अथातो घुमक्कड–जिज्ञासा घुमक्कडी : मानव सभ्यताको अदृश्य मेरुदण्ड
- बैशाख ३, २०८३
इजरायल प्यालेस्टिन द्वन्द्व अझै जारी छ । सन् २०२३ अक्टोबरमा यो सुरू भएको थियो । यो द्वन्द्वमा ७३ हजार ६ सय प्यालेस्टिनीहरूले ज्यान गुमाएका छन् । इजरायलतर्फ ११९५ जनाले ज्यान गुमाएका थिए । इजरायलविरूद्ध युद्ध अपराध, जातिसंहार, हिंसा र इजरायली जेलमा प्यालेस्टिनी बन्धकहरूविरूद्ध दुव्र्यवहार गरेका धेरै अभियोगहरू छन् ।
संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय फौजदारी अदालत र मानवअधिकार परिषद्जस्ता अन्तर्राष्ट्रिय निकायले जतिसुकै चेतावनी दिए पनि र निन्दा गरे पनि कार्यान्वयन गर्ने शक्तिले बेवास्ता गर्दै आएको छ ।
मार्च २४ गते राष्ट्रसङ्घको पत्रकार सम्मेलनमा भएको प्रश्नोत्तरबाट स्थिति कति भयावह छ भन्ने स्पष्ट हुन्छ ।
प्रश्न : धेरै समाचार संस्थाले इजरायली सैनिकहरूले गाजाका प्यालेस्टिनीलाई दबाब दिन करिम अबु नासर नाउँका १ वर्षका उनका छोरालाई यातना दिएको समाचार छापे । बच्चाको शरीरमा चुरोटले जलेको डाम, चोटपटक र नङमा घाउ देखिएको खबर छ । के तपाइँले यो खबर पढ्नुभयो ?
राष्ट्रसङ्घका प्रवक्ता स्टेफान डुजारिक : त्यो भयावह खबर मैले पनि पढेको छु । त्यसबारे छानबिन हुनैपर्छ । त्यो खबर नै पनि भयावह छ ।
डा. एलन बेन–मायर अन्तर्राष्ट्रिय सम्बन्धका अवकाशप्राप्त प्रोफेसर हुन् । उनले अन्तर्राष्ट्रिय सम्झौता र मध्यपूर्वको विषयमा अध्यापन गर्थे । हालै उनले न्युयोर्क विश्वविद्यालयमा पत्रकारहरूसँग कुरा गरे । उनले गाजामा भर्खर १८ महिना पुगेका करिम अबु नासरलाई इजरायली सैनिकहरूले यातना दिएको समाचार प्यालेस्टिनी र क्षेत्रीय सञ्चार गृहहरूले प्रसारण गरेको बताए । एक प्यालेस्टिनी पत्रकारले बनाएको यो समाचार ‘प्यालेस्टिन टिभी’ ले प्रसारण गरेको थियो ।
डा. बेन–मायरले जस्तै खबर टिआरटी वल्र्ड, सबाह दैनिक, अनादोलु एजेन्सी जस्ता समाचार संस्था र विभिन्न ऐक्यबद्धता सञ्जालहरूले पनि प्रसार गरेका थिए ।
बालक करिम अबु नासरलाई उनका बुबासँगै मध्य गाजाको अल माघजी भन्ने ठाउँबाट बन्धक बनाइएको थियो । गाजका पत्रकार ओस्मान अल खलुतलाई उद्धृत गर्दै ‘प्यालेस्टिन टिभी’ भन्छ – बाबुलाई केरकार गर्दा इजरायली सैनिकहरूले बालकलाई यातना दिएका थिए । उनीहरूले बालकको खुट्टामा चुरोट झोँसेका थिए, उनलाई चिमोटेका थिए र उनको खुट्टाको नङमा धातुको काँटी घोपेका थिए ।
मेडिकल रिपोर्टबाट बच्चामा चुरोट जलेको दाग डाम र उनको नङमा घाउ भएको पुष्टि हुन्छ । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले उनलाई १० घन्टापछि रिहा गर्न सहजीकरण ग¥यो । तर, उनका बुबा अझै थुनामा छन् ।
डा. बेन–मायरले भने, “सामाजिक सञ्जालमा बच्चालाई ब्यान्डेज लगाइएको र उनको खुट्टामा घाउ लागेको दृश्य देखिन्छ । उनी करिम हुन भन्ने पहिचान भइसकेको छ । यसबाट नाम नै तोकेका स्थानीय पत्रकार र आधिकारिक प्यालेस्टिनी मिडियाले बताएको कुरा सही देखिन आउँछ ।”
प्यालेस्टिनी बालबालिकालाई यातना दिएको र सताएको दस्तावेजी प्रमाण
डा. बेन–मायरले भने, “सन् २०२३ अक्टोबर ७ यता गाजामा इजरायली फौजले प्यालेस्टिनी बालबालिकाविरूद्ध नियोजितरूपमै यातना दिएको, तिनीहरूलाई सताएको र कतिपयलाई अलप पारेको तथ्य पुष्टि गर्ने पर्याप्त दस्तावेजहरू छन् ।”
गाजाको सशस्त्र द्वन्द्व र त्यहाँका बालबालिकाबारे राष्ट्रसङ्घका महासचिवको प्रतिवेदन पनि आएको छ । प्रतिवेदनमा इजरायल र अतिक्रमित प्यालेस्टिनी भूभागमा बालबालिकासम्बन्धी कानुनको घोर उल्लङ्घन गरिएका ८ हजार घटना दर्ज छन् । इजरायलको सशस्त्र र सुरक्षा निकायले प्यालेस्टिनी बालबालिकाप्रति गरेको दुव्र्यवहार तथा बन्धक बनाइएका घटना पनि प्रतिवेदनमा सामेल छन् ।
सन् २०२३ को यही रिपोर्टमा ९०६ प्यालेस्टिनी बालबालिकालाई बन्धक बनाइएको उल्लेख छ । तीमध्ये ८४ जनालाई थुनामा दुव्र्यवहार गरिएको थियो । त्यस्तै, प्रतिवेदनमा गाजाका बालबालिकामाथि थुनामा यौन हिँसा गरिएका समाचारहरूको पनि उल्लेख छ ।
डा. राम्जी बारो प्यालेस्टिन क्रोनिकलका सम्पादक हुन् । उनी लन्डनमा ‘मिडल इस्ट आई’ का पूर्वप्रबन्ध सम्पादक थिए । उनले भने, “डुजारिकले सही भन्नुभयो । खबर भयावह छ । वास्तवमा स्थिति त्यो भन्दा भयावह छ ।
त्यो कलिलो बच्चा करिम र उसको परिवारले भोग्नुपरेको कहर एक्लो घटना होइन । यो सधैँ भोगिरहनुपर्ने यथार्थ हो । जातिसंहारको बेला यस्ता धेरै घटना भएका छन् ।”
२१ हजारभन्दा बढी ‘करिमहरू’ छन् । तिनलाई एकदम निर्ममतापूर्वक मारिएको डा. बारोले बताए । उनले भने, “दशौँ हजार बालबालिका घाइते छन्; अङ्गभङ्ग छन्† ध्वस्त गाजाका खण्डहरमुनि मृत अवस्थामा छन् ।”
सबैभन्दा कहालिलाग्दो तथ्य के हो भने यी एक वर्षका बालकलाई यातना दिने सैनिकहरू यस्तै अन्य अपराध गर्न खुलेआम हिँडिरहेका छन् । गाजाका बालबालिका र तिनका अभिभावकलाई मार्ने, यातना दिने र अङ्गभङ्ग पार्ने सैनिकहरूले कसैलाई जवाफ दिनुपरेको छैन ।
डा. बारोले भने – उत्तिकै तनावपूर्ण तथ्य के पनि हो भने राष्ट्रसङ्घले बढीमा यो बर्बरताको पुष्टि गर्न सक्छ तर त्यसलाई रोक्न सक्दैन । प्यालेस्टिनीहरूका लागि अन्तर्राष्ट्रिय कानुनको कुनै प्रयोजन छैन भन्ने सन्देश गएको छ ।
उनले भने, “इजरायली जातिसंहारमा मारिएका गाजाबासीहरूका लागि शब्दको के काम ? दोषीहरूलाई जवाफदेही बनाउन सकिन्न भने प्रतिवेदन, छलफल, अनुसन्धान र शोक–सन्तापको के अर्थ ? म यो प्रतिवेदनसँग परिचित छु । विनाशकारी भए पनि यसले बालबालिकामाथि भएका तमाम हिंसाका घटनाको विवरणको सानो प्रतिविम्ब उतारेको छ ।”
डा. बारोले घोषणा गर्नुभयो – प्यालेस्टिनीहरूले ठोस कारबाही चाहेका छन् । त्योबिना यो बर्बरता जारी रहनेछ । प्रतिवेदन वा लिखतमा के लेखियो भन्ने कुराले धेरै अर्थ राख्दैन ।
यसबिच प्यालेस्टिनका लागि राष्ट्रसङ्घकी विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानिजले तीन इजरायली मन्त्रीहरूविरूद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गर्नुपर्ने माग राखेकी छिन् । जातिसंहारसहर ‘नियोजित यातना’ दिनुमा यिनै तीन मन्त्री जिम्मेवार रहेको उनको ठहर छ ।
राष्ट्रसङ्घको मानवअधिकार परिषद्मा यो हप्ता अल्बानेजीले नयाँ प्रतिवेदन प्रस्तुत गरिन् । सो प्रतिवेदनमा इजरायलका गृहमन्त्री इतमार बेन गभिर, वित्तमन्त्री बेजालेल स्मोत्रिच र रक्षामन्त्री इजरायल कात्जको नाम उल्लेख छ । सन् २०२३ अक्टोबर ७ पछि प्यालेस्टिनीहरूलाई यातना दिने गरी नीति निर्माण गर्नमा यी नेताहरूको हात रहेको प्रतिवेदन उल्लेख गर्छ । डा. बेन–मायरले यसमा आफ्नो कुरा थपे । उनले ‘प्यालेस्टिनी बालबालिकाको प्रतिरक्षा’ नामक संस्थाको सन् २०२५ को प्रतिवेदनमा उल्लेख गरे । उक्त प्रतिवेदन भन्छ, “सन् २०२५ भरि इजरायली फौजले प्रतिदिन प्यालेस्टिनी बालबालिकालाई मारे, अङ्गभङ्ग पारे, यातना दिए, भोकभोकै राखे, अपहरण गरे र विस्थापित बनाए ।” थुनामा राखिएका बालबालिकालाई इजरायली सैनिकहरूले यातना दिर्नु र दुव्र्यवहार गर्नु सामान्य रहेको उनले बताए ।
उनले भने – गाजाका बालबालिकालाई ताइमान जस्ता कारागारमा थुनामा राख्ने र स्थानान्तरण गरिन्थ्यो । तिनलाई त्यहाँ नाङ्गै बनाइन्थ्यो, भोकभोकै राखिन्थ्यो, कुटपिट गरिन्थ्यो, पिँजडामा थुनिन्थ्यो, इलेक्ट्रिक शक दिइन्थ्यो, लौरोले हानिन्थ्यो र कानै खानेगरी सङ्गीत बजाइने र बेलाबेला भकुर्ने ‘डिस्को कोठा’ मा राखिन्थ्यो । यी कुनै पनि कार्य यातनाका कानुनी परिभाषामा अटाउँदैनन् । बरू यी कार्य असाध्यै क्रूर, अमानवीय वा अपमानपूर्ण थिए ।
यी विवरणहरू धेरै बालबालिकाका बयान र कानुनसम्मत दस्तावेजमा आधारित छन् । यिनलाई आपराधिक कार्य र युद्ध अपराधका प्रमाणको रूपमा प्रस्तुत गरिएको छ । डा. बेन–मायरले भने, “युद्धको बेला गाजामा कार्यरत इजरायली सैनिकहरूसँग मैले कुरा गरेको थिएँ । तिनीहरूले समेत यो प्रतिवेदनमा उल्लेख विवरणलाई सही भनेका छन् ।”
मानव–ढालको रूपमा बालबालिकाको दुरूपयोग
डा. बेन–मायरले भने – कानुनी विश्लेषण र तिनको समीक्षामा समेत अनेक घटनाको उल्लेख छ । इजरायली सेनाले प्यालेस्टिनी बालबच्चालाई मानव–ढालको रूपमा प्रयोग गरेका प्रसङ्गहरू छन् । यो कार्य आफैमा युद्ध अपराध हो । साथमा, उनीहरूले बालबालिकाप्रति शारीरिक र मनोवैज्ञानिक दुव्र्यवहार गरेको बारम्बार चर्चा छ ।
यसले पुगेको खतरा वा हानिलाई हेर्दा अन्तर्राष्ट्रिय कानुनअनुसार यी घटनालाई यातना भन्न मिल्छ । दुःखको कुरा, इजरायली सेनाले प्यालेस्टिनीहरू र तिनका छोराछोरीविरूद्ध यस्ता कार्य गर्दै आएको लामो इतिहास छ ।
यसलाई युद्ध अपराध कसरी भन्ने ?
यातनाविरूद्ध अभिसन्धि तथा रोम अभिसन्धिअनुसार – सूचना, स्वीकारोक्ति लिने वा दण्ड दिने, धम्क्याउने वा जोरजबर्जस्ती गर्ने नियतसाथ कुनै राज्यका कर्मचारीहरूले सशस्त्र द्वन्द्वका क्रममा कसैलाई जानाजान गम्भीर शारीरिक र मानसिक चोट पु¥याउँछ भने यसलाई यातना वा युद्ध अपराध भन्नुपर्छ । यही कार्य व्यापक स्तरमा व्यवस्थित रूपमा गरिन्छ भने यसलाई मानवताविरूद्ध अपराध भन्न सकिन्छ ।
ताइमन कारागारमा बन्दीलाई इलेक्ट्रिक शक दिइन्छ, भोकभोकै राखिन्छ, निर्घात कुटपिट गरिन्छ र संवेदनशील यातना दिइन्छ । यस्ता कार्य माथिको परिभाषासँग मेल खान्छ । इजरायली सेनाले बालबच्चालाई थुनामा राख्ने, तिनीहरूसँग दुव्र्यवहार गर्ने र तिनलाई मानव–ढालको रूपमा प्रयोग गर्ने गरेको राष्ट्रसङ्घकै दस्तावेजबाट सही ठहरिन्छ । यसकारण, त्यसलाई युद्ध अपराधको कोटीमा राख्न मिल्छ ।
डा. बेन–मायर तर्क गर्छन् – एक वर्षका बालक करिमको घटनालाई पनि माथिको परिभाषामा राख्न मिल्छ । इजरायली सैनिकहरू राज्यका कर्मचारी हुन् । उनीहरूले जानाजान एक बच्चालाई उसकै बाबुका सामुन्ने गम्भीर चोट पु¥याएर स्वीकारोक्ति लिन खोजेका थिए ।
उनले घोषणा गरे, “प्रमाणले नै यो तर्कलाई पुष्टि गर्छ । इजरायलले युद्ध अपराध र बालबालिकासहित मानवताविरूद्ध अपराध गरेको छ ।”
(राष्ट्रसङ्घको ब्युरो रिपोर्टबाट ‘एमआर अनलाइन’ ले साभार गरेको अंश । सम्यक )
Leave a Reply