूमा जथाभावी विभिन्न वेभसाइट खोल्ने, ओटीपी कोडहरूलाई नचिनेको मान्छेलाई दिने, नचिनेको मान्छेसँग कुराकानी गरी भेट्न जाने मानिसहरू अपराधीहरूको चङ्गुलमा पर्ने बताउँदै उहाँले सञ्चारमाध्यम चलाउँदा सावधानी अपनाउनुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो परिवार तथा छरछिमेकलाई सञ्चारमाध्यमहरूबाट हुनसक्ने आपराधिक क्रियाकलापहरूबारे जानकारी दिने र सचेत गराउनुपर्ने बताउनुभयो ।
भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले नेमकिपाले निर्वाचनलाई सत्ता प्राप्तिको माध्यमको रूपमा नभई जनतालाई सचेत र सङ्गठित गरी राजनीतिक शिक्षा दिने माध्यमको रूपमा लिई काम गरिरहेको बताउनुभयो ।
उहाँले भनपाबाट गरिरहेका विकास निर्माण कार्यहरूको जानकारी दिँदै नपाबाट भएका पूर्वाधार निर्माण कार्यहरू गुणस्तरीय र कम लागतमा भएको बताउनुभयो ।
बिनु बनमालाले प्रजेक्टरमार्फत कानुनसम्बन्धी परामर्श दिनुभएको थियो ।
कमलविनायक छिकोङ समूहका प्रशिक्षक कमल कोजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा जितेन्द्र मुनंकर्मी र बिनिता अवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply