नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, २१ चैत । ख्वप कलेजले ज्क्प् प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गर्दै चिनियाँ भाषा अध्ययनमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपमेयर राजनी जोशी, काठमाडौँ विश्वविद्यालयको कन्फुसियस इन्स्टिच्युटका निर्देशक प्रा. डा. ली शुआङचेंग, ख्वप कलेजका प्रिन्सिपल प्रकाशकुमार श्रेष्ठ तथा ख्वप माध्यमिक विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद कर्माचार्यको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपमेयर राजनी जोशीले ख्वप कलेजलाई चिनियाँ भाषा तथा सांस्कृतिक आदानप्रदान केन्द्रको रूपमा विकास गर्ने र नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कन्फुसियस इन्स्टिच्युटका चिनियाँ भाषा शिक्षक प्रणय चित्रकारलाई विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा हासिल गराउन सहयोग पु¥याएको र ख्वप कलेज तथा इन्स्टिच्युटबिचको सहकार्य सुदृढ बनाएको भन्दै सम्मान गरिएको थियो ।
चिनियाँ एम्बेसीद्वारा आयोजित ‘चाइनीज ब्रिज’ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल प्रतिनिधित्व गरेका विजेता सुषान्त लोहलाले आफ्नो सफलताको आधार ख्वप कलेज भएको बताउँदै कलेज तथा शिक्षकप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्यालिग्राफी, नृत्य, गायन, चिया संस्कृति तथा पेपर कटिङजस्ता सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएका थिए ।
कार्यक्रमले शैक्षिक उत्कृष्टता तथा चिनियाँ भाषा शिक्षाको बढ्दो महत्वलाई उजागर गरेको छ ।
Leave a Reply