सामूहिक साकोसको आयोजनामा विस्तारित मञ्च कार्यक्रम
- बैशाख २७, २०८३
काठमाडौँ, २० चैत । सहिद स्मृति व्यवस्थापन समिति कीर्तिपुरको आयोजनामा ३६ औँ सहिद दिवस शुक्रबार सम्पन्न भयो ।
ऐतिहासिक जनआन्दोलन २०४६ मा सहादत प्राप्त सहिद लनबहादुर महर्जन, राजमान मालि, हीराकाजी महर्जन र राजेन्द्र महर्जनको स्मृतिमा बिहान प्रभातफेरी कार्यक्रम भयो ।
कार्यक्रम सुरू हुुनुभन्दा अगाडि व्यवस्थापन समितिका अध्यक्ष नारायण महर्जनले सहिद दिवस राज्य पक्षबाट झाराटार्ने ढङ्गले मनाउन नहुने उल्लेख गर्दै सहिद परिवारको जनजीविका सहजढङ्गले अगाडि बढाउन विशेष पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले २०४६ सालपछिका हरेक सरकारले सहिदको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरे पनि सत्तामा पुगेपछि बिर्सेको बताउनुभयो ।
सहिदको सपना साकार पार्न राज्य सञ्चालकहरू इमानदार र दूरदर्शी हुनुपर्ने, जनताप्रति बफादार हुनुपर्ने बताउँदै उहाँले देश र जनताको हितविपरीत काम गर्नेलाई जनताले सजाय दिनुपर्ने बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा जनताको हितमा काम नहुने उल्लेख गर्दै उहाँले आदर्श समाज निर्माण गर्न समाजवादी व्यवस्थाको लागि सचेत र सङ्गठित हुनुपर्छ भन्नुभयो ।
उहाँले स्पष्ट गर्नुभयो, “अन्यायको विरोधमा सङ्घर्ष गर्दा दमन गर्छ भने प्रतिरोध हुन्छ ।”
काठमाडौँ क्षेत्र नं. १० का सांसद प्रदिप विष्टले सहिदको सपना भ्रष्टाचारको अन्त्य र सुशासनले गर्ने भएकोले नयाँ सरकार त्यो पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले सहिद दिवस मनाउनु सहिदको योगदानको कदर गर्नु हो भन्नुभयो ।
कार्यक्रममा समितिका सचिव विकास महर्जनले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा सहिद परिवार, विभिन्न व्यक्तित्व, व्यवस्थापन समिति र सङ्घ संस्थाबाट माल्यार्पण गरिएको थियो ।
एक मिनेट मौन धारण गरी सुरू भएको पदयात्रा कीर्तिपुर नगर परिक्रमा गरी नगाउँमा समापन भएको थियो ।
Leave a Reply