वाग्मती प्रदेश मुख्यमन्त्री बानियाँ भक्तपुर भ्रमणमा
- बैशाख ४, २०८३
भक्तपुर, २० चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सहकारी संस्था गरिबहरूको आर्थिक स्तर उकास्नको निम्ति खोलिएको संस्था हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार सम्पन्न प्रवचन कार्यक्रममा उहाँले सहकारी संस्थाहरूले आर्थिक कारोबारमा मात्र सीमित नरही कृषि, स्वास्थ्य, गरिबलाई शिक्षामा छात्रवृत्ति, समय सापेक्ष तालिमलगायतका सामूहिक हितका लागि काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले सहकारीको रकम अपचलन गरी सर्वसाधारणको बचत रकम जोखिममा पार्नेहरूविरुद्ध ऐन बनाई सम्पत्ति जफत गरी तत्काल मुद्दा लगाउनुपर्नेमा जोड दिँदै सहकारी संस्था स्थानीय व्यक्तिहरूले मात्र सञ्चालन गर्न पाउने नियम लागू गर्न सके बचत अपचलन हुनबाट जोगिने प्रस्ट पार्नुभयो । सहकारी संस्थाहरूले समय सापक्ष अर्थशास्त्र र भाषासम्बन्धी तालिम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारीको पैसा हिनामिना गर्नेहरूलाई कारबाही गरेको स्मरण गर्दै समुदायको हित र सिङ्गो समाज उत्थानमा सहकारीको अहम् भूमिका रहने बताउनुभयो ।
उहाँले जनताले भविष्यको लागि भनेर जम्मा गरेको सानो पुँजीलाई सहकारीहरूले अपचलन गर्न खोजेको हुँदा जनताको बचत रकम सुरक्षित गर्न नगरभित्र कार्यक्षेत्र नभएका सहकारीहरूलाई सिफारिस नगरिएको स्पष्ट पार्दै त्यस्तो बढी समस्या बहुउद्देश्यीय सहकारीहरूमा देखिएको बताउनुभयो ।
भक्तपुर नपाले सङ्कटग्रस्त सहकारी संस्थाहरूसँग समन्वय गरी नगरवासीहरूको बचत सुरक्षित गर्न प्रयास गरिरहेको बताउँदै उहाँले सहकारीका सञ्चालकहरूले हरेक सदस्यलाई संस्थाको उद्देश्यबारे बताउने र सदस्यहरूले पनि सञ्चालकहरूबारे बुझेर मात्र कारोबार गर्नुपर्छ भन्नुभयो ।
उपप्रमुख रजनी जोशीले सहकारी संस्थाहरूले सहकारीको वित्तीय तथा आर्थिक अनुशासन, सहकारी सिद्धान्त र मूल्य मान्यतालाई मनन गर्दै सदस्यहरूको जीविकोपार्जन र कला कौशल उजागर गरी व्यवसायीकरणतर्पm अगाडि बढ्नुपर्ने बताउँदै सहकारी संस्थाहरूले अबका दिनमा बचतकर्ताहरूको बचत रकम अपचलन नहुने गरी संस्थालाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
भनपा २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नगरभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूको सङ्क्षिप्त विवरण प्रस्तुत गर्दैे सहकारीहरूले संस्थामा रहेको शेयर पुँजी, जगेडा कोषलाई ध्यानमा राख्दै आदर निकेतन सञ्चालन गरी सामाजिक सेवा तथा विभिन्न उपलब्धिमूलक क्षेत्रमा लगानी गर्न सके समाज विकासमा टेवा पुग्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका कोषाध्यक्ष कृष्णश्वरी प्रजापतिले सहकारी सङ्घले स्थापना कालदेखि नै समुदायमा आधारित सहकारीहरूको हितको निम्ति काम गर्दै आएको प्रस्ट पार्दै बचत तथा ऋण सहकारी संस्थाहरूले आर्थिक कारोबारमा मात्र सीमित नरही सामुदायिक हितका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके सहकारीको छवि राम्रो हुने विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा सहकारी अनुगमन समितिका हरिरत्न गोर्खाली र नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभयो ।
Leave a Reply