कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
काठमाडौँ, १८ चैत । आज बिहीबारदेखि एसईई परीक्षा सुरू हुँदै छ । एसईई परीक्षा सहज, शान्तिपूर्ण र मर्यादित ढङ्गले सम्पन्न हुने विश्वास गरिएको छ । एसईई परीक्षा अवधिभर कुनै पनि बहानामा हडताल, बन्द र जाम नगर्नु जाती हुनेछ । लाखौँ विद्यार्थी सामेल भएको यो परीक्षाको बेला कुनै राजनीतिक दल या समूहले हडताल, बन्द, जाम र आन्दोलन गर्दा विद्यार्थीमा मानसिक तनाव बढेर परीक्षा बिग्रिन सक्छ; परीक्षा बिग्रेर या परीक्षा केन्द्रमा समयमै नपुगेर मानसिक तनाव हुन्छ । परीक्षा हलमा समयमै नपुगेर या त्यस्तै अन्य तनाबले अनुत्तीर्ण भयो भने उसको मेहनत खेर जान्छ । परीक्षा केन्द्रमा विद्यार्थीको परीक्षा शान्त वातावरणमा मर्यादित र अनुशासित तरीकाले सम्पन्न हुनुपर्छ । परीक्षामा नक्कली विद्यार्थी छिरेर परीक्षा दिएको विगतको इतिहास छ । परीक्षा केन्द्रका निरीक्षक (शिक्षक) हरू नै चिटिङ गर्न अभ्यस्त भएको कारण कारबाहीमा परेको विगतको गल्ती अब दोहो¥याउनु हुँदन । प्रश्नपत्र आउट गर्ने, आउट भएको हल्ला फैलाएर विद्यार्थीमा थप तनाब बढाउने, चिटिङ गर्ने, चिटिङकै कारण हो–हल्ला हुने वातावरण कक्षा हलमा तयार गर्नुहुँदैन । चिटिङ गर्ला भन्ने आशङ्कामा महिला विद्यार्थीलाई दुव्र्यवहार गर्ने काम कुनै पनि प्रहरी या व्यक्तिबाट गर्न नहुने कुरा विगतको परीक्षामा भएको विद्यार्थीहरूको आन्दोलन र आक्रोशबाट शिक्षा लिनुपर्छ ।
चोरी चकारी गरेर उत्कृष्ट हुने सोच हरेक परीक्षार्थीले छोड्नुपर्छ । अध्ययन गरेर, पढेरै या सिकेरै उत्तीर्ण हुने विद्यार्थीहरू पछिसम्म या कलेज जीवनमा पनि राम्रा हुन्छन् । उनीहरूको भविष्य जीवन सुनिश्चित हुन्छ । चोरेर उत्तीर्ण हुने विद्यार्थीहरूको एसईईमा राम्रो नतिजा आए पनि कलेज जीवनमा धोका खाएको या अनुत्तीर्ण भएका धेरै दृष्टान्तहरू नभएका होइनन् । शिक्षक र अभिभावकले पनि आफ्ना विद्यार्थी र सन्तानलाई चोरेर होइन पढेरै उत्तीर्ण गर्नुपर्छ भन्ने ज्ञान दिनुपर्छ । राम्ररी पढेर उत्कृष्ट नतिजा पाएका विद्यार्थीहरू जहाँ पनि सफल हुन्छन् । उनीहरूबाटै देशका निम्ति आवश्यक दक्ष जनशक्ति प्राप्त हुन्छ र यसले देश विकासमा टेवा पु¥याउँछ ।
एसईई परीक्षा अवधिभर सबै परीक्षा केन्द्रमा कुनै किसिमको अवरोध नहोस् । हरेक परीक्षा शान्तिपूर्ण र मर्यादित ढङ्गले सफल होस् । कुनै पनि परीक्षा केन्द्रमा चिटिङ गरेको, चिटिङको कारण कुनै परीक्षार्थी, निरीक्षक कारबाहीमा नपरुन् । विगतमा भन्दा यो वर्षको परीक्षाको नतिजा राम्रो होस् । सबै परीक्षार्थीहरूको परीक्षा सफल होस् ।
Leave a Reply