क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
युद्धमा सुरुमा सत्य मारिन्छ । त्यसपछि मान्छे मारिन्छन्, घाइते हुन्छन् । यही सूचीमा वातावरण पनि पर्छ ।
ग्यासका खानी, तेल प्रशोधन केन्द्र र पेट्रो–केमिकल उद्योगमाथि पुगेको क्षति युद्धपछि पनि बाँकी रहन्छ । पृथ्वीको तापक्रम नबढोस् भनेर संसारले प्रयास गरिरहेको बेला इरान युद्धका कारण ठुलो मात्रामा कार्बन उत्सर्जन भइरहेको छ ।
गत फेब्रुअरी २८ गते सुरु भएको इरान युद्धको सुरुका १५ दिनको मोडल तयार भएको छ । ‘पर्यावरण र समुदाय संस्थान’ ले सामान्य मोडल मात्र तयार गरेको हो । इजरायल र अमेरिकाले गरेको यो आपराधिक युद्धका कारण पहिलो १५ दिनमा मात्र ५० लाख टन कार्बन डाइअक्साइड उत्सर्जन भएको छ । यो भनेको आइसल्यान्डजस्तो देशले वर्षभरि गर्ने कार्बन उत्सर्जन हो । युद्धमा ध्वस्त भएका घर, भवन, आगजनी भएको इन्धन, लडाइँमा खपत भएको इन्धन, उपकरण–मिसाइल–ड्रोन आदिमा प्रयोग भएको कार्बन आदिको हिसाब गरी माथिको आँकडा निकालिएको थियो ।
अब अलि विस्तृत चर्चा गरौँ । अमेरिकाको लकहीड मार्टिन कम्पनीले बनाएको एफ–३५ युद्धविमानले डेढ–दुई घण्टाको लडाइँमा झण्डै ५६ देखि ६५ सय लिटरसम्म इन्धन खान्छ । यसबिच उसले करिब १४–१७ टन कार्बन उत्सर्जन गर्छ । एउटा सामान्य यात्रुवाहक गाडीले आफ्नो जीवनभरि लगाएर मात्र यति कार्बन उत्सर्जन गर्छ । लकहीड मार्टिनले आफै स्वीकार गरेको छ – सन् २०२४ को वर्षभरि उसले बेचेका एफ–३५ युद्धविमानहरूले १४ करिब १४० लाख टन कार्बन उत्सर्जन गरेका थिए ।
‘पर्यावरण र समुदाय संस्थान’ ले प्रकाशित गरेको रिपोर्टअनुसार युद्ध लम्बिँदै गयो भने कार्बन उत्सर्जन तीव्रतर हुनेछ । रिपोर्टमा तीन कारण उल्लेख छन् । तर, यसमा व्यावसायिक उड्डयनको कुरा छैन । पहिलो कारण – अमेरिकी र इजरायली हतियारखाना घट्दै छ । नयाँ हतियार निर्माण गर्दा र तिनलाई युद्धस्थलसम्म ढुवानी गर्दा थप कार्बन उत्सर्जन हुनेछ । दोस्रो कारण – युद्धस्थलमा भएका तेलसम्बन्धी पूर्वाधारहरूमाथि हमला गर्दा नियन्त्रण नै गर्न नसकिने गरी जीवाश्म इन्धनबाट कार्बन उत्सर्जन हुनेछ । खाडी युद्ध (सन् १९९०–९१) को बेला यस्तै दृश्य देखिएको थियो । तेस्रो कारण – मध्यपूर्वमा आआफ्ना स्वार्थहरूको रक्षा गर्नका लागि फ्रान्स र बेलायतजस्ता अन्य देशले तैनाथ गर्ने थप जलबेडाले पनि कार्बन उत्सर्जन बढाउनेछ । त्यसलाई ‘रक्षात्मक’ भनिएला तर कार्बन उत्सर्जन त हुने नै भयो ।
कुरा यत्तिमै टुङ्गिन्न । अमेरिकाको ट्रम्प सरकार ‘ऊर्जामा बर्चस्व’ हासिल गर्न लालायित छ । ऊर्जा सुरक्षाको कारण देखाएर उसले झन् बढी जीवाश्म इन्धनको उत्पादन गर्नेछ । युद्धपछि हुने पुननिर्माणको काममा पनि कार्बन उत्सर्जन बढ्नेछ । रिपोर्ट भन्छ – ‘युद्धको प्रभाव परेका साइप्रसदेखि अजरबैजानसम्म १४ देशमा पूर्वाधार निर्माण गर्नु पर्नेछ । घर, सडक, अस्पताल, विद्यालय, यातायत र तेलसँग सम्बन्धित पूर्वाधार निर्माण गर्नु निकै महँगो हुनेछ । तर, साथमा अचाक्ली कार्बन उत्सर्जन पनि हुनेछ ।’ युद्धपछि गाजा र लेबननको पुनर्निर्माण गर्दा कार्बन उत्सर्जन हुनेछ । यसको हिसाब निकाल्दै रिपोर्ट भन्छ – युद्धमा जति कार्बन उत्सर्जन भएको छ, त्यसको कम्तीमा २४ गुणा बढी पुनर्निर्माणबाट उत्सर्जन हुनेछ ।
इरान युद्ध मात्र होइन, यसअघिका द्वन्द्वमा भएको उत्सर्जनको आँकडा पनि डरलाग्दो छ । गाजामा इजरायलले आक्रमण गर्दा पहिलो १५ महिनामा भएको कार्बन उत्सर्जनको तथ्याङ्क गत अप्रिलमा प्रकाशित भयो । संसारका ३६ देशले गर्ने वार्षिक उत्सर्जन गाजा युद्धमा १५ महिनामा भयो । हमासका सुरुङ र इजरायलको पर्खालमा भएको कार्बन उत्सर्जनलाई पनि हिसाब लगाउने हो भने संसारका सबैभन्दा कम उत्सर्जन गर्ने ४१ देशले वर्षभरि गर्ने कार्बन उत्सर्जन गाजा युद्धमा भयो । सो तथ्यांक अनुसार वर्तमान युद्ध र भविष्यको पुनर्निर्माणमा ३ करोड २२ लाख ७५ हजार ८९ टन कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ । यो भनेको संसारका १०२ देशको वार्षिक उत्सर्जनभन्दा बढी हो ।
खुलेर भन्ने हो भने इरान युद्धले एउटा सन्देश दिएको छ । जीवाश्म इन्धनमाथि लगातार निर्भर हुँदा वातावरणमा क्षति पुग्नुका साथै देशको सुरक्षा पनि खतरामा पर्दै छ । संयुक्त राष्ट्रसङ्घका एक वातावरण अधिकारी हुन् – सिमोन स्टाइल । उनले भने, “जीवाश्म इन्धनमाथिको निर्भरताले देशको सुरक्षा र सार्वभौमिकता च्यातचुप पार्दै छ र त्यसको ठाउँमा लागत र परनिर्भरता बढाउँदै छ ।” यसकारण, जोडतोडका साथ नवीकरणीय ऊर्जाका स्रोततर्फ लाग्नुपर्छ । युरोपका नीति निर्माताहरूतिर औँल्याउँदै स्टाइलले भने, “जीवाश्म इन्धनको आयातमाथि भर पर्दा युरोप सधैँ एउटा सङ्कटदेखि अर्को सङ्कटमा धकेलिरहनेछ । (नवीकरणीय ऊर्जाले) स्थिति फेरिन सक्छ । घामलाई (हर्मुज जस्ता) साँघुरा जहाजी नाकाहरूले छेक्न सक्दैन ।”
फ्लोरिडास्थित ‘ऊर्जाबारे पुनः सोचौँ’ नामक संस्थाका ब्रायन ली यस विषयमा एकदम गम्भीर छन् । उनले भने, “ऊर्जा सुरक्षा भनेको जलवायु सुरक्षा हो ।” यो नयाँ विचार भने होइन । यसरी गम्भीर नीति निर्माण गर्दा नवीकरणीय ऊर्जाको विकासलाई वातावरणीत्न्दा पनि देशको सुरक्षाका आँखाले हेर्नुपर्ने हुन्छ । ब्रायन लीले भने, “यसो गर्दा समुद्री सतह बढ्दा समेत (अमेरिकाका) तटवर्ती अर्थतन्त्रहरूले थेग्न सक्नेछन् । वातावरणसम्बन्धी पेरिस सम्झौताले तोकेको १.५ डिग्री सेन्टिग्रेड तापमान वृद्धिको सीमाभित्र बस्न सकिनेछ ।”
युद्धको एउटा खराब बानी हुन्छ । युद्धले मूल मुद्दालाई किनार लगाइदिन्छ । तिनको ठाउँ हिंस्रक पागलपनले लिन्छ । युद्धको बेला पागलपन एक निरस र सामान्य नियति बन्छ । टड्कारा विषयहरू अलपत्र पर्छन् । जब शान्ति छाउँछ, यी अलपत्र परेका मुद्दाहरूले बदला लिन्छन् । जलवायु परिवर्तन एक यस्तै मुद्दा हो । यसले बदला लिनेछ र मानव जातिले गम्भीर परिणाम भोग्नुपर्नेछ ।
(लेखक क्याम्ब्रिजको सेल्विन कलेजमा कार्यरत विद्वान हुन् । अध्यापनका साथै उनी अध्ययन अनुसन्धानमा सक्रिय छन् ।
स्रोत : ग्लोबल रिसर्च । सम्यक)
Leave a Reply