भर्खरै :

इजरायली आक्रमणबाट इरानी विश्वविद्यालयहरूमा क्षति

इजरायली आक्रमणबाट इरानी विश्वविद्यालयहरूमा क्षति

तेहरान, १७ (एएफपी) । युद्धमा इरानसित हार्दै गएको संरा अमेरिका र इजरायलले सैनिक लक्ष्त्न्दा इरानका नागरिक पूर्वाधारमाथिको हमलालाई तीव्र बनाएका छन् । अमेरिकी–इजरायली सेनाले नागरिक आवासदेखि विश्वविद्यालय, कलेज, विद्यालय, अस्पताल, खानेपानी आयोजना आदिलाई लक्ष्य गरी हवाई बम हमला गर्न थालेका छन् ।
यसै क्रममा इजरायली सेनाले सोमबार तेहरानस्थित इमाम हुसेन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन विभागमा बमबारी गरेको छ । त्यस्तै मार्च १४ का दिन शिराज विश्वविद्यालय र इस्फान प्राविधिक विश्वविद्यालयमाथि मिसाइल हमला गरिएको थियो ।
इरानको रेड क्रेसेन्ट सोसाइटीले जनाएअनुसार अमेरिकी –इजरायली आक्रमणमा इरानका ६ सत्न्दा बढी शैक्षिक संस्थामा क्षति पुगेको छ । आक्रमणको पहिलो दिन नै अमेरिकी –इजरायली सेनाले मिनावस्थित कन्या विद्यालयमा आक्रमण गरी १७५ जना बालिका र एक दर्जनभन्दा बढी शिक्षकको ज्यान लिएका थिए ।
इजरायली सेनाले भने इरानको रिभोलुसनरी गाड्र्सद्वारा सञ्चालित तेहरानमा रहेको विश्वविद्यालयमा आक्रमण गरेको दाबी गरेको छ ।
इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालैका दिनहरूमा, आइआरजीसीको केन्द्रीय सैन्य पूर्वाधारस्थलहरूमध्ये एकमा हालै आक्रमण भएको छ । इमाम हुसेन विश्वविद्यालयको परिसरमा रहेको आइआरजीसीको प्राथमिक सैन्य शैक्षिक संस्थाले इरानको सैन्य निकायहरूको लागि आपत्कालीन उपकरणको आपूर्तिका लागि काम गर्दछ ।”
अमेरिकी–इजरायली आक्रमणमा दिवङ्गत भएका इरानका पूर्वसर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ इरानी अधिकारीहरूले युद्धअघि उक्त विश्वविद्यालयको भ्रमण गर्ने गरेको दाबी पनि गरिएको छ ।
आइडीएफले इरानको विश्वविद्यालय, यसको रसायन विज्ञान केन्द्र र यसको मेकानिक्स र विकास समूहको टेक्नोलोजी र इन्जिनियरिङ केन्द्रको मुनिका सुरुङहरू नष्ट गरेको दाबी छ । सुरूङलाई सबै हतियार विकासको लागि प्रयोग गरिएको इजरायली सेनाले बताएको छ ।
इरानले इजरायली सेनाको दाबीलाई खण्डन गर्दै नागरिक र शैक्षिक पूर्वाधारमाथि गरिएको हमलाको निम्ति इजरायलले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि
यसैबिच इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै आक्रमण स्ट्रेट अफ हर्मुजको अवरोध हटाउनका लागि गरिएको बताएको छ ।
सेपाह न्यूजको वेबसाइटमा गत हप्ता भएको आक्रमणमा परी सैन्य कमान्डर अलिरेजा ताङ्सिरी गम्भीर घाइते भएको र हाल उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
हाल इरानले प्रमुख जलमार्गमा नाकाबन्दी लगाएको छ भने नाकाबन्दीले विश्वव्यापी ऊर्जाको मूल्य बढाएको छ । तटीय सुरक्षाका लागि तैनाथी अवस्थामा सैन्य कमान्डरको मृत्युु भएको जनाइएको छ । उहाँ युद्धमा मारिनेमध्ये पछिल्लो शीर्ष इरानी अधिकारी भएको तेहरानले पुष्टि गरेको छ ।
यसअघि सर्वोच्च नेता अली खामेनी फेब्रुअरी– २८ मा युद्धको पहिलो दिन र शक्तिशाली सुरक्षा प्रमुख अली लारिजानी यस महिनाको सुरुमा एक दर्जनभन्दा बढी प्रमुख व्यक्तित्वहरूसहित मारिएका थिए ।
ताङ्सिरीले मार्चको सुरुमा हर्मुज बन्द गर्ने रणनीति कायम राख्दै आक्रमणकारी शत्रुलाई कडा प्रहार गर्ने प्रतिबद्वता गरेको जनाइएको छ ।
उहाँलाई खामेनीले सन् २०१८ मा सेना नेतृत्व गर्न नियुक्त गर्नुभएको थियो जसको कार्य इरानलाई आन्तरिक वा बाह्य खतराहरूबाट जोगाउनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *