भर्खरै :

सद्भाव समितिको छैटौँ साधारणसभा

सद्भाव समितिको छैटौँ साधारणसभा

भक्तपुर, ९ भदौ । चोछेँ–व्यासी सद्भाव समितिको छैटौँ वार्षिक साधारणसभा भदौ ६ गते शनिबार महाकाली स्थानमा सम्पन्न भयो ।
सो साधारणसभामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मानव समाज मिलेर बस्दै आएको उल्लेख गर्दै लोभ र डरमा मानिसले आफ्नो अडान छोड्न नहुने बताउनुभयो ।
भदौ २३ र २४ गते देशभरि तोडफोड आगजनी हुनुमा विगतका सरकारहरूको पनि कमजोरी भएको उल्लेख गर्दै उहाँले विद्यार्थीलाई विद्यालय÷कलेजको पोशाकमा बोलाएर देशभरि आगजनी गर्दैमा समाज अघि नबढ्ने स्पष्ट पार्नुभयो ।
साधारणसभामा भनपा वडा नं ६ का वडाध्यक्ष हरिराम सुवाल, समितिका सल्लाहकार शिवराम राजचल, रामचन्द्र दथेपुथेले पनि मन्तव्य राख्नुभयो ।
समितिका अध्यक्ष केशव बासुकलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राजाराम सुवालले उद्घोषण गर्नुभयो ।
समितिका केही सदस्यहरूले अक्षय कोषका लागि आर्थिक सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *