कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, २० चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुरको आयोजनामा शुक्रबार भक्तपुरको टौमढीमा सभा भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले केही सहकारीका सञ्चालकहरूले व्यक्तिगत स्वार्थको निम्ति सहकारीको रकम अपचलन गर्दा ती संस्थामा समस्या देखापरेको बताउँदै देशका प्रभावशाली भनिएका व्यक्तिहरूले सञ्चालन गरेका सहकारीहरू नै सङ्कटमा परेको र जनतामा अर्बौँ रूपैँया डुबिरहेको चर्चा गर्नुभयो ।
उहाँले सहकारीको खर्बौँ रूपैयाँ बैङ्कमा निष्कृय अवस्थामा रहेको हुँदा ती पुँजीलाई नेपाल सरकारले विभिन्न जलविद्युत् परियोजना, ठुल्ठुला कारखानामा लगाउन सकेको खण्डमा देशको उत्पादकत्व वृद्धि हुने र सहकारीको पैसा परिचालन भई सदस्यहरूलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले कुनै योजना सञ्चालन गर्नु परेमा विश्व बैङ्क, एसियाली विकास बैङ्क वा अन्तर्राष्ट्रिय मुद्राकोषमा ऋण लिने गरेको बताउँदै उहाँले देश विदेशी ऋणमा डुब्दै गएको छ; नेपालको सार्वजनिक ऋण २९ खर्बभन्दा बढी पुगेको छ र चालू पुँजी अर्थात् कर्मचारीलाई तलब खुवाउन राज्यले ऋण लिनुपर्ने अवस्था छ भन्नुभयो ।”
भक्तपुर नगरभित्र सञ्चालनमा रहेका १५६ वटा सहकारीहरूमध्ये भक्तपुर बाहिरबाट आई सञ्चालन गरिरहेका सहकारीका सञ्चालकहरूको सम्पत्ति विवरण नखुल्ने समस्याहरू प्रायः देखिने गरेको बताउँदै उहाँले सहकारी डुबाउने सञ्चालक जुनसुकै पदमा भए पनि अपराध हेरेर कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।
सभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले समुदायमा आधारित सहकारी संस्थालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगर समन्वय समितिका संयोजक जगन्नाथ प्रजापतिको सभापतित्वमा भएको सो सभा नगर परिक्रमापछि टौमढीमा समापन भएको थियो ।
सभाअघि वडा नं. १ देखि ५ सम्मका सहकारी सङ्घ संस्थाका सदस्यहरूको ¥याली दूधपाटी र ६ देखि १० वडामा रहेका सहकारी सङ्घ संस्थाहरूको सदस्यहरूको ¥याली कमलविनायकबाट सुरु भएको थियो ।
सभामा जिल्लास्तरीय बचत सहकारी संस्थाबाट पारिजात साकोस उत्कृष्ट र नगरस्तरीय साकोसमा भक्तपुर बचत तथा सहकारी संस्था उत्कृष्ट घोषणा गरिएको थियो ।
त्यस्तै मध्यपुर नगरपालिकाको आयोजनामा मध्यपुरमा, भ क्तपुर जिल्ला बचतको आयोजनामा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पनि प्रभातफेरी तथा सभा भएको थियो ।
Leave a Reply